समाचार

    Showing 9,751-9,760 of 10,060 items.
  • ग्याँस सिलिण्डर चोरी गर्ने एक युवा पक्राउ

    धरान / ग्याँस सिलिडण्र चोरी गर्ने एक युवालाई ईलका प्रहरी कार्यलय धारनले पक्राउ गरेको छ । धरान ९ का पवन तामाङलाई ग्याँस सिलिण्डर चोरी गरेको आरोपमा ईलका प्रहरी कार्यलय धरानले पक्राउ गरेको हो । उनले धरान १७ का श्री प्रसाद राईको किरना पसलबाट गत जेठ २४ गते ग्याँस सिलिण्डर चोरेको आरोप लागेको थियो । यस अघि पनि उनि २०७४ माघ २३ गते लागुऔषध सहित पक्राउ परेका उलाई जिल्ला अदालत सुनसरी धरौटिमा रिहा गरेको थियो ।

    • प्रकाशित मितिः जेठ २५, २०७७
    • 1,410 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप २१३ कोरोना भाइरसका संक्रमित थपिए , संक्रमित संख्या ३ हजार ४ सय ४८ पुग्यो

    धरान/ नेपालमा थप २१३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमित संख्या ३ हजार ४ सय ४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियिमित प्रसे व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा .बिकास देबकोटाले आज  थप २१३ जना संक्रमित थपिएको जानकारी दिएको हुन् । देबकोटाका अनुसार आज थपिएका नयाँ संक्रमितहरु मध्ये २ सय ९ पुरुष र ४ महिला हुन् । नेपालमा कोरोना भाइरसका संक्रमितहरु मध्ये ४ सय ६७ जना निको भएर घर फर्किएका छन् भने १३ जनाको मृत्यु भएको छ । हालसम्म देशका ७० जिल्लामा संक्रमित भेटिइकेका छन् ।  

    • प्रकाशित मितिः जेठ २५, २०७७
    • 1,303 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उदयपुरमा भेटिएका ३ जना संक्रमितलाई बिराटनगर पठाईयो

    उदयपुर / उदयपुरमा आज भेटिएका ३ जना संक्रमितहरुलाई बिराटनगर स्थित कोभिड १९ उपचार केन्द्रमा पुर्याइएको छ ।  जेठ १५ गते भारतको सिलोङबाट आएर रामपुर स्थित क्वारेन्टाईनमा बस्दै आएका १ जना महिला र एक जना पुरुषमा संक्रमण पुष्टि भएको हो । त्यस्तै काठमाण्डौबाट आएका एक जना पुरुषमा संक्रमण देखिएको छ । उनि चौदण्डीगढी नगरपालीकामा रहेको क्वारैन्टाईनमा बस्दै आएका थिए । जनस्वास्थ्य कार्यलयका अनुसार ३८५ जनामा गरीएको परीक्षणमा २९ जनाको नेगेटिभ आएको थियो भने ३ जनाको रिर्पोट पोजेटिभ आएको छ बाँकी ३५३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

    • प्रकाशित मितिः जेठ २५, २०७७
    • 714 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक सोमबार बस्दै

      विवादास्पत मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सोमबार सचिवालय समितिको बैठक बोलाएको छ । सचिवालय बठैक प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजेका लागि बोलाइएको हो ।  प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली एमसीसी पक्षमा छन् भने अर्का अध्यक्ष प्रचण्डसहितका नेताहरुले एमसीसीबारे अध्ययन गर्न पार्टीले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा बनाएको कार्यदलको प्रतिवेदनबारे स्थायी कमिटीमा छलफल गर्नुपर्ने बताउँदै आएका छन् ।  उक्त कार्यदलले एमसीसी सम्झौता परिर्माजन नगरी संसदबाट पास गर्न नहुने सुझाव दिएको छ ।

    • प्रकाशित मितिः जेठ २५, २०७७
    • 978 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उदयपुरमा थप ३ जना कोरोना संक्रमित

