३० दिनभित्र अनुभूति हुने गरी तस्करी रोक्न गृहमन्त्री लेखकको निर्देशन

  • वैशाख ३१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुरक्षासम्बन्धी निकायलाई ३० दिनभित्र अनुभूति हुने गरी तस्करी रोक्न कडा निर्देशन दिएका छन्।

बुधबार विराटनगरमा आयोजित प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सीमा क्षेत्रमा भइरहेको तस्करीले अपराध वृद्धि र राजस्व ह्रास गराएको भन्दै तत्काल कारवाहीको तयारी गर्न भनेका हुन्।

“तस्करी तुरुन्त रोक्नुहोस्, यसको लागि एक्सन प्लान बनाउनुहोस्,” गृहमन्त्री लेखकले भने, “सीमा क्षेत्रमा हुने तस्करीले राज्यको राजस्व घटाएको छ, अपराध बढाएको छ र केही मानिस गैरकानुनी रूपमा रातारात धनी हुने अवस्था सिर्जना गरेको छ।”

गोष्ठीमा कोशी प्रदेशका सबै १४ जिल्लाका सुरक्षा प्रमुखहरू सहभागी थिए। गृहमन्त्रीले उपस्थित अधिकारीहरूलाई ३० दिनभित्र तस्करी नियन्त्रणको प्रत्यक्ष प्रभाव देखिने गरी कदम चाल्न निर्देशन दिए। “यदि तपाईंहरूले प्रभावकारी कदम चाल्नुभएन भने गृह मन्त्रालयले अर्को किसिमको एक्सन लिन्छ,” उनले चेतावनी दिए।

विराटनगरका निजी क्षेत्रका व्यवसायीहरूबाट तस्करीसम्बन्धी गुनासो बढ्दै गएको उल्लेख गर्दै गृहमन्त्रीले तस्करी नियन्त्रण गर्न सकेमात्र राज्यको राजस्व प्रणाली सुदृढ हुने र अपराध नियन्त्रणमा सहयोग पुग्ने बताएका छन्।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved