फागु पूर्णिमा आज: रङको पर्वले देशभरि उत्साह

  • फागुन २९, २०८१
  • कोशीपत्र/संवाददाता
alt फाईल तस्बिर

काठमाडौं/ हर्षोल्लास, रङ र उमंगको पर्व फागु पूर्णिमा (होली) आज पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आउने यो पर्व हिन्दू धर्मावलम्बीहरूले विशेष रुपमा मनाउने गर्छन्।

राजधानी काठमाडौंसहित देशभरका विभिन्न स्थानमा रंग, अबिर, पानीका फोका र संगीतको माहोल देखिएको छ। युवायुवतीदेखि वृद्धवृद्धासम्म होलीको रङमा रमाइरहेका छन्।

सरकारले सार्वजनिक बिदा दिएको हुँदा मानिसहरू खुलेर रमाइरहेका छन्।

तराईका जिल्लाहरूमा भने भोलि होली मनाइनेछ। होली पर्व विशेष गरी मित्रता, आपसी सद्भाव र भाइचारा प्रकट गर्ने अवसरका रूपमा लिइन्छ।

सामाजिक सञ्जालहरूमा पनि होलीका तस्बिर र शुभकामना सन्देशहरू भाइरल भइरहेका छन्।

यस पर्वलाई मर्यादित तरिकाले मनाउन सुरक्षा निकायले विशेष निगरानी राखेको छ। ट्राफिक प्रहरी तथा नेपाल प्रहरीको टोली मुख्य सहरका चोकहरूमा परिचालित छन्।

विशेषज्ञहरूका अनुसार रासायनिक रंगको प्रयोगले छालामा असर गर्न सक्छ, त्यसैले प्राकृतिक रङको प्रयोग गर्न सल्लाह दिइएको छ।

होलीको अवसरमा "कोशीपत्र परिवार" सम्पूर्ण पाठकहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछ।

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved