धरानकी इचिङ्सा ‘मेरो डान्स युनिभर्स’को उत्कृष्ट १० मा भाेटकाे अपिल गर्दै

  • असार ३२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/धरानकी उदयीमान नृत्य कलाकार इचिङ्सा लिम्बु मेरो डान्स युनिभर्स नामक अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिताको उत्कृष्ट १० मा स्थान बनाउन सफल भएकी छन्।

सोमबार सम्पन्न कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिँदै उनी उत्कृष्ट १० मा प्रवेश गर्न सफल भएकी हुन्। हाल उनी प्रतियोगिताको भोटिङ चरणमा प्रवेश गरिसकेकी छन्।

झापाको बिर्तामोडमा सम्पन्न अडिसनबाट छानिएर ‘मेरो डान्स युनिभर्स’को यात्रामा अगाडि बढेकी इचिङ्साले विभिन्न शैलीका नृत्य प्रस्तुत गर्दै निर्णायकहरूको मन जित्दै आएकी छन्।

उत्कृष्ट १३ बाट सुरु भएको भोटिङ प्रक्रियामा उल्लेखनीय मत प्राप्त गर्दै उनी अहिले उत्कृष्ट १० मा पुगेकी हुन्।

उक्त प्रतियोगिता हाल काठमाडौंमा भइरहेको छ। प्रतियोगितामा २५ भन्दा बढी देशका हजारौं प्रतिस्पर्धी सहभागी छन्।

ती सबै प्रतिस्पर्धीहरूलाई पछि पार्दै इचिङ्सा उत्कृष्ट १० मा पुग्न सफल भएकी हुन्। धरानबाट प्रतिनिधित्व गरिरहेकी उनले अहिले अन्तर्राष्ट्रिय स्तरको मञ्चमा नेपालको पहिचान बोक्दै उत्कृष्ट प्रदर्शन गरिरहेकी छन्।

‘मेरो डान्स युनिभर्स’ इन्ट्रा-नेसनल वेल्फेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा भईरहेको हो। प्रतियोगिताका विजेताले १ करोड रुपैयाँ पुरस्कार जित्नेछन् भने दोस्रो स्थान हासिल गर्नेले ७५ लाख र तेस्रो हुनेले ५० लाख रुपैयाँ प्राप्त गर्नेछन्।

धरानको प्रतिनिधित्व गर्दै धरानको नाम चम्काइरहेकी इचिङ्सालाई भोट दिन मोबाइलमा माई इन्ट्राफाउण्डेसन एप डाउनलोड गर्नुपर्छ।

उक्त एप डाउनलोड गरेर उनकाे प्राेफाइलबाट भोट दिन सकिन्छ भने, सिम मार्फत भोट दिनको लागि एमडीयु ०३ लेखि ३७००० मा पठाएर भोट सकिने इचिङ्साले जानकारी दिइन ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved