धरान । प्रदेश नं. १ सरकारले सञ्चार क्षेत्रलाई सम्बोधन गर्नेगरी ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८’ प्रदेश सभामा दर्ता गरेको छ । यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयले दर्ता गरेको विधेयकमा रेडियो, टीभी, अनलाइन तथा पत्रपत्रिका सबैलाई एकीकृत ऐनमा समेट्ने प्रयास गरिएको छ । प्रदेश सभामा विधेयक दर्ता भएपछि सोमबार आयोजित पत्रकार सम्मेलनमा यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले सरकारको तर्फबाट पहिलो विधेयक नै सञ्चार क्षेत्रलाई सम्बोधन गर्नेगरी आएको जानकारी दिए । उनले ऐनमार्फत प्रदेशमा ‘प्रदेश मिडिया काउन्सिल’को व्यवस्था गरिएको बताए
धरान । नेपाल कम्ष्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग प्रतिष्पर्धा हुने बताएका छन् । निर्वाचनामा माओवादी गठबन्धनमा जाने संकेत दिदै उनले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको र निर्वाचनको प्रतिष्पर्धी पनि एमाले नै हुने बताएका छन । प्रेस सङ्ठगन नेपाल प्रदेश समितिद्वारा आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले एमाले मुख्य प्रतिपष्र्धी भएको संकेत गर्दै भने, ‘आगामी निर्वाचन परिवर्तनलाई संस्थागत गर्ने पक्ष र संसद् अवरुद्ध गर्ने पक्षबीच प्रतिस्पर्धा हुन्छ ।’ अध्यक्ष दाहालले आफ्नो विचार, एजेण
धरान । कमिशन खाएर देशलाई गरिब बनाईराख्नेहरु एमालेबाट आत्तिएर सरकार ढाल्न खोजे पनि संसद विघटन गर्न बाध्यता भएको पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले बताएका छन् । मोरङको रंगेलीमा बुधबार आयोजित सार्वजनिक सभालाई सम्बोधन गर्दै ओलीले पार्टी फुटाएर सरकार ढाल्न खोजेकाले संसद विघटन गर्न बाध्य भएको उनको दाबी छ । उनले भने, ‘संसद चल्न नदिने, संसदलाई अगाडि बढ्न नदिने, संसदलाई काम गर्न नदिने अवस्था भएपछि हामीले जनतामा जाने अठोट गरेका हौं, आफ्नै पार्टीका सांसदहरु बिकेर विपक्षमा मतदान गर्न थालेपछि, संसद विघटन गर्नु हाम्रो बाध्यता थियो ।’ उनले अदालतले आफू र आफ्नो पार्टी
धरान । नेपाल निजामती कर्मचारी संगठन धनकुटाको अध्यक्षमा रामकृष्ण सुवेदी निर्वाचित भएका छन् । धनकुटामा भएको संगठनको ११ औं साधारण सभाले सुवेदीको अध्यक्षतामा २० औं सदस्य कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा मैतिकुमारी राई, विकाराम राई, सचिवमा सुरेन्द्र खत्री, सह–सचिवमा विनोद बस्नेत र कोषाध्यक्षमा राजेश खतिवडा निर्वाचित भएका छन् । संगठनको प्रदेश प्रतिनिधि राजु भुजेल, इन्द्रबहादुर भुजेल र लक्ष्मीकुमारी सुवेदी निर्वाचित भएका छन् भने केन्द्रीय प्रतिनिधि तेजप्रसाद अधिकारी, शारदाप्रसाद धमला, चन्द्रकला धमला, इन्द्रबहादुर पोख्रेल र गोपाल कार्की निर्वाचित भएका छन् ।
धरान/ स्थानीय तह निर्वाचनको मिति नजिकिए सँगै नेकपा एमालेले कमिटि विस्तारलाई तिब्रता दिइएको छ । सोही अनुरुप मंगलबार १४ नं. वडा कमिटिले गैरी गाउँ, झोलुङ्गे पुल, बेलडाँडाको संयुक्त भेलाले हसन्त राईको अध्यक्षतामा ३५ सदस्यी टोल कमिटी गठन गरेको हो । भेलाले सचिव गुनश्वरी राई सदस्यहरु कविता थापा , श्यामा आले, पल्लु आले, सोदा राई, कल्पना प्रधान, शर्मिला प्रधान, उमङ्ग आले, शिखा आले, तेज ब. आले, फत्त ब. खड्का, कुन्ता आले, अमर बहादुर आले, ध्रुव आले, आश्मिन आले, उज्ज्वल आले, सेच्छा पुलामी, मालती राई, देवी ब. कटुवाल, सन्तोष कुमार लावती, एलिना तामाङ, हेमन्त राई, निला राई, किरण राई , आशा राई, कल्पना श्
धरान । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोशी राख्दा सबैको लागि उपयुक्त हुने सुझाव दिएका छन् । प्रेस चौतारी नेपाल प्रदेश नं १ को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले कोशी प्रदेश राख्दा कसैलाई असर नगर्ने बताए । उनले भने –‘मानव सभ्यताभन्दा अघिदेखि नै कोशी नदीको उत्पत्ति भएका कारण प्रदेश नं १ को नाम ‘कोसी प्रदेश’ राख्दा उपयुक्त हुन्छ जस्तो मलाई लाग्छ ।’ उनले ‘कोशीले पुरानो सभ्यता र परम्परा बोकेको बताए । उनले भने–‘कोशी नदीमा यहाँका धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्परा जोडिएको छ, जातजाति भन्दा अगाडि कोशीको उत्पति भएको हो, त
धरान । विभिन्न पार्टीहरु परित्याग गर्दै नेकपा एमाले प्रवेश गर्ने लहर अहिले धरानका २० वटै वडामा चलिरहेको छ । एमाले धरान उपमहानगर कमिटिले धरानका २० वटै वडामा टोल कमिटि गठन गर्ने अभियान तिब्र पारेसँगै एमाले प्रवेश गर्नेको लहर चलेको हो । एमाले अध्यक्ष हर्कजंग एभेङका अनुसार धरानका २० वटै वठामा अभियान चलिरहेको छ । फागुन मसान्त भित्र सबै वडामा टोल कमिटि गठन सम्पन्न हुने उहाँले जानकारी दिए । बुधबार नेकपा एमाले ४ नं. वडामा पनि १ सय ७ जना पार्टी प्रवेश गरेका छन् । धरान–४ स्थित सिखरबास, देवीथान, साराङ्गा टोलबाट १ सय ७ जना भन्दा बढी नेता तथा कार्यकर्ता नेपाली कांग्रेस र माओवादि पार्टी परित्याग ग
धरान । प्रदेश एक सरकारले नामाकरणका लागि सर्वदलिय सहजिकरण गरिरहेका बेला नेपाल शेर्पा संघले शेर्पालुङ–किरात–मधेश–लिम्बुवान नामकारण गर्न माग गरेको छ । संघको नेतृत्वमा बिहिबार विराटनगरमा मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापन पत्र बुझाउदै संघका केन्द्रिय अध्यक्ष तथा शेर्पालुङ संघर्ष समिति संयोजक गेल्जे लामा शेर्पा सहित पुगेको टोलीले प्रदेश १ को नामाकरण गर्दा आदिवासी भुमिपुत्र शेर्पा समुदायलाई समेत सम्बोधन हुनुपर्ने माग गरेका हुन् । उनीहरुले प्रदेशको नाम राख्दा शेर्पा पनि जोड्नुपर्ने विभिन्न ५ वटा कारण खुलाएका छन् । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राजेन्द्र राईले आफू पहिचानको पक्षम
धरान । प्रदेश सभाकै म्याद सकिनै लाग्दा समेत प्रदेश नंं. १ नामाकरण टुङ्ग्याउन नसकेको भन्दै सरकारको आलोचना बढिरहँदा प्रदेशको तेस्रो सरकारले सर्वदलिय सहजीकरण शुरु गरेको छ । नामाकरणको मुख्य जिम्मेवारी व्यवस्थापिकाको रहे पनि सर्वसम्मतका लागि सरकारले सहजीकरण गर्न शुरु गरिएको प्रदेशका मुख्यमन्त्री राजेन्द्र कुमार राईले बताए । मंगलबार सर्वदलीय बैठकको आयोजना गर्दै मुख्यमन्त्री राईले प्रदेशको नाम टुंगो लगाउने सवालमा सत्तापक्ष र प्रतिपक्ष भनेर विभाजित हुन आवश्यक नभएको धारणा व्यक्त गर्दै सरकारले सहजीकरणको शुरुवात गरिएको बताए । तीन वर्षभन्दा बढी रहेको शेरधन राई नेतृत्वको सरकार र छोटो समयमै ढलेको भ
विराटनगर/ प्रदेश नंं. १ को नामकरणका लागि प्रक्रिया सुरु गर्न प्रदेश सरकारले फागुन १० गते सर्वदलीय बैठकको आह्वान गरेको छ । नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न यसअघि प्रदेश नं. १ सरकारले बनाएको समितिका तर्फबाट सर्वदलीय बैठकको आह्वान गरिएको हो ।प्रदेश नं. १ को सरकारको गत माघ १६ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन सामाजिक विकास मन्त्री जयराम यादवलाई प्रदेश नं. १ को नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न जिम्मा लगाएको थियो । सोही समितिको जिम्मेवारीअनुसार, बिहीबार मुख्यमन्त्री राजेन्द्रकुमार राईको उपस्थितिमा बसेको बैठकले प्रदेशको नाम टुंगो लगाउने प्रक्रिया अघि बढाउन लागेको हो । बैठकमा नेपाली