भुल्केमा कोरोना सकियो : मन्त्री घिमिरे

  • जेठ २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt फाईल तस्वीर

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशमा पहिलो पटक उदयपुरको भुल्केमा देखिएको कोरोना संक्रमणको अन्त्य भएको बताएका छन् ।

गत वैशाख ५ गते उदयपुरको भुल्केमा पहिलो पटक १२ जनामा एकै पटक संक्रमण देखिएको थियो । त्यसपछि फेला परेका सबै ३३ जना नै डिस्चार्ज भएसँगै भुल्के संक्रमणको अन्त्य भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले दाबी गरेका छन् ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत २७ जनालाई डिस्चार्ज आज डिस्चार्ज गर्दै मन्त्री घिमिरेले भने,“जिल्ला अस्पताल धनकुटामा देखिएको संक्रमणको पनि अन्त्य भएको छ । अस्पतालका ४ जना डिस्चार्ज हुनु भएको छ ।”

धनकुटा जिल्ला अस्पताल भित्रको संक्रमणको अध्ययन भईरहेको जानकारी दिंदै मन्त्री घिमिरेले भन्नुभयो,”अस्पतालभित्र कसरी संक्रमण फैलियो भन्ने अध्ययन गरिरहेका छौं ।” उदयपुर र धनकुटा बाहेकका ट्राभल डिस्ट्री विदेशबाट भएको मन्त्री घिमिरेको भनाइ छ ।

यसैबीच, मोरङ सुन्दरहरैचाको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा आजदेखि कोरोना अस्पताल सञ्चालनमा आएको छ । मन्त्री जीवन घिमिरेले २ सय बेडको अस्पताल संचालनमा आएको बताए ।

अब संक्रमण देखिएकाहरुलाई गोठगाउँमा उपचार गर्न पठाइने छ । मेची अस्पतालमा कोरोना उपचार केन्द्र सञ्चालनको तयारीभइरहेको छ ।

 

एमाले धरानले आफ्नै व ...

धरान/ नेकपा एमाले धरान उपमहानगर कमिटीले आफ्नै पार् ...

धरानमा यौन दुव्र्यवह ...

धरान/ पछिल्लो समय धरानमा भएका तीन छुट्टाछुट्टै गम् ...

धरान-१५ बाट ब्राउन स ...

धरान/धरान उपमहानगरपालिका–१५ स्थित विशाल चोकमा लाग ...

धरान १३ बाट लागू औषध ...

धरान/सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १३ स्थित निशा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved