धरान/ शिक्षण पेशा संँगै साहित्य क्षेत्रमा खोज अनुसन्धान र समालोचनामा आफ्नो अलग्गै स्थान बनाईसकेका इटहरी निवासी प्रा.डा. रामजी तिम्सिना अवस्था अझै पत्ता लाग्न सकेको छैन् । प्रहरीले उनको खोजीका लागि सबै खालका प्रयास गरि टोलीहरु नै परिचालन गर्दापनि डा. तिम्सिनाको अवस्था अझै पत्ता नलागेको हो । मंगलबार दिउँसो आफ्नो फेसबुक एकाउन्टमा एउटा स्टाटस पोष्ट गरेका तिम्सिना बुधबार बिहानबाट एकाएक वेपत्ता भएका हुन् । बुधबार ८ बजेर १८ मिनेट पछि घरबाट बाहिर निस्केका डा. तिम्सिना शनिवार बेलुकासम्म पनि फेला पर्न सकेका छैनन् । बुधबार बिहानदेखि बेपत्ता उनको कोठामा एउटा चिर्कटो पाइएको प्रहरीले जनाएको छ
धरान/ अबिरल बर्षासँगै आएको बाढी, पहिरो, चट्याङ जस्ता मनसुनजन्य विपद्ले देशभर जोखिम बढेको छ । नेपाल सरकारको गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार हाल सम्म ६२ जनाको मृत्यु,चार जना बेपत्ता र ९० जना घाइते भएको जनाएको छ । केन्द्रका अनुसार यस अवधिमा बाढीका कारण मोरङमा एक, दाङमा तीन, कैलालीमा एक, काभ्रेपलाञ्चोकमा दुई, उदयपुरमा एक, पाल्पामा एकगरी नौ जनाको मृत्यु भएको छ । बाढीकै कारण दुई जना बेपत्ता छन् । पाँच घरमा पूर्ण रुपमा क्षति पुगेको छ । ११ घरमा आंशिक क्षति भएको छ । पहिराका कारण ३४ जनाले ज्यान गु
धरान/ धरानको एक र भोजपुरका सहित भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर बिभत्स हत्या भएको छ । मेघालयको कोइलाखानीमा काम गर्न गएका ४ जना मजदुरको हत्या भएको हो । सो बीभत्स घटना मेघालय राज्य अन्तर्गत सुतंगा जयन्तिया हिल्समा भएको हो । मारिने ४ जना धरान र भोजपुरका नेपाली भएको प्रारम्भिक सूचना छ । पहिला बाँधेर त्यसपछि धारिलो हतियार प्रयोग गरेर उनीहरूको हत्या गरे जस्तो देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । घटना भएको स्थान मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा भएको बताइएको छ । ४ जना नै स्थानीय कोइला खानीमा काम गर्दै आएका बताइएको छ ।तर को को मारिए भन्ने परिचय खुल्न सकेको छैन ।
धरान/ कोशी प्रदेशमा नै पहिलो पटक धरान १ स्थित धरान आदर्श कलेजमा मार्शल आर्टसको ब्यवस्था गरिएको छ । कलेजले दक्ष तालिम दिने प्रशिक्षक नै राखेर प्रदेशभरी स्कुलमा पहिलो पटक स्वास्थ्यको लागि भनेर मार्सल आट्रस को व्यवस्था गरिएको धरान आर्दश कलेजका प्रिन्सिपल लोकेन्द्र श्रेष्ठले बताए । दक्ष प्रशिक्षक काठमाण्डौबाट ल्याएर व्यवस्था गरिएको छ भने स्कुलमा नै मार्टस आर्टस सिक्ने व्यवस्था मिलाइएको प्रिन्सिपल श्रेष्ठको भनाई रहेको छ । उनका अनुसार जो सुकैले स्कुलमा आएर स्वास्थ्य शरीरका लागि मार्शल आर्टस संबन्धि तालिम लिएर फाइदा लिन सक्ने बताइएको छ । यसैबीच धरान आदर्शका विद्यार्थीहरुलाई मार्शल आर्ट्
धरान/ धरान–१२ स्थित धरान मेघा हिमालयन कलेजमा हस्पिटालिटी म्यानेजमेन्टसम्बन्धी एक महिने तालिम आइतबार सुरु भएको छ । कलेजले शनिबार पत्रकार सम्मेलन आयोजना गरेर यसबारे जानकारी दिएको हो । ‘स्वीस कन्ट्याक्ट प्रोग्राम’ अन्तर्गत नेदरल्यान्डबाट आएका सिनियर हस्पिटालिटी एक्स्पर्ट मार्क थोमस केरनले तालिमको सहजीकरण गरिरहेको कलेजका होटल म्यानेजमेन्ट (एचएम) विभागीय प्रमुख पोषण श्रेष्ठले जानकारी दिए । केरनले मेघा कलेजमा होटल म्यानेजमेन्ट विषय अध्ययन गरिरहेका विद्यार्थी र शिक्षकहरूलाई समेत तालिम दिइरहेका छन् । स्वीस कन्ट्याक्ट प्रोग्रामअन्तर्गत कलेजका शिक्षक र विद्यार्थीहरूलाई हरेक वर
धरान/ पूर्ण राई एण्ड द दाजुभाइहरु ब्यान्डले नयाँ गीत आफ्नै युट्युब च्यानलमा सार्वजनिक गरेको छ । ब्यान्डले हिजो शनिबार ब्यान्डकै शब्द संगीतमा रहेको स्पर्श संगीत गित सार्वजनिक गरेको हो । पूर्ण राई को शब्द संगीतमा रहेको उक्त गीत उनले आफ्नै ब्याण्डमार्फत सार्वजनिक गरेका हुन्। भिडियोमा आमा र छोरा बीचको माया सद्भावलाई देखाइएको छ साथै धरानमा भएका युवाहरूका गतिविधिलाई भिडियोमा देखाइएको छ । धरानमा भएका युवाहरू कसरी कुलतमा फस्छन्, कसरी लागूदुर्वेसनमा फस्छन् भन्ने कुरालाई समेत झल्काइएको छ । उक्त गीतसंगीतको ड्रममा सुमेक योन्जन गितारमा सुसन कार्की बेस गितारमा दिगोस राई रहेका छन् । पूर्ण राई एण्ड द दाज
धरान/ धरानका मेयर हर्कराज राईको गतिबिधी अराजक बन्न थालको छ ।स्थानीय सरकारको प्रमुख राईको गतिबिधीहरुले उनको कार्यकक्षमा जाने जो कोही पनि आफुलाई असुरक्षित र अप्ठ्यारो महसुस गर्न थालेका छन् । शुक्रबार पत्रकार सन्जीता धमलामाथि मेयर राईले आफैले आफ्नो कार्यकक्षमा बोलाएर महिला पत्रकारमाथि दुब्यहार र नगर प्रहरी लगाएर उनलाई लछारपछार गर्दै बाहिर निकालेका छन् । प्रहरीले गरेको दुब्र्यहारले पत्रकार धमलाको शरीरमा चोट लागेको छ । शनिबार कोशी पत्रसँगको मोबाईल संबादमा शुक्रबारको घट्नाले दाहिने हात ढाडमा चोट लागेको बताइन् । उपचार पछि उनी हाल घरैमा आराम गरिरहेही छिन् । प्रमुख साम्पाङ आफैले पटक पटक सामाजिक
धरान/ यो बर्षको एसइई परीक्षामा उतीर्ण भएको बिद्यार्थीलाई धरान ६ को शिक्षा सन्देश बोर्डिङ स्कुलले एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको छ । शुक्रबार शिक्षा सन्देशले एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याएर उतीर्र्ण ३३ जना विद्यार्थीलाई सम्मान गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चन्द्र बहादुर सुबेदीले बताए । कार्यक्रममा ६ नम्बर वडाका पूर्ब वडाध्यक्ष भुवनसिंह बस्नेतले विद्यार्थीलाई स्वागत र सम्मान सहित बधाई तथा शुभकामना दिए । कार्यक्रममा विद्यालय ब्यवस्थापनमा समितीका पदाधिकारी,शिक्षक शिक्षिका ,वडाका सामाजिक व्यक्तित्व सहितले बधाई तथा शुभकामना दिए । यो बर्ष शिक्षा सन्देशका ८ जना
धरान/ डेंगु सङ्क्रमण फेरी बढ्दो क्रमममा रहेको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्रका अनुसार डेंगु सङ्क्रमण सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा पुष्टि भएको छ । बागमतीमा प्रदेशमा ४८२, कोशी प्रदेशमा ३५० जनामा डेंगु पुष्टि भएको छ । त्यसैगरी, गण्डकी प्रदेशमा २१२, लुम्बिनी प्रदेशमा १७१, सुदूरपश्चिममा १५९, मधेश प्रदेशमा ३८ र कर्णली प्रदेशमा २० जनामा डेंगु पुष्टि भएको डा दाहालले जानकारी दिए । जिल्लाअन्तर्गत काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । काठमाडौँमा १५९, झापामा १२० जनामा डेंगु पुष्टि भएको छ । देशका ७३ वटा जिल्लाबाट एक हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको
धरान/ नेपाली काँग्रेस सुनसरीका संस्थापक नेता गिरिराज आचार्यद्वारा लिखित-सङ्कलित पुस्तक ’जनमत सङ्ग्रह दर्पण’को विमोचन भएको छ । बुधवार वीपी कोइरालाका छोरा काँग्रेस केन्द्रीय सदस्य डा. शशाङ्क कोइरालाले एक समारोह बिच विमोचन गरेका छन् ।आचार्यको दोश्रो संस्करण हो । पुस्तकको पहिलो संस्करण २०४२ सालमा प्रकाशित भएको थियो । त्यस बेला काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला निकट नेताले भव्य समारोह बिच काठमाडौँ विमोचन गराउने वचन दिएका थिए । ६८४ पृष्ठ १८ भागमा प्रकाशित पुस्तक हरि गौतमको ओरिएन्टल प्रकाशनले प्रकाशित गरेको हो । पुस्तकको मूल्य १ हजार ६४५ रुपैयाँ छ ।नेपालमा राजा वीरेन्द्रद्वारा