काठमाडौँ/नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली संविधान दिवसको अवसरमा पहिलोपटक सार्वजनिक रूपमा देखिन लागेका छन्। जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते भएको हिंसात्मक प्रदर्शन र आगजनीपछि करिब एक सातादेखि नेपाली सेनाको सुरक्षा घेराभित्र रहेका ओली हाल गुन्डुस्थित भाडाको घरमा बसिरहेका छन्। आन्दोलनकारीले बालकोटस्थित निजी निवासमा आगजनी गरेपछि उनी शिवपुरीस्थित सेनाको शिविरमा बसेका थिए। एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको पहलमा गुन्डुमा उनको बसोबासको व्यवस्था मिलाइएको हो। संविधान दिवसका अवसरमा शुक्रबार बिहान बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना हुने विशेष समार
धरान/ हालै धरानमा भएका तोडफोड र आगजनीका घटनाप्रति नगरप्रमुख हर्कराज राई मौन बसेको भन्दै वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले आलोचना गरेका छन्। उनीहरुले नगरप्रमुखलाई “गैरजिम्मेवार” आरोप लगाउँदै पीडित धराने जनताको पीडाप्रति वेवास्ता गरेको बताएका छन्। राजनीतिक दलका कार्यालयदेखि पूर्व मेयर र पूर्व उपमेयरको घरमा क्षति पुर्याइँदा पनि नगरप्रमुख चुप लाग्नु गम्भीर प्रश्न भएको उनीहरुको भनाइ छ। धरान–१३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले तत्काल अनुगमन र क्षतिको लगत संकलन गर्न माग गरे। उनले भने, “मन्त्री बन्ने सपना टुटेपछि नगरसभा गर्न त तत्पर, तर जनताको पीडाप्रति चास
धरान । जेनजी समुहको नाममा धरानमा तोडफोड र आगजनी गरेर अराजकता गतिविधी गर्नेलाई धरानका स्थानीयवासीले प्रहरीमा वुझाएको छ । मंगलबार इलाका प्रहरी कार्यालय धरानमा स्थानीवासीले नै प्रहरीमा वुझाएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुले बताए । अनुसन्धानका लागि दुई जना रहेको डिएसपी जवेगुले बताए । उक्त घट्नामा संलग्नता भएको भिडियो र तस्वीर सार्वजनिक भएपछि धरानका मिलन राई लगायत तीन जनाले आफुहरुको स)लग्नता रहेको स्वीकार गरि सकेका छन् ।जेनजीको नाममा अराजक गर्नेहरुको पहिचान गरि दोषीलाई कार्वाही गर्न सर्वत्र माग उठिरहेको छ ।प्रहरीले नाम भने खुलाएको छैन ।
कोशीपत्र संवाददाताधरान । जेन्जी आन्दोलनको नाममा भदौ २४ गते धरानमा भएका सार्वजनिक तथा निजी सम्पत्तिमाथि गरिएको तोडफोड र आगजनीविरुद्ध दैनिक जसो उजुरी गर्ने क्रम बढ्दै गएको छ । गत सोमबार नेकपा एमाले धरानले कार्यालय तोडफोड गर्नेहरुका विरुद्ध किटानी जाहेरी दिएको थियो भने मंगलबार पनि धरानका होटल व्यवसायी तथा पुर्व मेयर मनोज कुमार मेन्याङ्बोले पनि तोडफोडमा संलग्न देखिएका विरुद्ध किटानी जाहेरी दिएका छन् । धरानमा गठन भएको सर्वपक्षीय नागरिक बचाउ अभिायन, राजनैतिक दलका नेता, पुर्व एवं वर्तमान जनप्रतिनिधिहरुसहितको उपस्थितिमा मेन्याङ्बोले प्रहरीमा जाहेरी दिएका हुन् । होटलमा आक्रमण गर्न आएकाहरु मध्ये विभिन्
काठमाडौं/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टीको केन्द्रीय कार्यालयको अवलोकन गरेका छन्। जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडपछि क्षतिग्रस्त बनेको कार्यालयको अवस्थाबारे उनले प्रत्यक्ष जानकारी लिएका हुन्। आन्दोलन उग्र बनेपछि प्रचण्ड २४ गतेदेखि सेनाको कडा सुरक्षा घेरामा थिए। सुरक्षा कारण पार्टी गतिविधिबाट केही समय टाढा रहेका उनले नयाँ अन्तरिम सरकार गठनसँगै फेरि सक्रिय राजनीतिक भूमिकामा फर्किएका छन्। कार्यालय अवलोकनका क्रममा प्रचण्डले आन्दोलनका नाममा हिंसा र तोडफोड हुनु दुःखद रहेको उल्लेख गर्दै पार्टी संरचना पुनः सुदृढ बनाउन तत्काल पहल गर्ने
धरान/ प्रधानमन्त्री बन्ने चाहना बोकेर काठमाण्डौ गएका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईलाई जेनजीले मन्त्री पनि दिएनन् । राजधानी काठमाण्डौबाट मेयर राई रित्तो हात लिएर फर्किएका छन । स्थानीय स्तरमा बजेट संकट, कामको अलमल र जनप्रतिनिधिहरूबीचको विवादले आलोचना खेपिरहेका राईले राजधानी यात्रा गर्दै ठूलो अवसर खोजेका थिए ।तर सत्तारूढ जेनजी (जनता–नेता गठबन्धन) ले मन्त्री छनोट प्रक्रियामा राईलाई कुनै स्थान दिएन धरान फर्कन लागेका मेयर राईलाई स्थानीय तहमा ‘नगर प्रमुखको जिम्मेवारी पन्छाएर व्यक्तिगत राजनीतिक आकांक्षालाई प्राथमिकता दिएको’ भन्दै आलोचना बढ्ने देखिन्छ । उनले काठमाण्डौमा मन
काठमाण्डौं/ एमाले मुख्यालय च्यासलमा नेपालकै सबै भन्दा ठुलो झण्डा राखिएको छ । रातो पृष्ठभूमिमा सुनौलो रङ्गको हँसिया हथौडा अंकित अहिलेसम्मकै ठुलो झण्डा मजदुरहरुको संगठन जिफन्टले राखेको हो । सोमबार बिहान ११ बजे नेपाल ट्रेड युनियन महासंघ जिफन्ट र आवद्ध घटकहरुका करिव सयजना नेता कार्यकर्ताहरुले लम्बाई ४५ र चौडाई समेत ४५ रहेको राखेको जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले बताउनुभयो । भदौ २० देखि २२ सम्म ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनले पास गरेको झण्डा राखिएको श्रेष्ठले बताउनुभयो । जेन जी आन्दोलनका क्रममा भदौ २४ गते जेन जी आन्दोलनका क्रममा उदण्ड समुहले तोडपाmेड र आगजनी गरेक
काठमाडौं./अन्तरिम सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइसँगै भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका कुलमान घिसिङले आफूले कुनै सेवा सुविधा नलिने भएका छन् । सोमबार पदभार ग्रहणका क्रममा मन्त्री घिसिङले आफूले पाउने तलबभत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने र सुरक्षा र अन्य सुविधासमेत नलिने घोषणा गरेका हुन् ।
धरान/ नेकपा (एमाले) धरान उपमहानगर कमिटीले जेनजी आन्दोलनको आडमा आफ्नाे पार्टी कार्यालयमा आगजनी र तोडफोड भएको भन्दै गम्भीर आपत्ति जनाएको छ। भदौ २४ गते भएको घटनालाई पार्टीले योजनाबद्ध षड्यन्त्रको संज्ञा दिएको छ। पार्टीद्वारा जारी विज्ञप्तिमा प्राप्त फोटो तथा भिडियो प्रमाणका आधारमा जो कोहि भए पनि संलग्न रहेको छ उनीहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न तथा क्षतिपूर्ति दिलाउन सरकारलाई आग्रह गरिएको छ। त्यस्तै, धरानमा नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यालयहरू, भाटभटेनी सुपरमार्केट, एमाले नेतृ मञ्जु भण्डारी, प्रदेश सदस्य जयकुमार राई, पूर्व मेयर मनोज मेन्याङबो, सिर्जना ने
काठमाडौं/ जेनजी आन्दोलनमा ज्यान गुमाएकाप्रति सम्मानस्वरूप सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गरेलगत्तै उक्त निर्णय सार्वजनिक गरेका हुन्। उनका अनुसार शोकको प्रतीकस्वरूप सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। मन्त्री अर्यालले आन्दोलनका क्रममा ज्यान गुमाउने परिवारलाई काजकिरिया खर्चवापत प्रत्येकलाई एक–एक लाख रुपैयाँ उपलब्ध गराउने तथा मृतकको शव घरसम्म पुर्याउने जिम्मा सरकारले लिने जानकारी दिए। पदभार ग्रहण कार्यक्रममा गृहमन्त्री अर्याललाई गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र