समाज

    Showing 1,191-1,200 of 6,821 items.
  • विपी प्रतिष्ठानको उपकुलपति अब धरानका विक्रम श्रेष्ठ

    धरान/विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नयाँ उपकुलपतिमा धरानका हाडजोर्नी विशेषज्ञ प्रा.डा. विक्रम श्रेष्ठ नियुक्त भएका छन्। प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले मंगलबार उनलाई नियुक्त गरेका हुन्। श्रेष्ठले नियुक्तिपत्र भने बुधबार बुझ्ने भएका छन्। सर्च कमिटीले यसपटक परम्परागत तीनको सट्टा चार जनाको नाम सिफारिश गरेको थियो। अन्तर्वार्ता र प्रस्तुतीकरणपछि प्रा.डा. प्रह्लाद कार्की, प्रा.डा. रामेश कोइराला र प्रा.डा. रोहित यादवको नाम तय भए पनि, चर्को दबाब र लविङका कारण प्रा.डा. श्रेष्ठको नाम पनि अन्तिम सूचीमा समावेश भएको हो। धरानमा लामो समयदेखि स्थानीय व्यक्तिलाई उपकुलपतिम

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 1,042 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तीजको मौलिक भाकामा ‘आयो नि तिज है आयो’

    धरान/नेपाली महिलाहरुको हरितालिका तीज पर्वलाई गीत–संगीत र नृत्यमार्फत रंगीन बनाउने परम्परालाई निरन्तरता दिँदै गायिका सरस्वती रिमाल भट्टराईको स्वरमा नयाँ तीज गीत ‘आयो नि तिज है आयो’ सार्वजनिक भएको छ।  शब्द राम प्रसाद लुईटेलको, संगीत बिगत राईको र अडियो पुर्णञ्चल रेकर्डिङ स्टुडियो, इटहरीमा रेकर्ड गरिएको यस गीतले तीजको उल्लास, भक्ति र बहिनी–दिदीको भेटघाटको खुसीलाई कलात्मक ढंगले उतारेको छ।  नृत्य निर्देशन रोसन बान्तवा राईको छ भने क्यामेरा र सम्पादन रोसन भट्टराईले गरेका छन्। पोष्ट प्रोडक्सन अनामिका डिजिटलमार्फत सम्पन्न भएको हो।  गीतमा रातो–हरियो गहना र

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 758 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अहिले अध्यक्ष ओलीको विकल्प खोज्ने बेला होइन:शंकर पोखरेल

    धनकुटा/केपी ओलीको विकल्प खोज्ने बेला अहिले नभएको नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बताउनु भएको छ । अहिले पार्टीलाई बनाउने बेला भएको बताउनुहुँदै जतिवेला जे कुरा गरेर पार्टीलाई बनाउन सकिन्छ हामीले त्यही कुरा गर्ने हो । म राम्रोसंग पार्टी चलाउन सक्छु भन्नेहरुको आधार विना नेतृत्वको विकल्प खोज्न नसकिने बताउनुभयो । नेकपा (एमाले) कोशी प्रदेश कमिटीको मंगलबार धनकुटाको हिलेमा भएको सातौँ बैठकलाई सम्बोधन गर्नुहुँदै संविधानसभाको निर्वाचनपछि नेपाली जनतामा आशा जगाउने र समृद्धिको यात्रामा केपी ओली नेतृत्वकै सरकारले गरेकाले एमाले र ओलीमाथि प्रहार भएको वहाँले बताउनु भयो ।  नेपालको अस्थिर राजनीतिलाई

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 391 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गन्धर्व जातिको संरक्षणमा राज्यले दिएन चासो: आफै संरक्षणमा जुटे

    धरान/  नेपाल र नेपालीको कलासँस्कृतिलाई जीवन्तता राख्न महत्वपूर्ण भूमिका खेल्ने गन्धव जातिको पेशा संकटमा परेको छ । पुस्तौपुस्तादेखि सारंगीको तालम नेपालमा गाइने लोकसंगीतलाई सार्रगीको धुनमा गाउँ, सहरमा गाउँदै हिड्ने गन्धर्व जातिको पेशा संकटमा पर्दा समेत राज्य अनविज्ञ रहेको छ । अहिले गन्धर्व जातिका युवा पुस्ता आफ्नो पुख्र्यौली पेशालाई संरक्षण गर्नका लागि लागि परेका छन् । तेजेन्द्र गन्धर्व । भोजपुर जरायौ टारका तेजेन्द्रले पुख्यौली पेशा अंगालेको १५ बर्ष जति भयो । वैदेशिक रोजगारलाई समेत त्यागेर लोप हुन लागेको कला संस्कृतिलाई जोगाउन लागि पर्नुभएका तेजेन्द्र भ्याइस अफ नेपाल सिजन १ को टप १६

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 591 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मजदुर भवन निर्माणका लागि एकलाख दिने मेयर चिन्तन तामाङको घोषणा

    हिले /  धनकुटा नगरका मेयर चिन्तन तामाङले नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशी प्रदेश कमिटीको कार्यालय भवन निर्माणका लागि एक लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धनकुटा जिल्ला कमिटीले मंगलबार हिलेमा आयोजना गरेको योजना कार्यशाला मार्फत सहयोग गर्ने घोषणा गर्नुभएको हो । २०३६ साल असार ९ गते स्थापना भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका देशैभरी आफ्नै भवनहरु रहेका भएपनि संगठन स्थापना स्थल कोशी प्रदेश कमिटीको आफ्नै भवन पहिलो पटक बनाउन लागिएको र सबैको साथ सहयोगमा भवन निर्माण गरिने संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले विषय प्रस्तुत गर्नुभएपछि

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 612 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • घरायसी विवाद रक्तपातमा परिणत, एकको मृत्यु, एक घाइते

    सुनसरी/  मोरङको कानेपोखरीमा घरायसी विवादले रक्तपातको रूप लिँदा एक महिलाको मृत्यु भएको छ भने एक छिमेकी घाइते भएका छन्। कानेपोखरी गाउँपालिका–१ झरनाकुटुकी ४० वर्षीया दुर्बी सतारको पतिको कुटपिटबाट मृत्यु भएको हो। मोरङ प्रहरीका डीएसपी हस्तबहादुर सुनारका अनुसार आइतबार राति करिब ८ बजे ४५ वर्षीय बाबुधन सतारले पत्नी दुर्बीलाई घरायसी विवादका क्रममा कुटपिट गरेका थिए। कानमा गम्भीर चोट लागेर घाइते भएकी दुर्बीलाई तत्काल विराटनगरको कोशी अस्पताल ल्याइएको थियो। तर सोमबार साँझ उपचारमै घर फर्काउने क्रममा बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। पति–पत्नीबीचको झगडा रोक्न गएका ५० वर्षीय

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 515 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ऐतिहासिक स्थल शिवजट्टाको प्रचारमा सम्बन्धित पक्ष उदासीन

    धरान/ धरानको अत्यन्तै आकर्षक स्थल शिवजट्टा प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । ऐतिहासिक महत्व बोकेको यो स्थान रमणीय स्थल हुदा हुदै पनि ओझेलमा पर्नु सरकारी पक्षको आखा नपुगेको पर्यटन व्यवसायी बताउछन् । तर यस क्षेत्रको प्रवद्र्धनमा वडा समितिले पहल कदमी थालेको छ । शिवजट्टा धनकुटाको साँगुरीगढी गाउँपालकामा रहेको नमस्ते झरना भन्दा रमणीय हिसाबले कम छैन । पर्यटकीय स्थल शिवजट्टामा जोकोही जान नसक्नुको प्रमुख कारण सडक सञ्जाल हो । नजिकैको स्थान भएकोले धरान आसपासका सर्वसाधारण वनभोज खान, अत्याधिक गर्मीको समयमा पौडी खेल्ने प्रयोजनका लागि नमस्ते झरना रहने गरेको छ । यो क्षेत्रलाई धार्मिक पर्यटकीय क्ष

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 558 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–इटहरी ‘बजेट होलिडे’मा! राजनीतिक किचलोले उपमहानगर ठप्प

    धरान/ कोशी प्रदेशका दुईवटा मात्र उप-महानगरपालिका — धरान र इटहरी — अहिले ‘बजेट होलिडे’मा छन्। साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु भइसके पनि यी दुवै सहर अझै बजेटविहीन छन्, जसले दैनिक सेवा प्रवाहदेखि विकासका योजना र कर्मचारी भुक्तानीसम्ममा गम्भीर असर पारेको छ। धरानमा नगरप्रमुख हर्कराज राई साम्पाङ र उपप्रमुख इन्द्रविक्रम बेघाबीच लामो समयदेखि चलिरहेको विवाद नै बजेट प्रक्रिया अवरुद्ध हुनुको प्रमुख कारण बनेको जनस्तरको धारणा छ। श्रमदान कार्यक्रमदेखि प्रशासनिक निर्णयसम्ममा मतभेद हुँदा नगरसभामा बजेट पेस नै हुन सकेको छैन। स्थानीय सरकार सञ्चालन ऐनअनुसार असार १० गतेभित्र बजेट पे

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 717 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–लेउती सुरुङमार्ग अध्ययन हुने, तमोरको पानी धरान ल्याउने सम्भावना: मुख्यमन्त्री कार्की

    धरान/कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धरानको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि ‘धरान–लेउती सुरुङमार्ग’को अध्ययन सुरु गरिने घोषणा गरेका छन्। सुनसरी उद्योग वाणिज्य संघको नवनिर्वाचित पदाधिकारी पदस्थापन कार्यक्रममा सोमबार बोल्दै उनले उक्त सुरुङमार्गमार्फत तमोर नदीको पानी समेत धरान ल्याउन सकिने प्रारम्भिक बुझाइ रहेको बताए। “यसपटक बजेटमा सुरुङमार्गको अध्ययनका लागि रकम विनियोजन गरेका छौं। भौतिक पूर्वाधार मन्त्रालयसँग पनि समन्वय भइरहेको छ,” मुख्यमन्त्रीले भने। उनका अनुसार सुरुङमार्ग सफल भएमा धरानको खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान हुनेछ। त

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 518 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यस बर्षको बोलबम सकियो : ज्येष्ठ नागरिक, अशक्त, महिलाले सहज रुपमा जल चढाए

    धरान/यस वर्षको बोलबम मेलामा धरान–१४ विजयपुरस्थित पिण्डेश्वर बाबाधाम समितिले ज्येष्ठ नागरिक, अशक्त तथा महिलाहरुलाई प्राथमिकता दिँदै सहज ढंगबाट जल चढाउने र पूजाआजा गर्ने व्यवस्था गरेको छ। लक्षित वर्गका भक्तजनले यो वर्ष सहजता अनुभव गरेको बताएका छन्। विगतका वर्षमा भीडभाडका कारण ज्येष्ठ नागरिक र अशक्तहरुलाई सास्ती हुने गरेकोमा, यसपटक छुट्टै लाइन, आरामदायी पहुँच, लकर, खानेपानी, स्वास्थ्य सेवा र सुरक्षाको पुख्र्यौंदा व्यवस्था मिलाइएको समितिले जनाएको छ। झापाका पदम खड्का र मोरङका नवराज सुवेदीले अन्तिम सोमबारको बोलबममा सहज र व्यवस्थित वातावरण पाएकोमा समितिलाई धन्यवाद दिएका छन्। विराटनगरकी कौशिल

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 619 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved