धनकुटा/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) को महालक्ष्मी नगर कमिटी गठन गरिएको छ। महालक्ष्मी नगरपालिका–७, जीतपुरमा शनिबार आयोजित कार्यक्रममा टंकी गुरुङको अध्यक्षतामा नगर कमिटी सर्वसम्मत गठन भएको हो। कार्यक्रममा माओवादी केन्द्र जिल्ला समन्वय समिति अध्यक्ष क. कुसुम श्रेष्ठ प्रमुख अतिथि रहेका थिए। त्यस्तै अनेम संघ (क्रान्तिकारी) धनकुटा जिल्ला अध्यक्ष क. गिता गुरुङ खेवा र अनेम संघ (क्रान्तिकारी) प्रदेश सदस्य क. सानु कार्की बस्नेतको विशेष आतिथ्य रहेको थियो। कार्यक्रममा ४० भन्दा बढी अनेम संघ समर्थक महिलाको उपस्थिति रहेको आयोजकले जानकारी दिएको
धरान/ धरान उपमहानगरपालिकाको नयाँ आर्थिक वर्षको बजेट अल्पमतको वावजुद पनि पारितको घोषणा गरिएको छ । शुक्रबार वहुमत सदस्यहरुको असहमतिको वाबजुद पनि उपमहानगरपालिकाका मेयर हर्कराज राईले वजेट पारितको घोषणा गरेका हुन् ।माओवादी, काँग्रेस सहितको समर्थनमा वजेट घोषणा गरिएको छ । असहमतिको बावजुद वजेट पारितको घोषणा गरिएको भएपनि कार्यान्वयन हुन्छ की हुन्न भन्ने विषयमा अन्यौल बढेर गएको छ । तर नेकपा (एमाले)लेका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले बैठक नै वहिस्कार गरी असहमति जनाउँदै विरोध जनाएका छन् । धरान उमपहानगरपालिकाको कार्यपालिकामा नेकपा एमालेको वहुमत सदस्य रहे पनि अल्पमत सदस्यको उपस्थितिमा बजेट
धरान/ एमालेका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले मेयर उप मेयर भिजन कोष,घाटा वजेट र अत्यधिक करको विरोध गर्दै धरान उपमहानगरपालिकाको कार्यपालिकाको बैठक शुक्रबार बहिस्कार गरेको पाइएको छ । वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले घाटा बजेट र अत्यधिक कर वृद्धि कुनै हालतमा स्वीकार नहुने भन्दै शुक्रबारको बैठक साँझ वहिस्कार गरेका हुन् । उनीहरुले मेयर हर्कराज राईलाई पाँच वुँदे माग सहित ध्यानाकर्षण पत्र वुझाएर बैठक वहिरस्कार गरेका हुन् । उनीहरुले बैठक वहिस्कार गरेपछि उपमहानगरपालिका परिसरमा आकस्मिक पत्रकार सम्मेलन गर्दैै स्रोत अनुमान तथा बजेट सिलिङ समितिमा सदस्यसमेत रहेकी सावित्री परियारल बैठकमा शुरुदेख
धरान/धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक(आज)शुक्रबार पनि स्थगित भएको छ । उप-महानगरपालिकाको कार्यपालिका बैठक एमालेबाट निर्वाचित वडाअध्यक्ष र सदस्यहरूको बहिष्कारका कारण स्थगित भएको छ। चालु आर्थिक वर्षका लागि प्रस्तुत गरिएको २ अर्ब २० करोडको घाटा बजेट र कर वृद्धि प्रस्ताव प्रति असहमति जनाउँदै एमाले प्रतिनिधिहरूले ५ बुँदे आपत्ति पत्र बुझाएर बैठक छाडेका हुन्। धरान उपमहानगरपालिकामा एमालेका जनप्रतिनिधिकाे बलियो उपस्थिति छ।जस्मा १० जना वडाअध्यक्ष र ८ जना कार्यपालिका सदस्य। यति ठूलो संख्यामा अनुपस्थिति भएपछि मेयर हर्क साम्पाङ (राई) ले बैठक अघि बढाउन नसकेर स्थगित गरेका हुन्। १८ जना कार
विराटनगर/ नेपालको बैंकिङ प्रणालीलाई निशाना बनाउँदै सक्रिय ठगी गिरोहले योजनाबद्धरूपमा राजनीतिक, कानुनी र सामाजिक क्षेत्रमा परिचित व्यक्तिलाई समेत जालोमा पारिरहेको खुलेको छ ।पछिल्लो समय कोशी प्रदेशकी एक महिला पूर्वसांसद ठगीको सिकार बनेकी छन् । कोशी प्रदेशसभाकी पूर्वसदस्य उनलाई गत असार २७ गते दिउँसो करिब २ः५० बजेतिर आफूलाई वाणिज्य बैंकको म्यानेजर भएको बताउने व्यक्तिले ‘वाट्सएप’मा फोन गरे । बैंकको लोगो देखिने गरी आएको फोनमा ‘माननीयज्यू, तपाईंको केवाईसी तत्काल अपडेट गर्नुपर्छ’ भनियो । पेसाले कानुन व्यवसायीसमेत रहेकी ती पूर्वसांसदले सहजै विश्वास गरिन् र मोबाइलमा
धरान/ करिब अढाई महिना पछि वसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक वुधबार दुई घण्टा लामो सन्चालन भए पनि कुनै पनि एजेण्डामा प्रवेश नै नगरि स्थगित भएको छ । बैठक पुनः शुक्रबार वस्ने गरि स्थगित भएको हो । कार्यपालिका सदस्य दिनेश गजमेरका अनुसार दुई घण्टा लामो छलफल भएपनि कुनै निष्कर्ष निस्किन नसकेपछि बैठक आगामी शुक्रबारको लागि स्थगित भएको हो । चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम अनुमोदनको आशा गरिएको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक कुनै एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको छ । दुई घण्टाभन्दा बढी समय चलेको बैठक कार्यसूचीमाथि छलफल गर्नुभन्दा बजेट निर्माणको प्रक्रिय
काठमाडौँ/ प्रमुख सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई नेपाल प्रहरीको साइबर ब्युरोले नियन्त्रणमा लिएको छ। साइबर अपराध सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि एमाले केन्द्रीय सदस्य ऐन महर बुधबार प्रहरीमा उपस्थित भएका छन्। साइबर ब्युरोको अनुरोधमा काठमाडौँ जिल्ला अदालतले महरविरुद्ध पक्राउ अनुमति दिएको थियो। त्यसपछि उनी स्वयं प्रहरी समक्ष उपस्थित भएको साइबर ब्युरोका एसपी दिपक राज अवस्थीले जानकारी दिए। आजै उनलाई म्याद थपका लागि अदालतमा पेश गरिने तयारी भइरहेको छ। एक महिलाले महरविरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गरेकी हुन्। यसअघि पनि ती महिलाले महरविरुद्ध उजुरी दिएकी थिइन
बाघझोडा/ वराहक्षेत्र नगरपालिका–८ बाघझोडास्थित कोशी माध्यमिक विद्यालयका शिक्षक बालकृष्ण बोहोरा साहायक प्रधानाध्यापक पद नपाएपछि बारम्बार सामाजिक सञ्जालमार्फत विद्यालय प्रशासन र व्यवस्थापन समितिमाथि लक्षित टिप्पणी गर्दै आएका छन्। पेसागत आचारसंहिताविपरीत यस्तो गतिविधि रोक्न सहमति भएको भए पनि उनले सहमति लत्याउँदै निरन्तर विवादास्पद टिप्पणी गरेपछि नगर शिक्षा समितिले उनलाई तत्काल सरुवा गर्ने निर्णय गरेको छ। सहायक प्रअ पद नपाएपछि आक्रोश विद्यालयले साहायक प्रधानाध्यापक नियुक्ति नगरेपछि शिक्षक बोहोरा विद्यालय व्यवस्थापन समिति र प्रध्यानाध्यापक वालकृष्ण अधिकारीप्रति रुष्ट बनेका थिए। त्यसपछि
धरान/ सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आज (बुधबार) दिउँसो २ बजे कार्यपालिका बैठक बोलाएका छन्। बैठकमा २६ वटा एजेण्डा प्रस्तुत गरिनेछ। नीति तथा कार्यक्रम अनुमोदन, पालिका गान अनुमोदन, बजेट सिलिङ पास लगायतका विषयमा छलफल हुने जनाइएको छ। धरान उपमहानगरले यसअघि अहिलेसम्म नयाँ बजेट ल्याउन सकेको छैन। यसपटकको बैठकले आगामी बजेटलगायत महत्वपूर्ण निर्णय पारित गर्ने अपेक्षा गरिएको छ।
धरान/ नेपालका तीन प्रमुख यातायात मजदुर संगठनहरूले यातायात व्यवस्था विभागले असोज १ गतेदेखि सम्पूर्ण सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट अनिवार्य गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न माग गरेका छन्। नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र अखिल नेपाल यातायात मजदुर संघले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णयले संविधान र विद्यमान कानुनको उल्लङ्घन गरेको दाबी गरेका छन्। विज्ञप्तिमा संविधानले तोकेको सरकारी कामकाजको भाषा देवनागरी लिपी भए पनि विभागले जारी गरेको सूचनामा अङ्ग्रेजी प्रयोग गरिएको भन्दै आपत्ति जनाइएको छ। त्यस्तै, इम्बोस्ड नम्बरप्लेटमा राखिने आरएफआई