धरानमा कालोमोसो दल्ने बिरुद्ध पक्राउ पुर्जी जारी,आरोपित फरार

  • फागुन ५, २०८१
  • कोशीपत्र/संवाददाता
alt -फाइल तस्बिर

धरान/ धरानमा आइतबार पदम चेन्जी माबोलाई कालोमोसो दल्नेहरु आठ जनाविरुद्ध आपराधिक उपद्रो व्यवहार ऐन अन्तर्गत मुद्दा दर्ता भई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारको समर्थनमा रहेको आरोपमा माबोलाई नो केवलकार समर्थकहरुले पत्रकार सम्मेलनमा कालोमोसो दलेका थिए भने सोमबार माबोले इलाका प्रहरी कार्यालय धरानमा कालोमोसो दल्ने आठ जनाविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गर्न जिल्ला अदालत सुनसरीबाट पुर्जीसमेत लिएको छ। 

तर, प्रहरीले आरोपितको नाम सार्वजनिक गरेको छैन।तर उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देन, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय नेता अमर इजम, समाजवादी पार्टी धरानका सचिव सुमन चेम्जोङ, पहिचानवादी मोर्चाका नेता जेन्टल लावती लगायत आठ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको बुझिएको छ।

प्रहरीले सोमबार राती नै पक्राउ गर्ने तयारी गरेपनि पक्राउ गर्न भने सकेको छैन ।जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमन कुमार तिम्सिनाका अनुसार कानुनविपरीत काम गर्ने जो कोहीलाई छुट नदिने बताए ।

तर यता आरोपितहरुसँभग भने सम्पर्क गर्न सकिएन । मोबाइल अफ रहेको छ । पक्राउ पुर्जी नै जारी गरेपछि फरार छन् ।

 

दनुवार समुदायकी भिम ...

धरान/ साङ्गीतिक प्रतिभालाई उजागर गर्ने उद्देश्यले ...

वीपी प्रतिष्ठान छाता ...

काठमाण्डौं/ पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री त ...

नवोदयमा विद्यालय स्त ...

धरान/ नवोदय विद्या मन्दिर, धरान–१६ मा शुक्रब ...

साँझ साढे ५ बजे सार् ...

काठमाडौँ/ माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved