कोरोना जितेर प्रदेश १ मा बिहिबार ३० जना डिस्चार्ज, जम्मा संख्या ७८ पुग्यो

  • जेठ २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt कोरोना ठिक भई विहीबार विराटनगरको कोशी अस्पतालबाट डिस्चार्ज हुँदै गरेकालाई विदाई गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरे ।

विराटनगर । प्रदेश १ बाट हिजो ३० जना डिस्चार्ज भएका छन् । योसंगै प्रदेशमा कोरोना संक्रमित ठिक भई घर फर्कनेको संख्या ७८ जना पुगेको छ ।

कोशी अस्पताल कोभिड १९ मा उपचाररत २७ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान कोभिड १९ मा उपचाररत ३ जनासमेत गरी विहीबार उनीहरु डिस्चार्ज भएका हुन । सामाजिक विकास मन्त्री जीवन घिमिरेले भने,“अस्पतालमा चिकित्सकको निगरानीमा रहि उपचारमा रहनु भई बिसेक भएर डिस्चार्ज हुनेको संख्या ७८ पुगेको छ ।” हालसम्म प्रदेश १ का दुई अस्पतालमा उपचारपछि फर्किएका कसैमा कोरोनाको लक्षण देखिएको थिएन तर उनीहरुमा कोरोना संक्रमण भने थियो ।
विराटनगरबाट बिहिबार डिस्चार्ज हुनेमा २३ जना पुरुष र ४ जना महिला रहेका छन् । गत बैशाख ५ गतेदेखि जेठ ९ गतेसम्म भर्ना भएकाहरु छन् । गत बैशाख ५ गते अस्पताल भर्ना भएका विराटनगर १७ का ५७ वर्षीय कासिम मियाँलाई उदयपुरको भुल्केमा संक्रमण भएको थियो ।

यसैगरी जेठ ९ गते भर्ना भएर डिस्चार्ज हुनेमा मोरङ रतुवामाईका ३६ वर्षीय जफार मिया छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका संयोजक ज्ञानबहादुर बस्नेतका अनुसार डिस्चार्ज हुनेहरुमा सप्तरीका रामदुल्ला मियाँ, रवनकुमार साह, उदयपुरका मो. सविर अली, कविरा खातुन, उदयपुरका राकेश नेपाली, विराटनगरका आनन्दकुमार मेहत्तर, रिंकु सहनी, धनकुटाकी शिला लिम्बू, गणेश बुढाथोकी, बादल गनगाई, मोरङ रतुवामाईका मम्ताज आलम, झापा कचनकवलका मुसाफिक आलम, तयव आलम, नुर आलम, सहवाज मियाँ, सनवाज मियाँ, फिरदोज आलम, इम्तियाज आलम, सुनसरीका गोबिन्द चौधरी, विमल रेग्मी, अरविन्द श्रेष्ठ, निहाङ राई, मोरंग पथरीशनिश्चरेका रमेश कार्की, खोटाङका दिपेन्द्र राई, संखुवासभाका निशा थापामगर रहेका छन् । बस्नेतले भने,“अस्पतलामा रहँदा उहाँहरुलाई सकेसम्म राम्रो सेवा दिने प्रयास गरियो ।”

डिस्चार्ज भएका सबैलाई सामाजिक विकास मन्त्री जीवन घिमिरे, कोशी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा.संगीता मिश्रालगायतले बिदाई गरेका थिए । सबैलाई सम्बन्धित जिल्ला पठाइएको छ । विराटनगरमा प्रदेश सरकारले संक्रमितको उपचारको लागि कोशी कोभिड १९ उपचार केन्द्र संचालनमा ल्याएको छ । यसको बेड क्षमता एक सय छ । अस्पतालकी मेसु मिश्राका अनुसार हालसम्म भर्ना भएकाहरुमा कोभिड १९ को लक्षण देखिएको छैन । भन्छिन्,“संक्रमित मध्ये थोरैलाई मात्र कडा खालको लक्षण देखिन सक्छ ।”

प्रदेश सरकारले लक्षण नेदेखिएका बिरामीहरुको लागि भने आईसोलेसनमा चिकित्सकीय निगरानीमा राख्ने प्रबन्ध गर्ने भएको छ । मन्त्री घिमिरेले यसअघि नै कडा लक्षण देखिने बिरामीलाई मात्र अस्पतालमा भर्ना गर्ने जनाएका थिए । सरकारले धरानमा कडा लक्षण देखिने बिरामीको उपचार गर्ने अस्पताल संचालनमा ल्याईसकेको छ । लक्षणविहीनलाई भने प्रतिष्ठानकै आईसोलेसनमा राख्न थालिएको छ ।

सरकारले कोरोना बिरामीलाई राख्ने आईसोलेसन बेडको संख्या थप्न काम थालिसकेको छ । झापाको मेची अस्पतालमा दुई सय बेडको राख्ने सरकारको तयारी छ । चतरास्थित सिद्धबाबाको आश्रम, गोठगाउँको पूर्वाञ्चल विश्वविद्यालय र नेपाली सेनाको इटहरी ब्यारेकमा पनि आईसोलेनस बेडको तयारी भईरहेको बताइएको छ ।

यातायात मजदुर संगठन ...

पानबारी/ नेपाल यातायात मजदुर संगठनले मंगलबार ४७औँ ...

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved