समाज

    Showing 2,021-2,030 of 6,824 items.
  • खोटाङ सामाजिक सेवा मञ्चद्वारा साहित्यकार डा. सुशीला कोइराला भण्डारी सम्मानित

    विराटनगर/  खोटाङ सामाजिक सेवा मञ्च केन्द्रीय कार्यालयले अग्रज साहित्यकार डा.सुशीला कोइराला भण्डारीलाई सम्मान गरेको छ। नेपाली भाषा तथा साहित्य क्षेत्रमा पाँच दशकभन्दा लामो समय योगदान दिएकी भण्डारीलाई एक विशेष कार्यक्रमबीच सम्मान गरिएको हो। विराटनगरमा आयोजित कार्यक्रममा अग्रज साहित्यकार बलराम पोखरेल, मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’, प्राध्यापक कविराज न्यौपाने, भूषण ढुंगेललगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए। मञ्चका अध्यक्ष ८८कृष्णप्रसाद भण्डारी ‘मार्सेली’८८को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार बलराम पोखरेल प्रमुख अतिथ

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 661 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोरङमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

    विराटनगर/  मोरङको बूढीगंगा गाउँपालिका–३ मा शनिबार राति एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। कोशी राजमार्गअन्तर्गत महालक्ष्मी वायरअगाडि राति १०:४५ बजेतिर को १ च ४७७४ नम्बरको ‘मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङ’ लेखिएको एम्बुलेन्स दुर्घटनामा परेको हो। मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार दुर्घटनामा उदयपुरको पञ्चावती घर भई मोरङको बूढीगंगा–२ मा बस्दै आएका २४ वर्षीय चालक आशिष राईको मृत्यु भएको छ। दुर्घटनापछि घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय नेमुवाको टोलीले गम्भीर घाइते राईलाई उद्धार गरी विराट शिक्षण अस्पताल पुर्याएको थियो। अस्प

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 770 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापाको गौरीगञ्जमा भारतद्वारा सीमा अतिक्रमण नेपालीलाई घर खाली गर्न एसएसबीको दबाब

    विराटनगर/ भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ज्यादती र धम्कीका कारण झापाको गौरीगञ्ज– २ पिण्डालघाट गाउँका सन्थालहरू विस्थापित हुने क्रम बढेको छ ।भारतीय सीमा सुरक्षा बलको ज्यादतीका कारण सन्थाल बस्तीका सर्वसाधारण गाउँ छाडेर हिँड्ने क्रम बढेको हो । भारतीय पक्षको ज्यादती सहन नसकी गत वर्ष बरियार सोरेनको परिवार विस्थापित भइसको थियो ।यो वर्ष उनका भाइ जेठा सोरेनलाई भारतीय सीमा सुरक्षा बलका जवानहरू आएर बसाइ सार्न दबाब दिइरहेको स्थानीयले बताएका छन् । गत वर्ष भारतीय एसएसबीहरुले बरियार सोरेनलाई घर खाली गर्न बारम्बार दबाब दिएका थिए । वर्षाैंदेखि बस्दै आएको घर खाली गर्न नमानेपछि एसएसबीले धम्क्या

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 820 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तेस्रो गोर्खा ट्रेल ब्लेजर सुरज  र पुष्पाले जिते  

    धरान/ धरानमा शनिबार  तेस्रो पटक धरानमा आयोजित गोर्खा ट्रेल ब्लेजर  १० किलोमिटर  खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको छ । शनिवार बिहान गोर्खा सिमेष्ट्रिज ट्रस्ट नेपालको आयोजनामा  सम्पन्न भएको हो । उक्त प्रतियोगितामा पुरुष तर्फ तेह्रथुमका सुरज लिम्बु  र महिला तर्फ पाँचथरकी पुष्पा सेर्मा विजेता वन्न सफल भए । दौडको संयोजन धरान १८ वडा कार्यालय तथा धरान उपमहानगरपालिकाको सहयोगमा भएको हो । पुरुष उपाधि विजेता सुरज लिम्बुले ३४ मिनट ४५ सेकेन्डमा उक्त दुरी पुरा गर्न सफल भए भने विजेता पुष्पा सेर्माले ले ४५ मिनट ३४ सेकेन्डमा दौड पुरा गर्न सफल भइन्  । विजेतालाई पुरस्कार

    • प्रकाशित मितिः चैत २, २०८१
    • 602 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोरङमा जंगलीको हात्तीको ज्याजदती हात्तीको आक्रमणबाट १६ जनाको मृत्यु

    मोरङ/ मोरङको लेटाङ नगरपालिका–९ जाँतेस्थित जङ्गली हात्तीको आक्रमणबाट गत फागुन २५ गते एक जनाको मृत्यु भयो । ४३ वर्षीय मनबहादुर इवाहाङ लिम्बूको घर नजिकै कोपिला सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै उनको निधन भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । बेलबारी–११ स्थित लक्ष्मी समुदायिक वन क्षेत्रमा दाउरा लिन गएकी स्थानीय लक्ष्मी बोगटी गत फागुन २४ गते जङ्गली हात्तीको आक्रमणबाट घाइते भइन् । भागेर ज्यान जोगाउन सफल भएकी बोगटीको हात भाँचिएको छ भने शरीरमा चोटपटक लागेको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतमले बताए ।डिभिजन

    • प्रकाशित मितिः चैत २, २०८१
    • 652 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज तराई–मधेशमा फागु पूर्णिमा (होली) हर्षोल्लासका साथ मनाइँदै

    विराटनगर/ नेपालका पहाडी तथा हिमाली जिल्लाहरूमा हिजो फागु पूर्णिमाका दिन होली पर्व मनाइएको थियो भने आज तराई–मधेश क्षेत्रमा यो रंगहरूको पर्व हर्षोल्लासका साथ मनाइँदैछ। बिहानैदेखि विभिन्न स्थानमा मानिसहरू एकआपसमा रङ, अबिर लगाएर तथा पानी छ्यापेर होली मनाइरहेका छन्। ठाउँ–ठाउँमा परम्परागत गीत, नृत्य र विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको छ। विशेषगरी युवा पुस्ताले पिचकारी तथा रंगीन धुलो प्रयोग गरेर पर्वको रौनकता बढाएका छन्। होलीको अवसरमा सरकारले तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ। यसले गर्दा सर्वसाधारणलाई पर्व मनाउन सहज भएको छ। परिवार तथा आफन्तजनसँग बसेर होलीका विशेष

    • प्रकाशित मितिः चैत १, २०८१
    • 630 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको पानबारीमा गोल्डकपको तयारी शुरु

    धरान । धरान उपमहानगरपालिकाकाले वडा नं. ५ र ६ कृषि पकेट क्षेत्रको रुपमा विकास गर्ने अवधारणा अगाडि बढाएको छ । यो क्षेत्र धरानको कृषि पकेट क्षेत्र भए पनि पानबारीका युवाहरुले पानबारीलाई खेलकुदबाट पनि चिनाउन गत बर्षदेखि पानबारी गोल्डकपको आयोजना गरेका छन् । यस बर्ष पनि गोल्डकपलाई निरन्तता दिने भएका छन् । पानबारीलाई खेलकुदको विकाससँगै राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना शुरु गरेको गोल्डकपको दोस्रो संस्करण आगामी वैसाखमा गर्ने आयोजक पानबारी फुटबल क्लबले जनाएको छ ।पानबारी सामुदायिक भवनभित्र रहेको आफ्नै कार्यालय कक्षमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी वैसाख १३ देखि १९ गतेसम्म आयोजना गर्

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 876 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका थलिएका यातायात मजदुरलाई कतारबाट आर्थिक सहयोग

    धरान/ सडक दुर्घटनाका कारण स्पाइनल कर्ड इन्जुरी भई दश वर्षदेखि थलिएका मजदुर पुण्य प्याकुरेललाई कतारमा कार्यरत यातायात मजदुर सुशील पोखरेलले दश हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्। नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको उपस्थितिमा बिहीबार पुण्य प्याकुरेलकै निवासमा पुगेर पोखरेलले सहयोग हस्तान्तरण गरेका हुन्। संगठनका सदस्य समेत रहेका पोखरेल धरान–१५ का स्थायी बासिन्दा हुन्। हाल उनी कतारको अवेन्सल लाइटिङ कम्पनीमा लाइटिङ विशेषज्ञका रूपमा कार्यरत छन्। सहयोग हस्तान्तरण कार्यक्रममा पोखरेलले आफू पनि यातायात मजदुर भएकाले पीडित मजदुरको अवस्था देखेर सहयोग गरेको

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 733 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुच्चा राई कल्याणकारी समाजको २५औं स्थापना दिवसमा रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न

    धरान/ सुच्चा राई कल्याणकारी समाजले आफ्नो २५औं स्थापना दिवसको अवसरमा रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। शनिबार धरान बजारस्थित लोकतान्त्रिक चौतारीमा आयोजित कार्यक्रममा १६२ पिन्ट रगत संकलन गरिएको छ। कार्यक्रममा समाजका सल्लाहकार ढुण्डिराज सुच्चा राईको सभाध्यक्षता रहेको थियो। प्रमुख अतिथिका रूपमा कोशी प्रदेश योजना आयोगका सदस्य माननीय किशोर थुलुङ उपस्थित थिए भने विशेष अतिथिका रूपमा अग्रज पत्रकार तथा युवा नेता भिमज्वाला राई, धरान वडा प्रहरी कार्यालयका प्रमुख रुद्र खड्का लगायत समाजसेवीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा जेष्ठ नागरिक तथा समाजमा विशिष्ट योगदान दिने व्यक्तित्वहरूलाई सम्

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 606 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फागु पूर्णिमा आज: रङको पर्वले देशभरि उत्साह

    काठमाडौं/ हर्षोल्लास, रङ र उमंगको पर्व फागु पूर्णिमा (होली) आज पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आउने यो पर्व हिन्दू धर्मावलम्बीहरूले विशेष रुपमा मनाउने गर्छन्। राजधानी काठमाडौंसहित देशभरका विभिन्न स्थानमा रंग, अबिर, पानीका फोका र संगीतको माहोल देखिएको छ। युवायुवतीदेखि वृद्धवृद्धासम्म होलीको रङमा रमाइरहेका छन्। सरकारले सार्वजनिक बिदा दिएको हुँदा मानिसहरू खुलेर रमाइरहेका छन्। तराईका जिल्लाहरूमा भने भोलि होली मनाइनेछ। होली पर्व विशेष गरी मित्रता, आपसी सद्भाव र भाइचारा प्रकट गर्ने अवसरका रूपमा लिइन्छ। सामाजिक सञ्जालहरूमा पनि होलीका तस्बिर र शुभकामना सन्देश

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 620 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved