धरानका थलिएका यातायात मजदुरलाई कतारबाट आर्थिक सहयोग

  • फागुन २९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सडक दुर्घटनाका कारण स्पाइनल कर्ड इन्जुरी भई दश वर्षदेखि थलिएका मजदुर पुण्य प्याकुरेललाई कतारमा कार्यरत यातायात मजदुर सुशील पोखरेलले दश हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको उपस्थितिमा बिहीबार पुण्य प्याकुरेलकै निवासमा पुगेर पोखरेलले सहयोग हस्तान्तरण गरेका हुन्।

संगठनका सदस्य समेत रहेका पोखरेल धरान–१५ का स्थायी बासिन्दा हुन्।

हाल उनी कतारको अवेन्सल लाइटिङ कम्पनीमा लाइटिङ विशेषज्ञका रूपमा कार्यरत छन्।

सहयोग हस्तान्तरण कार्यक्रममा पोखरेलले आफू पनि यातायात मजदुर भएकाले पीडित मजदुरको अवस्था देखेर सहयोग गरेको बताए। "पहिले पनि सहयोग गरेको थिएँ, फेरि पनि सहयोग गर्छु," उनले भने।

उक्त अवसरमा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, प्रेस चौतारी नेपाल सुनसरीका अध्यक्ष विकास चाम्लिङ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानका अध्यक्ष किरण थापा लगायतको उपस्थिति रहेको थियो।

२०७२ साल असार १५ गतेको सडक दुर्घटनापछि स्पाइनल कर्ड इन्जुरी भएका प्याकुरेल परिवार हालसम्म संघर्षरत छन्।

छोरा, छोरी र श्रीमती सहित भाडामा बस्दै आएका उनीहरूको लागि संगठनका अध्यक्ष भीमज्वाला राईको पहलमा तथा सञ्चारकर्मी एवं विभिन्न सहयोगदाताहरूको साथमा २०७५ सालमा घर निर्माण गरिए पनि परिवारको दैनिकी चलाउन र छोराछोरीको शिक्षाका लागि अझै सहयोग आवश्यक रहेको छ।

 

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved