समाज

    Showing 1,731-1,740 of 6,823 items.
  • सुनचाँदी बजार ओरालो: लगानीकर्तामा निराशा?

    काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गते) उल्लेखनीय गिरावट देखिएको छ। एकैदिन छापावाल सुनको मूल्य तीन हजार ५०० रुपैयाँले घट्दा चाँदीको मूल्य पनि ३५ रुपैयाँले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन, बुधबार सुन एक लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि घटेर आज एक हजार ९२५ रुपैयाँमा झरेको छ। बुधबार यसले एक हजार ९६० रुपैयाँको दर कायम गरेको थियो। विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको माग

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 576 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • १५ वर्षीया छात्राले शौचालयमा जन्माइन शिशु

    पाँचथर/  पाँचथरको फिदिम नगरपालिका–११ स्थित एक माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीया छात्राले शौचालयमै शिशु जन्माएको घटना सार्वजनिक भएपछि गाउँमा सनसनी फैलिएको छ। घटना मंगलबार राति फिदिमको लप्सिबोटेमा भएको हो। आफन्तको घरमा बस्दै आएकी ती किशोरीले शौचालयभित्रै शिशु जन्माएकी थिइन्। जन्मेको शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिए। घटनापछि अत्यधिक रक्तस्राव भएकोले ती किशोरीलाई तत्कालै पाँचथर अस्पताल भर्ना गरिएको छ। शिशुको शव पोष्टमार्टमका लागि तयारी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शिशुको

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 2,102 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रोङ गाउँपालिकाको ‘गुरु किसान’ योजना: किसानलाई मालिक बनाउने अभियान

    इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भनेर नारा लगाइए पनि त्यसअनुसार कार्यक्रम कार्यान्वयन नहुँदा किसानको जीवनस्तर उकासिन सकेको छैन। तर इलामको रोङ गाउँपालिकाले भने स्थानीय कृषि उत्पादनलाई प्राथमिकतामा राख्दै किसानमुखी योजनाहरू अघि बढाएको छ। गुन्द्रुक, सिन्की, मह र बेसारजस्ता स्थानीय उत्पादनको सफल बजारीकरणपछि गाउँपालिकाले ‘गुरु किसान’ कार्यक्रम सुरु गरेको हो। ‘गुरु किसान व्यवस्थापन कार्यविधि–२०८०’ अनुसार छनोट गरिएका १२१ जना नमुना किसानलाई हालै ‘गुरु किसान’ घोषणा गर्दै उनीहरूलाई पोशाक र झोला प्रदान गरिएको छ। गुरु किसानहरूले अरू किसानलाई

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 575 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साउदी अरबमा अलपत्र परेका नेपाली उद्धार गर्न सांसद बर्तौलाको माग

    काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले साउदी अरबको जुवेल सहरमा कम्पनी बन्द भएपछि अलपत्र परेका नेपाली कामदारको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। उनका अनुसार सेन्ड्रन इन्टरनेसनल कम्पनी लिमिटेड बन्द हुँदा ४६९ नेपाली कामदार रोजगारविहीन भएका छन्। तीमध्ये २२६ जना नेपाल फर्कन चाहेका छन् भने २४३ जनाले अन्य कम्पनीमा रोजगारीको वातावरण मिलाइदिन आग्रह गरेका छन्। “कामविहीन भएपनि ती नेपाली अहिले शिविरमा बसिरहेका छन्। उनीहरूलाई खानाको अभाव छ, बिरामी हुँदा उपचार पनि पाएका छैनन्,” बर्तौलाले भने। उनका अनुसार ती कामदारले दुईद

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 540 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ३० दिनभित्र अनुभूति हुने गरी तस्करी रोक्न गृहमन्त्री लेखकको निर्देशन

    विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुरक्षासम्बन्धी निकायलाई ३० दिनभित्र अनुभूति हुने गरी तस्करी रोक्न कडा निर्देशन दिएका छन्। बुधबार विराटनगरमा आयोजित प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सीमा क्षेत्रमा भइरहेको तस्करीले अपराध वृद्धि र राजस्व ह्रास गराएको भन्दै तत्काल कारवाहीको तयारी गर्न भनेका हुन्। “तस्करी तुरुन्त रोक्नुहोस्, यसको लागि एक्सन प्लान बनाउनुहोस्,” गृहमन्त्री लेखकले भने, “सीमा क्षेत्रमा हुने तस्करीले राज्यको राजस्व घटाएको छ, अपराध बढाएको छ र केही मानिस गैरकानुनी रूपमा रातारात धनी हुने अवस्था सिर्जना गरेको छ।” गोष्ठीमा कोशी

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 472 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युवतीको बलात्कारपछि हत्या, भारतीय भूपू सैनिक पक्राउ

    काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट हाउसमा युवतीको बलात्कारपछि हत्या गरिएको अभियोगमा एक जना भारतीय भूपू सैनिक पक्राउ परेका छन्। पक्राउ परेका व्यक्ति रामचन्द्र पन्त रहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ। गत चैत ११ गते बागबजारको एक गेस्ट हाउसको कोठामा एक विवाहित युवती मृत अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक अनुसन्धानपछि उनको बलात्कारपछि हत्या भएको पुष्टि भएको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका पन्तलाई प्रहरीले पक्राउ गरेको हो। उनी घटना बेलामा मृतक युवतीसँगै सोही गेस्ट हाउसमा बसेका थिए। पोष्टमार्टम रिपोर्टमा बलात्कारपछि हत्या भएको देखिएपछि अनुसन्धान तीव्र बनाइएको र विभ

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 826 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी बाल सुधार गृहबाट तीन बालबन्दी फरार

    मोरङ/ विराटनगर–३ स्थित कोशी बाल सुधार गृहबाट तीन जना बालबन्दी फरार भएका छन्। सोमबार दिउँसो साढे दुई बजे भएको फरार घटनाले सुधार गृहको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। फरार हुनेहरू उदयपुर, झापा र ताप्लेजुङका १७ देखि १८ वर्ष उमेर समूहका बालक हुन्। उनीहरूमध्ये उदयपुरका एक जनालाई जवरजस्ती करणी अभियोगमा अदालतले १६ वर्ष ८ महिना कैद सजाय सुनाएको थियो। ती बालक सुधार गृहमा तीन वर्षदेखि रहेका थिए। बाँकी दुई जना झापा र ताप्लेजुङका बालक पाँच महिनाअघि मात्र पुर्पक्षमा सुधार गृहमा राखिएका थिए। घटनाबारे जानकारी पाउनेबित्तिकै मोरङ प्रहरीले खोजी कार्य सुरु गरेको छ। जिल्ला प्रहरी कार्

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 629 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा तरुण दलको अधिवेशन सम्पन्न, युवालाई लोकतन्त्र रक्षामा सक्रिय हुन आह्वान

    धरान/  नेपाल तरुण दल प्रतिनिधिसभा क्षेत्र नं.१ तथा प्रदेशसभा १(१) र १(२) को अधिवेशन तथा पदस्थापन कार्यक्रम धरानमा सम्पन्न भएको छ। कार्यक्रममा वक्ताहरुले पछिल्ला दिनमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै त्यसको प्रतिकारका लागि युवा पुस्तालाई अग्रसर हुन आह्वान गरेका छन्। धरान–१२ स्थित पूर्वी स्टार होटलमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापाले जनताको बलिदानबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई अहिले पुनः कमजोर बनाउने षड्यन्त्र भैरहेको बताए। उनले भने, “२०६२/०६३ को जनआन्दोलनबाट सशस्त्र द्वन्द्वको अन्त्य गर्दै विस्

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 470 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बर्तमान गठवन्धन पुर्ण कार्यकाल चल्छ,गर्भनर नियुक्तिमा समस्या छैनः गृहमन्त्री

    विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन्धनमा खटपट नभएको भन्दै एमाले र काग्रेसवीच गर्भनर नियुक्तिमा कनै समस्या नभएको बताएका छन् । विराटनगरमा सुरक्षा वैठकमा सहभागि हुन आएका गृहमन्त्री लेखकले यस्तो कुरा बताएका हुन् । उनले भने, ‘एमाले र काँग्रेस बीचको सहमतिको आधारमा यो गठबन्धन पूर्ण कार्यकाल चल्नेछ ।’लेखकले यो सरकार मुलुकमा व्याप्त निराशालाई चिरेर आशाको किरण दिन गठन भएको बताए । उनले भने, ‘हाम्रो सरकार आशा दिने उद्देश्यले स्थापित भएको हो, र यसले जनतालाई आशा जगाइरहेको छ । उनले राजावादी गतिविधिबारे कडा चेतावनी दिए ।‘ उनले संविधान र वर्तमान व्यवस्था विरुद्धका

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 420 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • म युँ खोलाको पुल भाँचिँदा फिक्कल–नयाँ बजार सडक अवरुद्ध

     इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्डमा पर्ने म युँ खोलाको अस्थायी पुल भाँचिएपछि यातायात अवरुद्ध भएको छ। सोमबार भएको घटनापछि माईजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकातर्फ जाने सवारी आवागमनमा समस्या उत्पन्न भएको हो। केही वर्षअघि आएको बाढीले पक्की पुलको एक भाग बगाएपछि निर्माण गरिएको अस्थायी संरचनासमेत अहिले भत्किएको हो। पानी परेपछि खोला बढ्ने भएकाले सवारी आवतजावत थप जोखिमपूर्ण बनेको स्थानीयवासीको भनाइ छ। दैनिक सवारी प्रभावित यो सडक खण्ड भएर माईजोगमाई गाउँपालिकाको नयाँ बजार, नामसालिङ, सोयाङ, प्याङ, जोगमाई तथा सूर्योदय नगरपालिका–१ गोर्खेलगायत क्षेत्रमा दैनिक सवारीसाधन सञ

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 564 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved