राजनीति

    Showing 411-420 of 1,945 items.
  • कोशी प्रदेशमा सञ्चार माध्ययम सुधारका लागि एमालेद्वारा समिति गठन

    विराटनगर/ कोशी प्रदेशमा सञ्चालित सञ्चार माध्ययमहरूको अध्ययन तथा आवश्यक सुधारका लागि नेकपा (एमाले) ले समिति गठन गरेको छ। उक्त समितिले प्रदेशका मिडिया हाउसहरूको दिगो विकास, सञ्चारकर्मीहरूको सुरक्षा र व्यावसायिकता प्रवर्द्धनका लागि आवश्यक सुझाव पेश गर्नेछ। बिहीबार विराटनगरमा सम्पन्न नेकपा (एमाले) कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागको दोस्रो बैठकले पाँच सदस्यीय समिति गठन गरेको हो। समितिमा प्रचार विभाग प्रमुख लक्ष्मण तिवारी, उपप्रमुख भीमज्वाला राई, सचिव यज्ञ शर्मा, तथा सदस्यहरू मोहनकाजी न्यौपाने र सुमन पुरी रहेका छन्। कोशी प्रदेशमा हाल ५२९ पत्रपत्रिकाहरू र २१६ अनलाइन डिजिटल पत्रिका रहेका

    • प्रकाशित मितिः फागुन ९, २०८१
    • 401 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिल गेट्सको अनुदानमा बनेको फोहर प्रशोधन केन्द्र प्रयोगविहीन

    झापा/ माइक्रोसफ्टका संस्थापक बिल गेट्सद्वारा स्थापित परोपकारी संस्था ‘गेट्स फाउन्डेसन’ को सात करोड ८१ लाख पाँच हजार पाँच सय ८५ अनुदानमा मेचीनगर–१४ मा निर्मित मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्र प्रयोगविहीन भएको छ । फाउन्डेसनले एसियाली विकास बैंकमार्फत झापाका तीन स्थानीय तह मेचीनगर, विर्तामोड र बुद्धशान्तिको मानव मलमूत्रीय लेदो प्रशोधन गरी प्राङ्गारिक मल बनाउन पाँच वर्षअघि उक्त अनुदान दिएको थियो । दाताबाट प्राप्त अनुदानमा लगानी साझेदारी स्वरुप ती स्थानीय तहले रु एक करोड ३७ लाख ८३ हजार तीन सय ३८ थप गरी कुल लागत रु नौ करोड १८ लाख ८८ हजार नौ सय २३ मा प्रशोधन केन्द्र निर्मा

    • प्रकाशित मितिः फागुन ८, २०८१
    • 831 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • माओवादीले अन्य पार्टीका ५ हजार कार्यकर्ता भित्र्याउने

    विराटनगर/ नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’का क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको छ । कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र कोशी प्रदेशले यस्तो दाबी गरेको हो । उक्त अभियान १२ गते झापाको कचनकबलबाट सुरु भई हुलाकी राजमार्ग हुँदै कञ्चनपुरमा समापन गर्ने तय गरिएको छ । जसअन्तर्गत कोशी प्रदेशका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा एक एक दिन अध्यक्ष प्रचण्डसहितका सम्पूर्ण पदाधिकारीको टोली अभियानमा खट

    • प्रकाशित मितिः फागुन ७, २०८१
    • 610 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रजातन्त्र दिवस आज देशभर मनाइँदै

    काठमाडौँ/  नेपालभर आज ७४औँ प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष यो दिवस विशेष रूपमा मनाउने गरिन्छ। यस अवसरमा काठमाडौंको टुंडिखेलमा विशेष समारोह आयोजना गरिएको छ, जसमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीपरिषद्का सदस्यहरू, सुरक्षा निकायका प्रमुखहरू तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहनेछ। कार्यक्रममा झण्डोत्तोलन, तोपको सलामी तथा प्रजातन्त्र प्राप्तिमा योगदान दिने व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ। देशका विभिन्न स्थानमा पनि र्याली, दीप प्रज्वलन, गोष्ठी, तथा अन्य कार्यक्रम आयोजना गरि

    • प्रकाशित मितिः फागुन ७, २०८१
    • 454 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीका एसपीलाई आयो यस्तो खुल्ला पत्र (हेनुहोस्)

    एसपी सुमन कुमार तिम्सिना ज्यु।हजुरको जिम्मेवार ओहोदाको स्थान आफ्नो ड्युटी हुनेछ ।जस्को सम्मान गर्नुपर्छ। तर एसपी साब ।।।।एउटा निजि कम्पनी चलाउने ब्यापारीको फाइदा दिलाउन,जस्को सुरक्षा गर्न, जनताहरुको बलिदान बाट स्थापित लोकतान्त्रिक गणतन्त्र राष्ट्र नेपालको संविधानको बर्खिलाप गर्दै कानुनी उपहास गरेर प्रहरी सुरक्षाकर्मीको दुरुपयोग गरि निशस्त्र सर्बसाधरण नागरिक माथि गोली हान्न आदेश दिने तपाईं शाषक र जनप्रतिनिधिहरुको हैसियत के हो त ? देशको राष्ट्रिय समुदाय सांस्कृतिक सभ्यता माथिको हिंसा दबाब मात्रै होईन नागरिक माथि खुलेआम गुन्डागर्दी गराउँदै दिन डाहाडै प्रहरी घेरा भित्र सर्बसाधरण श्रमजीवी नागरिक

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 1,429 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ताप्लेजुङबासी पाथीभरामा केबलकार पक्षमा, विशाल सद्भाव र्‍याली

    धरान/  धरानमा ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार बन्नु हुँदैन भनेर विवाद बढिरहेका बेला ताप्लेजुङबासी भने केबलकारको पक्षमा छन् । मंगलबार केबलकार बन्नु पर्छ भन्ने मागराखेर जिल्लावासीले सद्भाव र्‍याली निकालेका छन्। सदरमुकाम फुङलिङमा सयौँ नागरिक एउटै स्वरमा उत्रिए। उनीहरूले नारा लगाए ।ताप्लेजुङ के भन्छ रु केबलकार ल्याउ भन्छरु स्थानीय के भन्छन्रु केबलकार ल्याउ भन्छ भनेर सदभाव र्याली निकालेका छन् । बृहत् नागरिक सद्भाव र्‍याली निकालेर तीर्थयात्रीको सहज यात्रा, पर्यटन प्रवर्द्धन र जिल्लाको समृद्धिका लागि केबलकार अपरिहार्य रहेको उनीहरूको माग छ। ताप्लेजुङ विकास प्रेमी

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 6,135 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा कालोमोसो दल्ने बिरुद्ध पक्राउ पुर्जी जारी,आरोपित फरार

    धरान/ धरानमा आइतबार पदम चेन्जी माबोलाई कालोमोसो दल्नेहरु आठ जनाविरुद्ध आपराधिक उपद्रो व्यवहार ऐन अन्तर्गत मुद्दा दर्ता भई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारको समर्थनमा रहेको आरोपमा माबोलाई नो केवलकार समर्थकहरुले पत्रकार सम्मेलनमा कालोमोसो दलेका थिए भने सोमबार माबोले इलाका प्रहरी कार्यालय धरानमा कालोमोसो दल्ने आठ जनाविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गर्न जिल्ला अदालत सुनसरीबाट पुर्जीसमेत लिएको छ।  तर, प्रहरीले आरोपितको नाम सार्वजनिक गरेको छैन।तर उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जनम

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • 1,382 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रचण्डले दाउपेच सुरु गरेपछि हस्तक्षेप गरेका हौँ : एमाले नेता प्रदिप

    इटहरी/  २०८० साल पुस १० गते एमालेले प्रधानमन्त्री बनाएका प्रचण्डले ११ गतेदेखि नै दाउपेच गर्न सुरु गरेको नेकपा (एमाले) केन्द्रीय उपमहासचिव प्रदिप ज्ञवालीले बताएका छन् । १४ महिना पुरानै गठबन्धनले काम गरेपनि युवाहरुमा निराशा, सुन तस्करीमा वृद्धि र प्रतिगामीहरु खुले व्यवस्था विरुद्ध बोल्ने वातावरण निर्माण गरिएकाले एमालेले राजनीतिक हस्तक्षेप गर्नु परेको बताएका हुन् । आइतबार इटहरीमा नेकपा (एमाले) ले आयोजना गरेको जरा केन्द्रित तीन महिने अभियानको अभिमुखिकरण कार्यक्रममा जिल्लाभरीबाट आएका १ हजार २ सय नेता कार्यकर्ताहरुलाई प्रशिक्षण प्रदान गर्दै ज्ञवालीले भने,हामीले कुनै शर्तबिना ब्लाङ्क चेकम

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • 534 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाथीभरामा गुराँसका रूख काटिन थाल्यो

    इटहरी/ करिब तीन सय बर्ष अघिदेखि हुर्काइएका गुराँसका रुखहरु फुल्ने सिजनमै केबलकार निर्माण कम्पनीले धमाधम कटान थालेको छ । प्राकृतिक रुपमा महत्व बोकेका यस्ता ऐतिहासिक रुखहरु विकासका नाममा धमाधम कटान हुँदा पहिचानवादी बाहेक अन्य सरोकारवालाहरु मौन बसेका छन् । सरकारी प्रतिनिधि र नो केबलकार समूहद्वारा गठित समन्वय समितिको वार्ता भाँडिए लगत्तै केबलकार निर्माण कम्पनीले पाथीभरा क्षेत्रको बाँकी रूख कटान गरेको हो। रुख कटानसँगै सरकार बल प्रयोग गरेरै अब अगाडि बढ्ने बुझिएको छ । बुधबार बिहान १७ प्रतिशत कटान सकिएको र अब बटम स्टेसन आसपासका केही रूख मात्रै बाँकी रहेको कम्पनीले जनाएको छ। यसअघि गत जेठको पहि

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • 5,197 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा कालोमोसो दलेर कुटपीट गर्नेलाई पक्राउ गरिने

    धरान/ धरानमा नो केवलकार पक्षधरले केवलकारको विरोध गर्दै सामाजिक सन्जालमा बोल्नेलाई पत्रकार सम्मेलनमा नै आइतबार कालोमोसो दलेर कुटपीट गरेका छन् । ताप्लेजुङको पाथीभरामा केबलकार बन्नु पर्छ भनेर अभिव्यक्ति दिएको भन्दै पदम चेन्जि माबोलाई धरानमा कालो मोसो दली कुटपिट भएको हो । ताप्लेजुङ घर भएका उनलाई आइतबार मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले माबोलाई धरान–९ स्थित पुतली लाइनमा कुटपिट गरी कालोमोसो दलेका हुन्। माबोले केबुलकारको पक्षमा सार्वजनिक रूपमा समर्थन गरेको र केबुलकारको बिरो गर्नेहरूलाई गाली गलौज गरेको भन्दै कालोमोसो दलेर सचेत गराइएको नो केवलकारका पक्षधरका अ

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • 2,179 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved