एमाले प्रवेश गर्ने बढ्दै

  • फागुन २०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विभिन्न पार्टीहरु परित्याग गर्दै नेकपा एमाले प्रवेश गर्ने लहर अहिले धरानका २० वटै वडामा चलिरहेको छ ।

एमाले धरान उपमहानगर कमिटिले धरानका २० वटै वडामा टोल कमिटि गठन गर्ने अभियान तिब्र पारेसँगै एमाले प्रवेश गर्नेको लहर चलेको हो । एमाले अध्यक्ष हर्कजंग एभेङका अनुसार धरानका २० वटै वठामा अभियान चलिरहेको छ । फागुन मसान्त भित्र सबै वडामा टोल कमिटि गठन सम्पन्न हुने उहाँले जानकारी दिए ।

बुधबार नेकपा एमाले ४ नं. वडामा पनि १ सय ७ जना पार्टी प्रवेश गरेका छन् । धरान–४ स्थित सिखरबास, देवीथान, साराङ्गा टोलबाट १ सय ७ जना भन्दा बढी नेता तथा कार्यकर्ता नेपाली कांग्रेस र माओवादि पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका छन् । नजिकिँदै गरेको स्थानीय तहको चुनावले गर्दा हाल धरानमा पार्टी प्रवेश कार्यक्रम तथा टोल कमिटी तिब्र गतीले गठन भईरहेको छ । दैनिक एमालेमा टोल गठन र पार्टी प्रवेश कार्यक्रम हुँदै आइरहेको छ । बुधबार मात्रै १० नं. वडाको पुष्पलाल टोल, ८ नं. वडाको सभागृह मार्ग माथिल्लो टोल कमिटि गठन भएको थियो ।

नेपाली कांग्रेसका प्रदेश कमिटीमा सचिवको उम्मेद्धारी समेत रहेका राजेन्द्र राईको नेतृत्वमा पुर्व माओवादिका नेता तथा कार्यकर्ता लगायत नेपाली कांग्रेसका विभिन्न कमिटीमा क्रियासिल रहेका र जिल्ला कमिटीको अधिवेशनमा उम्मेद्धवार समेत रहेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेको जानकारी एमाले अध्यक्ष एभेङले दिए ।

कांग्रेसले जनभावना अनुरूप काम नगरेको तथा गाउँलाई सधैं विभेद गरेका कारण आफुहरू एमालेमा प्रवेश गरेको नवप्रवेशीले राईले बताए । राईका अनुसार अब गाउँ नै एमालेमय बनेको छ । उनीहरुलाई नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जु भण्डारीले टिका लगाइदिएर पार्टी प्रवेश गराएका हुन् ।
विहिबार धरान–४ शिखरबास टोलमा आशिष राईको अध्यक्षतामा टोल कमिटी गठन भएको छ । कमिटिको उपाध्यक्षमा धु्रव राई, सचिवमा सुजता राई, उप–सचिवमा मन्जु राई लगाएत २१ जनाको टोल कमिटी गठन भएको छ । कार्यक्रमको अध्यक्षता एमाले ४ नं. वडा कमिटी अधक्ष्यक्ष दोर्ण कट्वालले गर्नुभएको थियो भने वडा कमिटी सचिव भगत राईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved