सुच्चा राई कल्याणकारी समाजको २५औं स्थापना दिवसमा रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न

  • फागुन २९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुच्चा राई कल्याणकारी समाजले आफ्नो २५औं स्थापना दिवसको अवसरमा रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

शनिबार धरान बजारस्थित लोकतान्त्रिक चौतारीमा आयोजित कार्यक्रममा १६२ पिन्ट रगत संकलन गरिएको छ।

कार्यक्रममा समाजका सल्लाहकार ढुण्डिराज सुच्चा राईको सभाध्यक्षता रहेको थियो।

प्रमुख अतिथिका रूपमा कोशी प्रदेश योजना आयोगका सदस्य माननीय किशोर थुलुङ उपस्थित थिए भने विशेष अतिथिका रूपमा अग्रज पत्रकार तथा युवा नेता भिमज्वाला राई, धरान वडा प्रहरी कार्यालयका प्रमुख रुद्र खड्का लगायत समाजसेवीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा जेष्ठ नागरिक तथा समाजमा विशिष्ट योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

वक्ताहरूले समाजसेवाको महत्व र रक्तदानजस्तो पुण्य कार्यले मानव जीवनमा पुर्‍याउने सकारात्मक प्रभावबारे चर्चा गरेका थिए।

सुच्चा कल्याणकारी समाजले विगत २५ वर्षदेखि विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ।

समाजले गरिब तथा विपन्न वर्गका लागि सहयोग, स्वास्थ्य शिविर तथा शिक्षा अभियान जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।

कार्यक्रमको अन्त्यमा समाजका अध्यक्षले रक्तदान तथा सम्मान कार्यक्रमलाई सफल बनाइदिएकोमा सम्पूर्ण दाताहरू, स्वयंसेवकहरू तथा सहभागीहरूप्रति धन्यवाद व्यक्त गरे।

 

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved