समाचार

    Showing 9,771-9,780 of 10,057 items.
  • नेपालमा कोरोनाबाट थप १ को मृत्यु , मृतक संख्या ११ पुग्यो

    नेपालमा कोरोना संक्रमण बाट थप १ जनाको ज्यान गएको छ । २२ गते बिहिबार मृत्यु भएका सुर्खेतका २० वर्षीय युवामा कोरोना पोजेटिभ आएको आएको प्रदेश सरकारले पुष्टि गरेको छ । यो सगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।  उनि पञ्चपुरी नगरपालिका-१ हाँसेका उनी क्वारेन्टाइन बसेर घर फर्किएका थिए । यसअघि  पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो । उनी भारतबाट ५ दिन अघि नेपाल आएका थिए । 

    • प्रकाशित मितिः जेठ २३, २०७७
    • 1,574 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना जितेर प्रदेश १ मा बिहिबार ३० जना डिस्चार्ज, जम्मा संख्या ७८ पुग्यो

    विराटनगर । प्रदेश १ बाट हिजो ३० जना डिस्चार्ज भएका छन् । योसंगै प्रदेशमा कोरोना संक्रमित ठिक भई घर फर्कनेको संख्या ७८ जना पुगेको छ । कोशी अस्पताल कोभिड १९ मा उपचाररत २७ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान कोभिड १९ मा उपचाररत ३ जनासमेत गरी विहीबार उनीहरु डिस्चार्ज भएका हुन । सामाजिक विकास मन्त्री जीवन घिमिरेले भने,“अस्पतालमा चिकित्सकको निगरानीमा रहि उपचारमा रहनु भई बिसेक भएर डिस्चार्ज हुनेको संख्या ७८ पुगेको छ ।” हालसम्म प्रदेश १ का दुई अस्पतालमा उपचारपछि फर्किएका कसैमा कोरोनाको लक्षण देखिएको थिएन तर उनीहरुमा कोरोना संक्रमण भने थियो । विराटनगरबाट बिहिबार डिस्चार्ज

    • प्रकाशित मितिः जेठ २३, २०७७
    • 789 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भुल्केमा कोरोना सकियो : मन्त्री घिमिरे

    विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशमा पहिलो पटक उदयपुरको भुल्केमा देखिएको कोरोना संक्रमणको अन्त्य भएको बताएका छन् । गत वैशाख ५ गते उदयपुरको भुल्केमा पहिलो पटक १२ जनामा एकै पटक संक्रमण देखिएको थियो । त्यसपछि फेला परेका सबै ३३ जना नै डिस्चार्ज भएसँगै भुल्के संक्रमणको अन्त्य भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले दाबी गरेका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत २७ जनालाई डिस्चार्ज आज डिस्चार्ज गर्दै मन्त्री घिमिरेले भने,“जिल्ला अस्पताल धनकुटामा देखिएको संक्रमणको पनि अन्त्य भएको छ । अस्पतालका ४ जना डिस्चार्ज हुनु भएको छ ।” धनकुटा जिल्ला

    • प्रकाशित मितिः जेठ २३, २०७७
    • 843 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • झापाका नाकामा सेना परिचालन गरिने

    झापा । झापाका दुई नाकामा नेपाली सेना परिचालन गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले कचनकवल गाउँ पालिका र मेचीनगर नगरपालिकामा सेना परिचालन गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारीदिनुभयो । केचनाकेवलको सुकुनाडिगीमा र मेचीनगरको काँकडभिट्टा नेपाली सेनाको अस्थायी पोस्ट खडा गर्ने निर्णय भएको छ ।

    • प्रकाशित मितिः जेठ २३, २०७७
    • 930 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुकुम्वासीलाई ध्यान देऊ

    सर्दू कोरिडोरले तोकेको मापदण्डअनुसार निर्माण गरिँदा सर्दू किनारमा बसेका करीब एक हजार सुकुम्बासी परिवार विस्थापित हुने समाचार प्रकाशमा आएको छ । धरानको विकासका लागि यो महत्वपूर्ण आयोजना हो तर विकासका क्रममा मानवको संरक्षणलाई विशेष ध्यान दिनु आवश्यक छ । सर्दू किनारमा रहेका बस्तीहरूलाई उचित व्यवस्थापन नगरी कोरिडोरको निर्माण कार्य अघि बढाउँदा सुकुम्वासी परिवार विस्थापित हुने विषय आएको छ । यो गम्भीर विषय हो । कुनै पनि विकास मानव समुदायको हितविरुद्ध लक्षित हुनु हुँदैन । मानव समुदायकै सुविधाका लागि विकास आयोजनाहरू सञ्चालित हुने भएकाले त्यस्ता विकास आयोजना सञ्चालन गर्दा मानव समुदायको अधिकतम हितलाई ध्य

    • प्रकाशित मितिः जेठ २२, २०७७
    • 1,154 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रुकुम पश्चिम नरसंहार घटनाको अध्ययन गर्न पुगेका पत्रकारको टोलिलाई रोकेको घटना प्रति छानबिन गर्न माग (विज्ञप्ती सहित)

    धरान । रुकुम पश्चिम चौरजहारीमा भएको नरसंहारको स्थलगत अध्ययनका लागि लागि पुगेका दलित समुदायका पत्रकारलाई प्रवेशमा बन्देज गरेको भन्दै राष्ट्रिय दलित पत्रकार संघ नेपालले छानबिनका लागि माग गरेको छ । संघका केन्द्रिय अध्यक्ष विनोद पहाडीले प्रेस विज्ञप्ती जारी गर्दै पत्रकारलाई रोकिएको घटनाको छानबिनको माग गरेका हुन् । संघका केन्द्रिय उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराईलीको नेतृत्वमा ९ सदस्यीय मिशन टोलि जाजरकोट र रुकुम गएको थियो । मिसन टोलिमा रहेका संघका केन्द्रिय सदस्य टेकेन्द्र विश्वकर्मा, कर्णाली प्रदेश कमिटीका अध्यक्ष खगेन्द्र सुनारलाई गत जेठ २२ गते बिहान सल्यानको सिमा

    • प्रकाशित मितिः जेठ २२, २०७७
    • 1,598 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बराहक्षेत्रको क्वारेन्टाइनमा बसेका ३ जनामा कोरोना संक्रमण

    धरान । बराहक्षेत्र स्थित महेन्द्र मावि क्वारेन्टाइनमा बसेका ३ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । गत जेठ ११ गते भारतबाट आएका तिन जनामा संक्रमण पोजिटिभ देखिएको हो । यो संगै सुनसरीमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । गत मंगलबार विराटनगर स्थित कोशी अस्पतालमा उनीहरुको स्वाब परिक्षणका लागि पठाएको थियो । कोरोना संक्रमण देखिएका बराहक्षेत्र वडा नम्बर ८ का २ जना र वडा नम्बर ७ का १ जना रहेका छन् । महेन्द्र माविको क्वारेन्टाइनमा ६४ जना भारतबाट आएर बसेका छन् । त्यसै गरि प्रकाशपुरको प्रकाश माविमा ६० जना क्वारेन्टाइन्मा बसेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईका अनुसार करिब

    • प्रकाशित मितिः जेठ २२, २०७७
    • 5,715 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपालमा थप ३३४ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या २६३४

    काठमाडौं नेपालमा थप ३सय ३४जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३सय ३४जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । यो सगै नेपालमा संक्रमितहरुको संख्या २हजार ६सय ३४ पुगेको छ । आज थपिएका नयाँ संक्रमितहरु मध्ये ३१९ जना पुरुष र १५ जना महिला भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाकाले जनाएका छन । उनका अनुसार हालसम्म देशका ६५ जिल्लामा संक्रमण देखिएको छ । नेपालमा हालसम्म संक्रमण देखिएका २९० जना उपचारपछि निको भएका छन् । प्रवक्ता डा देवकोटाका अनुसार सबै भन्दा बढी संक्रमितहरु प्रदेश नम्बर २का सब

    • प्रकाशित मितिः जेठ २२, २०७७
    • 1,011 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सप्तरीमा फेरी १३ जना कोरोना सङ्क्रमित थपिए

    सप्तरीमा मात्रै सङ्क्रमितको सङ्ख्या ६९ पुग्यो धरान सप्तरी जिल्लामा फेरी थप बिहीबार १३ जना कोरोना सङ्क्रमित थपिएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बिहीबार १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिएका छन् । उनका अनुसार नयाँ थपिएका सङ्क्रमितहरू हनुमान नगर नगरपालिकाका ६ जना, छिन्नामस्त नगरपालिकाका ५ जना, राजविराज नगरपालिका र शम्भुनाथ नगरपालिकाका १,१ जना गरी जम्मा १३ जना सङ्क्रमित पुष्टि भएका छन् । सङ्क्रमित सबै जना पुरुष रहेको जनाइएको छ । उनीहरू सबै जना भारतबाट आएका हुन् ।

    • प्रकाशित मितिः जेठ २२, २०७७
    • 805 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ताप्लेजुङ, मोरङका १- १ जना र सुनसरीमा २ जनामा कोरोना पुष्टि

    सुनसरीको भोक्राहा स्थित होल्डीङ एरियामा बसेका दुई जनामा कोरोना पुष्टि भएको छ । सुनसरीको भोक्राहा स्थित होल्डीङ एरियामा रहेका दुई जना पुरुषमा कोरोना पुष्टि भएको बताइएको छ । दुवै सङ्क्रमित भारतबाट आएको बुझिएको छ भने उनीहरू दुवै सुनसरी जिल्लाका भने होइनन् । एक जना ताप्लेजुङका र अर्को एक जना मोरङको रहेको स्रोतले बताएको छ । उनीहरूको स्वाबको परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको हो ।

    • प्रकाशित मितिः जेठ २२, २०७७
    • 1,017 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved