काठमाण्डौं/ टेंकरमा लकिङ प्रणालीको सुरु भएपछिपनि इन्धन कमहुँदा चालकलाई दोब्बर जरिवाना गराउने नीति अन्त्य भएकोछ । त्यस्तै इन्धन ढुवानी सम्झौता गर्न पाँचवटा टेंकर हुनुपर्ने विधि अन्त्य गर्दै एउटा मात्रै टेंकर हुनेले पनि सम्झौता गर्न पाउने भएकोछ । सोमबार मन्त्रालयमा भएको सरोकारवालाहरुको छलफलमा टेंकर चालकलाई गरिने दोब्बर जरिवाना हटाउँदै तापक्रमको फरकबाट इन्धनमा घटबढ हुँदा मजदुरहरुलाई दायित्व बहन नगराउन (फुल टेम्प्रेचर दिन) र इन्धन ढुवानीकर्ता बन्न चाहने स्वरोजगार मजदुरहरुलाई विना धरौटी व्यक्तिगत सम्झौता गर्ने व्यवस्था गर्न उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले नेपाल आयल
धरान/ धरानदेखि केराबारी सम्म जोड्ने सडक । जुन सडकले धरान र केराबारीका वासिन्दालाई सीधा जोडेको छ । उक्त सडक सञ्जाल बनाउनको लागि तत्कालिन ६ नम्बर केराबारीका वडाध्यक्ष उपेन्द्र लुंगेली मगरले निकै धेरै कष्ट र प्रयासका बावजुत पनि अन्ततः सडक सञ्जालले जोडर केराबारीबासीलाई सहजता बनाएरै छोडे । तत्कालिन याङशिला हालको केराबारीको कालोपानी हँुदै सडकले धरान सम्म सहज आवगमन बनाएको छ । केराबारी गाउँ पालिका आफैंमा पर्यटकीय संभावना बोकेको पालिका हो । जहाँ प्राकृतिक मनोरम दृष्यले जो कोहीको मनलाई लोभ्याउँछ । उक्त गाउपालिका अन्र्तगत नै पर्ने सतिसाले र कालोपानी ५ नम्बर वडा र ६ नम्बर वडासँगै जोडिएको छ । यी द
धरान/ समय समयमा हुने स्वास्थ्य समस्यालाई ध्यानमा राखेर विभिन्न संघ संस्था र स्वास्थ्य संस्थाहरुले कोशी प्रदेशकै एक मात्र विद्यालय पूर्वाञ्चल ज्ञान चक्षु विद्यालयका विद्यार्थीहरुलाइ निःशुल्क स्वास्थ्य परीक्षण गर्ने गरेका छन् । नेत्रहीनहरुमात्र अध्ययन गर्ने सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग पुगोस् भन्ने अभिप्रायले कसैको जन्मदिनमा विद्यालयलाई सहयोग पु¥याउने, विभिन्न संघ संस्थाले आर्थिक सहयो गर्नेसँगै उनीहरुको स्वास्थ्यको समेत विभिन्न संघ संस्थाले चेकजाँच गर्ने गरेको छ । कोशी प्रदेशकै एक मात्र नेत्रहीनहरुलाई लक्षितगरी सञ्चालनमा आएको ज्ञानचक्षु विद्यालयमा फरक क्षमता भएका विद्
विराटनगर/ मोरङको कानेपोखरी १ होक्लाबारीमा रहेको श्री माध्यामिक विद्यालय होक्लाबारीको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा माओवादी समर्थकको प्यानल विजयी भएको छ ।विद्यालय व्यवस्थापन समितिको निर्वाचनका लागि काँग्रेस–एमाले एकातिर र माओवादी एकातिर रहेर प्रतिस्पर्धा भएको थियो । समितिका चार सदस्यका लागि आइतबार भएको निर्वाचनमा तीन वटा प्यानलले प्रतिस्पर्धा गरेको थियो । व्यवस्थापन समितिको निर्वाचनका लागि ३०३ जना मतदाता थिए । जसमध्ये २१३ मत खसेको थियो । जसमा माओवादी केन्द्रनिकटका उम्मेद्वारहरुले १२२ मत ल्याएर विजयी भएका हुन् । जसमा डिकबहादुर भण्डारी, माया श्रेष्ठ, दिननाथ ठाकुर र मुखी मुर्
धरान/ धरान उपमहानगरपालिका वडा न. ४ विकट वडाको रुपमा चिनिन्छ । यहाँका विद्यार्थीहरु घण्टौ हिडेर विद्यालयसम्म अध्ययन गर्न बाध्य छन् । शिवजट्टा, हर्दिया, देवी गाउँजस्ता विकट गाउँहरु यस क्षेत्रमा पर्छन् । यो वडामा ६ वटा विद्यालय छन् तर सबै आधारभूत तहका विद्यालय हुन । विगठ भएकै कारण भदौ २९ गतेको राष्ट्रिय बालदिवस वडाको संयोजनमा शुक्रबार मात्र सम्पन्न भएको छ । वडाले कन्या आधारभूत विद्यालय कन्यापोखरी, बालिका आधारभूत विद्यालय देवीटार भेडेटार, आधारभूत विद्यालय हर्दिया, पञ्चकन्या आधारभूत विद्यालय हर्दिया, सिंहदेवीदेवी आधारभूत विद्यालय सुमनटार र शिक्षाज्ययोति आधारभूत विद्यालय बसन्तटारलाई धरान ४ म
धरान/ धरान हेल्पिङ ह्यान्ड्सको शनिबार सम्पन्न चौथो साधारणसभाले किरण भुजेलको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित कार्यसमितिका उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः विद्या शाक्य, रमेश राई (रोमु), मणि लिम्बू, कोपिला राई र नर्वदा गुरुङ छानिएका छन् । यसैगरी नवगठित कार्यसमितिका सदस्यहरूमा विशाल थापा, शैलेस दाहाल र जोलिस गुरुङ छानिएका छन् । दुबईमा रहेका धरानेहरूको सहयोगबाट सञ्चालन भइरहेको धरान हेल्पिङ ह्यान्ड्सले आगामी दिनमा धरानको शैक्षिक क्षेत्रको विकासमा ध्यान केन्द्रित गर्ने संस्थाका संरक्षक ईश्वर श्रेष्ठले बताए । आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित
धरान । विद्यार्थी कल्याण समाज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अध्यक्षमा नवराज कुमार देव निर्वाचित भएका छन् । महासचिवमा भने सुविन कुमार साह निर्विरोध निर्वाचित भए । प्रतिष्ठानमा एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत देव निकटतम प्रतिद्वन्द्व लाई २ सय ५२ मतले पछि पार्दै २ वर्षे कार्यकालको लागी समाजको अध्यक्षमा निर्वाचित भएका हुन् । । शनिवार प्रतिष्ठानमा भएको समाजको निर्वाचनमा अध्यक्षका लागी ७ जनाले प्रतिस्पर्धा गरेका थिए । देवको निकटतम प्रतिद्वन्द्वी जमुना वनले २सय ९३ मत पाएकी थिइन भने अध्यक्षका अर्का उम्मेदवार दिवस पन्थले २सय५५ मत पाएका थिए । अध्यक्षका अन्य प्रतिष्पर्धीहरुले क्रमशः
धरान/ भोजपुर बहुमुखी क्याम्पस ,भोजपुरमा भाषिक विज्ञ सहितको भाषा सम्पादन समिती गठन गरिएको छ । क्याम्पस प्रमुख भुलानाथ राईद्धारा आइतबार जारी विज्ञप्तीमा क्याम्पस प्रशासनको बैठकले दुई सदस्यीय भाषा सम्पादन समिती गठन गर्ने निर्णय गरिएको जनाइएको छ । विज्ञप्तीमा जनाइए अनुसार नेपाली भाषाको विज्ञ उपप्रध्यापक बाबुराम ओझा र अंग्रेजी भाषाको विज्ञ उपप्राध्यापक प्रकाश राई छन् । विज्ञप्तीमा भनिएको छ“, भाषिक सुद्धताको सुनिश्चितताको विषयमा विज्ञतासँग संवन्धित भएकाले आगामी दिनमा यस क्याम्पसबाट तयार गरिने र प्रकाशन गरिने सबै खालको आधिकारिक कागजातहरुको भाषिक शुद्धताको सुनिश्चितता गर्नको लागि भाषिक स
युएई/ ओमानमा भएको कार दुर्घटनामा परेर दुई नेपालीको ज्यान गएको छ । राजधानी मस्कटदेखि झन्डै २ सय किलोमिटर टाढा नीज्वा इज्की रोडमा गएको आइतबार भएको दुर्घटनामा एक महिला र अर्को पुरुषको मृत्यु भएको हो । तिलोत्तमा नगरपालिका रुपन्देहीका नर बहादुर सारुले चलाएको आफ्नै कार सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा सोही कारमा सवार झापाकी समिता बुढाथोकीको पनि ज्यान गएको नेपाली दुतावास ओमानले जनाएको छ । ज्यान गुमाउने सारु ओमानमा रहेको अल सीर कम्पनीमा मर्चनडाइजरको रुपमा सन् २०१८ र समिता त्यहाँ रहेको वारदात अल साब अलधब्या हिना एन्ड ब्युटी सेण्टरमा हेयर स्ट्यालिस्टको रुपमा दुई वर्षदेखि कार्यरत थिए ।
केही समययता सुनसरी, मोरङ र झापाका कतिपय स्थानमा सर्वसाधारण नागरिक जङ्गली हात्तीको त्रासबाट आतङ्कित छन् । झापा र मोरङका दक्षिणी क्षेत्रमा अवस्थित केही बस्तीमा त जङ्गली हात्तीको आतङ्क नयाँ होइन । त्यस्ता बस्तीमा जङ्गली हात्तीको आक्रमणबाट थुप्रै नागरिकले ज्यान गुमाइसकेका छन् । केही समययता भने जङ्गली हात्तीको समूह पहाडी क्षेत्रतर्फ देखिन थालेको छ । पहिले जङ्गली हात्तीको आवागमन खासै नहुने क्षेत्रमा पनि जङ्गली हात्तीको आवागमन हुन थालेको छ । धरान–६, पानबारीमा पर्ने माछापुच्छ्रे बस्तीका बासिन्दा पनि हात्ती–आतङ्कबाट पीडित छन् । यहाँ भने पहिल्यैदेखि जङ्गली हात्तीले दुःख दिने गरेका छन् । क