‘कमिशन खानेहरु एमालेबाट आत्तिए’

  • फागुन २६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कमिशन खाएर देशलाई गरिब बनाईराख्नेहरु एमालेबाट आत्तिएर सरकार ढाल्न खोजे पनि संसद विघटन गर्न बाध्यता भएको पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले बताएका छन् ।

मोरङको रंगेलीमा बुधबार आयोजित सार्वजनिक सभालाई सम्बोधन गर्दै ओलीले पार्टी फुटाएर सरकार ढाल्न खोजेकाले संसद विघटन गर्न बाध्य भएको उनको दाबी छ । उनले भने, ‘संसद चल्न नदिने, संसदलाई अगाडि बढ्न नदिने, संसदलाई काम गर्न नदिने अवस्था भएपछि हामीले जनतामा जाने अठोट गरेका हौं, आफ्नै पार्टीका सांसदहरु बिकेर विपक्षमा मतदान गर्न थालेपछि, संसद विघटन गर्नु हाम्रो बाध्यता थियो ।’

उनले अदालतले आफू र आफ्नो पार्टी तथा देशप्रति अन्याय गरेको बताए । उनले भने, ‘नेपाली जनताले न्याय दिनुपर्ने भएको छ । अदालतबाट अन्याय पाएका छौं । देशले पनि न्याय पाउनु पर्यो ।’

कार्यक्रममा माओवादी केन्द्रबाट निर्वाचित रंगेलीका प्रमुख दिलिपकुमार बगडिया र उपप्रमुख केशवकुमारी खराललगायतलाई पार्टी प्रवेश गराएपछि ओलीले कांग्रेसको आलोचना गरेका थिए । ओलीले कांग्रेस बचाउनकै लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाउन लागेको आरोप लगाएका छन् । उनले भने, ‘अब कांग्रेसमा लागेर केही काम छैन, कांग्रेस विस्तारै विस्तारै बुढो हुँदैछ, बुढो रुख बचाउन निर्वाचन आयोगले चुनाव चिन्ह सबै हरियो बनायो, चुनाव चिन्ह हरियो हुँदा कांग्रेस बौरँदैन ।’ उनले थपे, ‘कांग्रेससँग देश बनाउने, नीति पनि छैन, विचार पनि छैन, कांग्रेस एमालेको विरुद्धमा जान सक्दैन, अब कांग्रेसको दाँत मात्रै झरेको होइन रुखै सुकिसकेको छ ।’

उनले आफू प्रधानमन्त्री हुँदा दशकौंसम्म बन्न नसकेको काम भएको दाबी गर्दै भने, ‘दशकौं सम्म बन्न नसकेको नेपाल नेकपा एमालेको सरकार हुँदा तीन वर्षमा असाधारण काम अगाडि बढेको छ ।’ ओलीले केही समय मैथिली भाषामा पनि भाषण गरेका थिए । नवप्रवेशीहरुलाई हौसला दिँदै ओलीले भर्खरै पार्टीमा आएको भनेर कुनै पनि भेदभाव नगर्ने र यथोचित जिम्मेवारी दिने बताए ।

एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार रंगेली नगरपालिकाका प्रमुख, उपप्रमुखसहित रंगेली नगरपालिका वडा नम्बर ७ का रामचन्द्र मण्डल र वडा नम्बर १ का महेशकुमार खनाल पनि एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रममा उनीहरुसहित मोरङका ७ वटा पालिकाबाट ४ हजार ७ सय १० जना पार्टी प्रवेश गरेको एमालेले जनाएको छ । एमालेमा प्रवेश गरेका वडाध्यक्ष मण्डल र खनाल पनि माओवादी केन्द्रबाटै निर्वाचित भएका थिए ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved