धरानमा सुविधा सम्पन्न सभा हल सञ्चालनमा, उद्योगी, पत्रकार र व्यवसायी सम्मानित

  • जेठ ६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  सुनसरी उद्योग वाणिज्य सङ्घले सुविधा सम्पन्न पार्टी प्यालेससहितको सभा हल सञ्चालनमा ल्याएको छ। एसीसहितको नयाँ हलको सोमबार उद्घाटन गरिएको हो।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सङ्घको ४१औँ साधारण सभाको अवसरमा पुनःनिर्मित भवन उद्घाटन गरेका हुन्।

वाणिज्य सचिव किसन मास्केले पुनःनिर्माणमा झण्डै ३० लाख रुपैयाँ खर्च भएको जानकारी दिए। पहिला २०० जनाको क्षमतामा सीमित हल अब ४ सय जनालाई अटाउने गरी निर्माण गरिएको छ। स्टार होटलस्तरको फर्निसिङसहितको हल सभा, समारोह तथा विवाह भोजका लागि प्रयोग गर्न सकिनेछ।

साधारण सभामा पत्रकार तथा व्यवसायीलाई सम्मान गरिएको छ। नेपाल पत्रकार महासङ्घका निवर्तमान सभापति जनकऋषि राई र वर्तमान सचिव विनय बाराकोटीलाई नगद ११/११ हजार रुपैयाँसहित सम्मान गरिएको हो।

सङ्घले प्रत्येक वर्ष सुनसरीको आर्थिक तथा पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने दुई पत्रकारलाई सम्मान गर्दै आएको छ। गत वर्ष वरिष्ठ पत्रकार हर्ष सुब्बा र खिलानाथ विश्वकर्मा सम्मानित भएका थिए।

त्यस्तै, दुईजना पुराना व्यवसायीलाई ‘लाइफटाइम एचिभमेन्ट’ सम्मान प्रदान गरिएको छ। सम्मानित हुनेमा सन् १९८० देखि धरानमा निर्माण व्यवसाय गर्दै आएका गणेशलाल श्रेष्ठ र कपडा व्यवसायमा सक्रिय दिपचन्द अग्रवाल छन्।

वैदेशिक बजारमा औद्योगिक उत्पादन निर्यात गरी विदेशी मुद्रा आर्जनमा योगदान पुर्‍याउने खनारस्थित रिलायन्स स्पिनिङ मिल्स, हनुमन्त ग्रुप र धरानस्थित कथ्या उद्योगलाई पनि सम्मान गरिएको छ।

पूर्वी नेपालको कृषि उपज विदेश निर्यात तथा थोक व्यापारमा संलग्न धरानस्थित कृषि उपज बजारलाई पनि सम्मान प्रदान गरिएको छ।

कार्यक्रममा सुनसरीका विभिन्न पालिकामा स्थापना भएका उद्योग वाणिज्य सङ्घहरूलाई पनि सम्मान गरिएको अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए। सम्मानित संस्थाहरूमा इटहरी, इनरुवा, झुम्का, वराह, चतरा, तरहरा, खनार र दुहबी उद्योग वाणिज्य सङ्घ रहेका छन्।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved