विपी प्रतिष्ठानको उपकुलपति अब धरानका विक्रम श्रेष्ठ

  • साउन २८, २०८२
  • कोशीपत्र/संवाददाता
alt -फाइल तस्बिर

धरान/विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नयाँ उपकुलपतिमा धरानका हाडजोर्नी विशेषज्ञ प्रा.डा. विक्रम श्रेष्ठ नियुक्त भएका छन्।

प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले मंगलबार उनलाई नियुक्त गरेका हुन्। श्रेष्ठले नियुक्तिपत्र भने बुधबार बुझ्ने भएका छन्।

सर्च कमिटीले यसपटक परम्परागत तीनको सट्टा चार जनाको नाम सिफारिश गरेको थियो। अन्तर्वार्ता र प्रस्तुतीकरणपछि प्रा.डा. प्रह्लाद कार्की, प्रा.डा. रामेश कोइराला र प्रा.डा. रोहित यादवको नाम तय भए पनि, चर्को दबाब र लविङका कारण प्रा.डा. श्रेष्ठको नाम पनि अन्तिम सूचीमा समावेश भएको हो।

धरानमा लामो समयदेखि स्थानीय व्यक्तिलाई उपकुलपतिमा नियुक्त गर्नुपर्ने माग उठ्दै आएको थियो। विगतमा प्रतिष्ठानको शिक्षाध्यक्षका रूपमा एक कार्यकाल पूरा गरेका श्रेष्ठलाई नियुक्त गराउन प्रतिष्ठानकै कर्मचारी र चिकित्सकहरू सक्रिय भएका थिए।

 

 

होटलमा जुवाको खालमा ...

इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित शान ...

सप्तकोशीमा पानीबोट द ...

धरान/ धनकुटाको साँगुरीगढी गाउँपालिका–१० त्रिवेणीस ...

इनरुवामा दुई जना पक् ...

इनरुवा/ सुनसरीको इनरुवामा मलद्वारमा लुकाएर ल्याइएक ...

बाढिपिडितलाइ सहयोगार ...

धरान/ नेप्लिज आर्ट एण्ड इण्टरटेन्टमेन्ट कम्युनिटी हङकङक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved