सरकारी कर्मचारीले ओभर टाइमको भत्ता नपाउने " होटलमा कार्यक्रम गर्न रोक"

  • साउन ५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/  अर्थ मन्त्रालले चालु आर्थिक वर्ष २०८/८२ को लागि बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन सार्वजनिक गरेको छ ।

सम्बन्धित सरकारी निकाय र मातहत निकायलाई बजेटको कार्यान्वयनको लागि उक्त मार्गदर्शन अर्थ मन्त्रालले सार्वजनिक गरेको हो । सरकारी कर्मचारीले अतिरिक्त समय काम गरेको (ओभर टाइम)भत्ता लिन नपाउने व्यवस्था गरिएको हो ।

बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शनले प्रोत्साहन र अतिरिक्त सयम काम गरेको भत्ता नपाइने व्यवस्था गरेको छ ।

बजेट कार्यान्यन सम्बन्धी मार्गदर्शनमा ‘आर्थिक वर्ष २०८१/८२ मा प्रोत्साहन भत्ता, अतिरित्त, समय लगायतका भत्तामा खर्च लेख्नु हुने छैन’ भन्ने व्यवस्था गरिएको छ । अत्यावश्यक अवस्थामा बाहेक नयाँ सवारी साधन नकिन्ने गरी व्यवस्था मिलाउन पनि अर्थ मन्त्रालयले निर्देशन दिएको छ ।

सरकारी खर्चमा होटलमा कार्यक्रम समेत गर्न नपाइने भएको छ । सरकारी खर्चमा सभा, सम्मेलन, गोष्ठी, सेमिनानर, अन्तरक्रिया जस्ता कार्यक्रम सञ्चालन गर्दा सरकारी निकायकै सभाहल प्रयोग गर्ने व्यवस्था मिलाउनुपर्ने छ ।

सम्बन्धित संस्था वा सरकारी सभाहल उपलब्ध हुन नसक्ने अवस्थामा अधिकतम मितव्ययी हुने गरी खर्च गर्न पनि बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शनमार्फत अर्थ मन्त्रालयले निर्देशन दिएको छ ।

राष्ट्रिय गौरवका आयोजनाको काम दुई सिफ्टमा गर्ने व्यवस्था मिलाउनुपर्ने, १० करोड रुपैयाँभन्दा माथिका आयोजनाको निर्माण गुणस्तरको प्राविधिक परीक्षण गराउनु पर्नेसहितको पूवाधार निर्माणमा सहजता गर्न पनि मार्गदर्शनले निर्देशन दिएको छ।दोस्रो त्रैमासिक भुक्तानीका लागि न्यूनतम ३० प्रतिशतको भौतिक प्रगति अनिवार्य गरिएको छ ।

दोस्रो त्रैमासको भुक्तानीका लागि भने ५० प्रतिशतको भौतिक प्रगति भएको हुनपर्ने शर्त पनि तोकिएको छ ।

सडक, पुल, बाँध, सिँचाइ, नहरजस्ता लामो समयसम्म सञ्चालन हुने ५ करोड रुपैयाँभन्दा माथिका पूर्वाधारको ५ वर्षसम्म सम्बन्धित निर्माण व्यवसायीबाटै मर्मत गर्ने व्यवस्था मिलाउनुपर्ने छ ।

त्यस्तै सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्ने सम्बन्धी निर्देशिका, २०७१ अनुसार मालसामान तथा वस्तु खरिद गर्ने सम्बन्धी व्यवस्था मिलाउनु पर्ने मार्गदर्शनमा उल्लेख गरिएको छ ।

धरानको ब्रान्ड युएन ...

धरान/ धरानको युएन कलेज नवोदय कोशी धरानमा गुणस्तरीय ...

ताप्लेजुङमा पहिरोले ...

ताप्लेजुङ/  ताप्लेजुङको सिदिङ्वा गाउँपालिका&n ...

धरानको इतिहास बोकेको ...

धरान/ धरान उपमहानगरपालिका भित्र अवस्थित डिपोट स्कु ...

धरानकी इचिङ्ग्सा लिम ...

झापा/ राष्ट्रिय स्तरको नृत्य रियालिटी शो ‘मे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved