धरान/ सामुदायिक विद्यालयका शिक्षकशिक्षिकाहरु काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुँदा स्थानीय तहका विद्यालय बन्द भएका छन् । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितीद्वारा घोषणा गरिएको काठमाण्डौं केन्द्रित आन्दोलनमा स्थानीय तहका शिक्षकहरु सहभागि हुन गए पछि विद्यालय बन्द भएका हुन् । शिक्षकहरु आन्दोलनमा उत्रिएसँगै सामुदायिक विद्यालयको पठनपाठन अस्तव्यस्त बनेको छ । आन्दोलनकै कारण सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित भएको छ । विद्यार्थीहरु विद्यालय पुगेर फर्किएका छन् । संसदमा गत भदौ २७ गते विद्यालय शिक्षा विधेयक २०८० दर्ता भएपछि त्यसको विरोधमा शिक्षकहरु आन्दोलित भएका हुन् सरोकारवालासँग छलफल नै
मोरङ / मुलुकका राजनीतिक स्थायित्व नभएका कारण आर्थिक क्षेत्रको विकास समेत प्रभावित भएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । उनले सवै क्षेत्रको सहयोगमा कृषि र पर्यटन क्षेत्रलाई अघि बढाउनु पर्ने बताए । मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा कृषि क्षेत्रका विभिन्न उपक्षेत्रहरुलाई लगानी बढाउँदै लैजानका लागि प्रदेश सरकार सवैसँग सहकार्य गर्न तयार रहेको जानकारी दिए । त्यसका प्रदेश लगानी प्राधिकरणले समेत आवश्यक अध्ययन गरिरहेको जानकारी दिंदै कृषि क्षेत्रको विकासका लागि उपयुक्त नीति र कार्यन्वयनको विधी निर्माण गर्न प्रदेश सरकार सकारात्मक रहेको प्रतिवद्धता जनाए । हिमाल
इलाम/ नेकपा (एमाले) उपाध्यक्ष, संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख दिवंगत सुवासचन्द्र नेम्बाङका कान्छा छोरा सुहाङ नेम्बाङले बुुबाको सपना पूरा गर्ने सकेमात्र उहाँ प्रती श्रदाञ्जली हुने बताए । इलाममा आयोजित श्रद्धाञ्जली सभामा सुहाङले समृद्ध नेपाल निर्माण नै बुबाको सपना भएको र बुबाको सपना पुरा गर्न आफू लाग्ने बताएका हुन । ‘संविधानबाट सञ्चालित विधिको शासनको परिकल्पना भएको र मानवअधिकार, सामाजिक सुनिश्चिता भएको समृद्ध नेपाल बुबाको सपना थियो,’ उनले भने, ‘यो सपना पूरा गर्नसके मात्र उहाँप्रतिको श्रद्धाञ्जली पूरा हुनेछ ।’ कानुन व्यवसायीसमेत रहेका उनले यसका लागि आफू स
धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले आकस्मिक कक्षबाहेकका सबै सेवा ठप्प पारेर धर्नामा बसेका छन् । केही समय अगाडि हेटौडाको सञ्चो अस्पतालमा उपचारका एक विरामीको उपचारकै क्रममा मृत्यु भएको थियो । चिकित्सकको लापारबाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तले सोही अस्पतालका चिकित्सक डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि गत भदौ २७ गते हातपात गरेका थिए । चिकित्सकहरु असुरक्षित भएको भन्दै सुरक्षित काम गर्ने वातावरण हुनुपर्ने भन्दै सेवा ठप्प पार्दै धर्ना दिएका हुन् । चिकित्सकमाथि भएको आक्रमणको घोर निन्दा गर्दै नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालयको सर्कुलर अ
धरान/ धरानको धार्मिक क्षेत्र धरान १४ विजयपुरमा रहेका सडकका खाल्डाखुल्डी पुर्ने काम भएको छ । नेपाली काँग्रेससँग आवद्ध तरुण दल धरान उपमहानगर समतिले १४ नं. वडा समितिको सहयोगमा खाल्डाखुल्डी पुर्ने काम गरेको हो । धरान उपमहानगरपालिका वडा नं. १४ विजयपुर धार्मिक पर्यटकीय क्षेत्र हो । यस क्षेत्रमा भएका सडकका खाल्डाखुल्डीका कारण विजयपुर आउने धार्मिक पर्यटकहरुलाई असहज भएको थियो । यसैलाई मध्यनजगर गरी नेपाल तरुण दल धरान उपमहानगर समितिको आयोजनमा तथा धरान उपमहानगरपालिका वडा नं. १४ नं. वडा समितिको सहयोगमा विजयपुर क्षेत्रभित्र रहेका सडकका खाल्डाखुल्डी पुर्ने काम गरेको हो । यो क्षेत्रमा रहेका पिण्डेश्व
धरान / धरानका उपमेयर आइन्द्र विक्रम बेघाका भाइ संलग्न घटनाका पिडित पक्ष न्याय नपाइने हो की भनेर चिन्तित बनेका छन् । उपमेयरका भाई विष्णु वेघा सहितको समूहको आक्रमणबाट सख्त घाइते सन्देश राईको परिवारले न्यायका लागी हार गुहार गरिरहेको छ । उपचारमा आर्थिक अभाव झेलिरहेकी आमालाई छोरो राम्रोसँग ठिकै नभई चिकित्सकले घर लानु भनेपछि उपचारसँगै न्याय पनि नपाईने हो की भनेर चिन्तित छिन् । धरान १५ स्थित भानुमार्गमा सन्देश राई मंगलबार गेम खेलेर वसिरहेका थिए । पानि परिहरेको थियो । सोहीबेला उपमेयरका भाई विष्णु वेघा सहितको समुह हातहतियार सहित हो–हल्ला गर्दै आए । विष्णु सहितको समुह हतियार सहित आएपछि उ
धरान । धरानका उपमेयर आइन्द्र विक्रम बेघाका भाइ संलग्न घटनाका पिडित पक्ष न्याय नपाइने हो की भनेर चिन्तित बनेका छन् । उप मेयरका भाई विष्णु वेघा सहितको समूहको आक्रमणबाट शख्त घाइते सन्देश राईको परिवारले न्यायका लागी हार गुहार गरिरहेको छ । उपचारमा आर्थिक अभाव झेलिरहेकी आमालाई छोरो राम्रोसँग ठिकै नभई चिकित्सकले घर लानु भनेपछि उपचारसगै न्याय पनि नपाई हो की भनेर चिन्तित छिन् । धरान १५ स्थित भानुमार्गमा सन्देश राई मंगलबार गेम खेलेर वसिरहेका थिए । पानि परिहरेको थियो । सोहीबेला उपमेयरका भाई विष्ुण वेघा सहितको समुह हातहतियार सहित हो–हल्ला गर्दै आए । विष्ुण सहितको समुह हतियार सहित आएपछि उनि भाग्न ख
इलाम/ संविधान सभाका अध्यक्ष, पूर्व सभामुख नेकपा एमाले उपाध्यक्ष तथा निर्वाचन क्षेत्र नं २ इलामका प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको मृत्युले सिङ्गो देशनै शोकमग्न भएको छ । नेपाली राजनीतिमा भद्र र मृदुभाषी नेताको छवि स्थापित नेम्वाङको मृत्युले देशनै शोकमग्न बनेको हो । मंगलबार बालुवाटारस्थित आफ्नो निजी निवासमा हृदयाघात भएपछि उपचारका लागि महाराजस्थित शिक्षण अस्पताल पुर्याइएकामा त्यही नेम्वाङको निधन भएको थियो । नेम्वाङलाई राति १ बजे हृदयाघात भएको र उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । नेम्वाङ घरभित्रकै शौचालयमा बेहोस अवस्थामा
धरान । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ सदाका लागि अस्ताएका छन् । संविधानसभाका अध्यक्ष समेत रहेका नेम्बाङको हृदयघातका कारण मंगलबार विहान मृत्यु भएको हो । उनलाई विहान साढे १ बजे नै हृदयघात भएको थियो । बालुवाटार निवासै हृदयघात भएपछि उनलाई उपचारको लागि अस्पताल लगिएको थियो । उनको उपचारका लागि लाने क्रममा मृत्यु भएको थियो । अस्पतालमा पुगेपछि चिकित्सकले मृत घोषित गरेका थिए । नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् । नेम्बाङले नेपालको राजनीतिमा ठूलो र महत्वपूर्ण भूमिका खेलेका थिए । इलाम जिल्लाको सुन्तलाबारीमा वि.सं. २००९ साल फागुन २८ गते जन्मिएका नेम्वाङले विद्यार्थी कालदेखि नै वामपन्
धरान/ किरातेश्वर माविको ५० औं स्वर्ण महोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।साे अवसरमा शिला अभिलेखपत्रको अनावरणका क्रममा धरानलाई शैक्षिक केन्द्र विन्दु बनाउने पहिलो प्राथमिकतामा रखेको शिक्षा तथा विज्ञान प्रविधि मन्त्री अशोक राईले बताएका छन् । उनले भने–‘मैले यही क्षेत्रबाट चुनाव जितेर मन्त्री बनेको हु, यस क्षेत्रको शैक्षिक गुणस्तरमा मैले पहिलादेखि नै सोच्दै आएको हु, म अहिले सोही क्षेत्र हेर्ने मन्त्री भएको छु, यस क्षेत्रको शैक्षिक गुणस्तरलाई सुधार गरेर शैक्षिक केन्द्रविन्दु बनाउने मेरो पहिलो प्राथमिकतामा राखेको छु ।’ उनले धरानलाई नेपालकै तथा अन्तर्राष्ट्रिय स्तरको शैक