झापा/१० महिना — चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा मात्र झापाको पूर्वी नाका काँकडभिट्टाबाट ४ करोड ६१ लाख ३४ हजार रुपैयाँ बराबरको १७ लाख ६५ हजार ९० केजी खरबुजा नेपाल आयात गरिएको छ। मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार चैत महिनामा मात्रै १ करोड ३३ लाख ७ हजार रुपैयाँ मूल्य बराबरको ५ लाख १० हजार २३० केजी खरबुजा नेपाल भित्रिएको छ, जुन यो अवधिमा सबैभन्दा बढी हो। साउनदेखि वैशाखसम्म औसत लाखौँ केजी खरबुजा आयात भैरहँदा स्वदेशी उत्पादन भने बजारमा प्रभावहीन बन्दै गएको व्यवसायीहरूको गुनासो छ। झापामा व्यावसायिक रूपमा खरबुजा खेती हुँदै आए पनि मूल्य प्रतिस्पर्धा
धरान/ धरान बास्केटवल संघको आयोजना, सुनसरी बास्केटवल संघको प्राविधिक सहयोग तथा धरान उपमहानगरपालिकाको संयोजनमा आयोजित १० औ बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प मंगलवार समापन भएको छ । धरान बास्केटवल संघको अयोजनामा वैशाख ३ गते देखि सुरु भएको प्रशिक्षण क्याम्पमा ५० जना विद्यार्थी प्रशिक्षार्थीहरुले सहभागिता जनाएको थियो । बास्केटवल खेल विकास तथा खेलाडि उत्पादन गर्ने उद्धेश्यले संघले विगत १३ वर्ष देखि नियमित रुपमा ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्पको आयोजना गर्दै आइरहेको छ । विशेष गरेर एसई दिएका विद्यार्थी लक्षित कार्यक्रम भए पनि प्रशिक्षण क्याम्पमा ४ कक्षा सम्मका विद्यार्थीहरुले सह
काठमाडौं/ चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालले साढे तीन करोड रुपैयाँभन्दा बढीको दाँत कोट्याउने सिन्का (टुथपिक) आयात गरेको छ। भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा कुल ३ करोड ४५ लाख ८१ हजार रुपैयाँ बराबरको दाँत कोट्याउने सिन्का विदेशबाट आयात भएको हो। आयात भएको कुल रकममध्ये १ करोड ८६ लाख ५२ हजार रुपैयाँ बराबरका सिन्का काठबाट बनेका थिए। बाँकी सिन्का प्लास्टिक, बायोडिग्रेडेबल वा अन्य सामग्रीबाट बनेका हुन सक्ने अनुमान गरिएको छ। यस आयात आँकडाले दैनिक उपभोग्य वस्तुको रूपमा देखिने सानो वस्तुमा समेत नेपाल कति परनिर्भर छ भन्ने तथ्य उजागर गरेको छ।
बराहक्षेत्र/ सुनसरी, उदयपुर र धनकुटा जिल्लालाई कार्यक्षेत्र बनाएको बृहत्तर बराहक्षेत्र विकास समितिले एक वर्षपछि नयाँ नेतृत्व पाएको छ। कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गठन आदेश जारी गर्दै समितिको अध्यक्षसहित पदाधिकारी नियुक्त गरेको हो।बराहक्षेत्र चतराधामस्थित मुख्य कार्यालय भएको यस समितिको गठन संघीय सरकारअन्तर्गत पर्यटन मन्त्रालयमार्फत हुँदै आएकोमा अब प्रदेश सरकार मातहत आएको छ। ०८१ असार ३० मा जारी गरिएको नयाँ ‘गठन आदेश, २०८१’ अनुसार समितिको नेतृत्व प्रदेश सरकारले नियुक्त गरेको हो।तर समितिका कार्यकारी निर्देशक (सदस्य सचिव) भने अझै नियुक्त भएका छैनन्। मन्त्रालय
धनकुटा/ धनकुटाको भेडेटार चोकमा प्रहरीले बिहीबार बिहान सार्वजनिक सवारीसाधनमार्फत तस्करी गरिँदै गरेको ५१ किलो गाँजा बरामद गरेको छ। लागुऔषध नियन्त्रण अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले नियमित जाँचका क्रममा गाँजा बरामद गरेको हो। तेह्रथुमबाट इटहरीतर्फ गइरहेको प्र.१–०२–००१ ज ४४८० नम्बरको यात्रुवाहक ईभी गाडी जाँच गर्दा छतमा राखिएको एक जेब्रा झोला र दुईवटा बोरामा लुकाइराखिएको अवस्थामा ठूलो परिणाममा गाँजा भेटिएको धनकुटा प्रहरीले जनाएको छ। घटनास्थल साँगुरीगढी गाउँपालिका–६ को भेडेटार चोकमा बिहान करिब ९ बजे उक्त गाडीलाई रोकेर चेकजाँच गर्दा ५१ किलो गाँजा
धरान/धरानकी ५९ वर्षीया शान्ति श्रेष्ठका लागि बिहान सहर नबिउँझँदै सुरु हुन्छ। तीन दशकभन्दा लामो समयदेखि उहाँको दिनचर्या मोरङको भावन्नेसम्म पुगेर मकै किनेर फर्किने र त्यसलाई पोली बेच्ने काममै बित्दै आएको छ। बिहान सबेरै मकै ल्याएर करिब १०–११ बजेसम्म धरान फर्कने उहाँ, त्यसपछि लक्ष्मीचोक नजिकैको गल्लीमा खुलेको आकाशमुनि आगोसँगै दिन बिताउनुहुन्छ। दैनिक करिब १६० घोगा मकै पोलेर बेच्नु उहाँको दैनिकी बनेको छ। श्रेष्ठले मोरङका विभिन्न स्थानमा मकैबारी ठेक्कामा लिएर व्यवसाय गर्दै आउनुभएको छ। उहाँका अनुसार ठेक्काको लागत ६० हजारदेखि डेढ लाख रुपैयाँसम्म पर्ने गर्छ। कहिलेकाहीँ दुई–तीन जना मिलेर पन
काठमाण्डौ । एसियाली मुलुकमा पछिल्लो समय कोभिड १९ संक्रमितको संख्या बढ्न थालेको छ ।मंगलबार मुम्बईको किङ एडवर्ड मेमोरियल केईएम अस्पतालमा कोभिड– १९ पोजिटिभ दुई बिरामीको मृत्यु भयो । मृतक मध्ये ५९ वर्षीय बिरामीलाई मुखको क्यान्सर र १४ वर्षीया बालिकालाई नेफ्रोटिक सिन्ड्रोम मिर्गौला सम्बन्धी रोग थियो ।भारतको स्वास्थ्य मन्त्रालयका अनुसार एक जनवरीदेखि १९ मेसम्म देशभर २५७ कोभिड– १९ संक्रमित फेला परेका छन ।सिंगापुरको स्वास्थ्य मन्त्रालयका अनुसार, अप्रिल २७ देखि मे ३, २०२५ सम्मको हप्तामा कोभिड– १९ का घटनाहरूको अनुमानित संख्या १४,२०० पुगेको छ, जुन अघिल्लो हप्तामा ११,१०० थियो । सोही अवधि
धरान । धरानबाट प्रकाशित दिव्य रोशनी साप्ताहिक २१ औं वर्षमा प्रवेश गरेको छ । आज बुधबार स्थापना दिवसको अवसरमा धरानका ३ पत्रकार सम्मानित भए भने एक १ जना महिला उद्यमीलाई अभिनन्दन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले उत्कृष्ट सामाजिक सम्मानबाट ब्लाष्ट टाईम्सका भोजराज श्रेष्ठ र उमा चाम्लिङ अनलाईन टिभीका पत्रकार उमा चाम्लिङ र युवा पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष तथा हिमालयन टिभीका प्रतिनिधि सन्तोष काफ्ले सम्मानित भए । सम्मानितहरुलाई जनही नगद ५ हजार १ सय ५ रुपैया सहित सम्मानपत्रले सम्मान गरिएको थियो । यसैगरी महिला उद्
धरान/ जीवनभर सन्तानका सपना बुन्दै बिताएका धेरै आमाबुबा अहिले आफ्नै छोराछोरीबाट टाढिएर वृद्धाश्रमका चार पर्खालभित्र एक्लोपनमा दिन गनिरहेका छन्। कोशी प्रदेशका सहरी सहरहरूमा व्यापार, पूर्वाधार र शिक्षाको विकास तीव्र गतिमा भइरहे पनि यिनै सहरभित्र आत्मीयता र पारिवारिक ममताबाट वञ्चित वृद्धवृद्धाको पीडादायी यथार्थ छ। ७० वर्षीया इन्दिरा सुवेदी विगत १४ वर्षदेखि इटहरीस्थित रामजानकी शान्ति वृद्धाश्रममा बस्दै आउनुभएको छ। एक समय थियो, जब उहाँको जीवन सन्तानको साथ, सानो चियापसल र घरायसी खुसीले भरिएको थियो। तर एकपछि अर्को पारिवारिक दुर्घटनाले उहाँलाई आश्रयविहीन बनायो। “सानै उमेरमा विवाह गर
बनियानी/ झापाको हल्दिबारी गाउँपालिकाको वडा नं ५ र १ जोड्ने भुतेनी खोलामा निर्माण सम्पन्न गरिएको पक्की पुलको आज औपचारिक उद्घाटन गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा संघीय सांसद राजेन्द्र लिङ्देनले उद्घाटन समारोहमा बोल्दै जनप्रतिनिधिमा सपना, योजना र इमान्दारी भए विकासमा कुनै पनि अवरोध आउन नदिने बताए। “हल्दिबारीले यहाँको सर्वाङ्गीण विकासमा जुन फड्को मारेको छ, म त्यसका लागि सबैलाई बधाइ दिन्छु,” सांसद लिङ्देनले भने। हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनका अनुसार हालसम्म गाउँपालिकाभित्र एक सय ५० काठेपुल विस्थापित गर्दै पक्की पुल तथा कल्भर्ट निर्माण गरिएका