    उदयपुर/  कोरोना संक्रमण को हटस्पटको रुपमा चिनिएको उदयपुरमा फेरी ३ जना संक्रमित थपिएका छन् । जनस्वास्थ्य कार्यालय उदयपुरका अनुसार भारतबाट आएर बेलका नगरपालिकामा क्वारेन्टाइनमा बसेका १ जना पुरुष र १ जना महिला गरि २ र चौदण्डीगढि नगरपालिकाका १ जना स्थानीयमा गरि ३ जनामा संक्रमण पुष्टि भएको हो । भारतबाट आएर गाईघाटको मोतिगडा क्वारेन्टाइनमा रहेका ५४ जना रिपोर्ट आउन बाँकी रहेको छ । यो सगै उदयपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको छ ।

    • प्रकाशित मितिः जेठ २५, २०७७
    • 977 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाल  फोटो पत्रकार महासंघ द्वारा विपन्न परिवारलाई खाद्यन्न सहयोग

    नेपाल पत्रकार महासंघ सुनसरीले लकडाउनका कारण समस्यामा परेका एक विपन्न परिवारलाई शनिवार राहत प्रदान गरेको छ । धरान ६ न. वाड पानबारी स्थित चन्द्रकला राईको परिवारलाई महासंघले राहत प्रदान गरेको हो । उनकै निवासमा गएर महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राई, सचिव शिसिर राई र नेपाल पत्रकार महासंघका प्रदेश १ पार्षद राणध्वज लोहारले राहत प्रदान गरेका हुन । राहत सामग्री स्वरुप २० केजि चामल, २ केजि चना, १ केजि मटर , १ केजि दाल, १ लिटर तेल, एक केजि नुन , विस्कुट र चकलेट प्रदान गरिएको थियो । कोरोना भाइरसको कारण लागु गरिएको लकडाउनको कारण दैनिक गुजारा गर्न समस्यामा परेकि राईकी श्रीमान दुई वर्ष अघि वितेका हु

    • प्रकाशित मितिः जेठ २५, २०७७
    • 1,249 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आगलागी पिडितलाई होप धरानको सहयोग

    धरान । गत विहिबार धरान १५ स्वीमिङ पुल छेउ भएको आगलागीबाट पिडित परिवारलाई होप धरानले खाद्यान्न सहित लत्ता कपडा र नगद सहयोग गरेको छ । स्थानीय नर बहादुर श्रेष्ठको घरमा आगलागी हुँदा दुई जनाको मृत्यु हुनुका साथै घरभाडामा बस्दै आएका परिवारलाई राहत स्वरुप खाद्यान्न तथा नगद सहयोग गरेको हो । उनीहरुलाई होप धरानले ७ हजार मुल्य बराबरको खाद्यान्न सहित लत्ताकपडा र ३ हजार रुपैया नगद प्रदान गरेको छ । शनिबार होप धरानको आयोजना र राकेश खड्गीको संयोजनमा कोभिड १९ धरान एक्सन तथा अवेयरनेश गु्रपको विशेष सहयोगमा घरभाडामा बस्ने लिम्बुपरिवारलाई खाद्यान्न तथा नगद प्रदान गरेको होप धरानका संयोजक निश्चल पलिखेले बताए । सहय

    • प्रकाशित मितिः जेठ २५, २०७७
    • 1,049 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दलित समुदायको परिवर्तनका लागि सचेतनामा सञ्चारक्षेत्रको महत्वपुर्ण भुमिका रहनु पर्नेमा जोड

    धरान । दलित समुदायको अधिकार प्राप्तीका लागि कानुन बने पनि सचेतनामुलक कार्य गर्न नसक्दा कार्यान्यवन हुन नसकेको प्रदेश नम्बर १ की प्रदेश सभा सदस्य उमिता बराइलीले बताएकी छिन् । राज्यले बनाएका कानुन कार्यान्यवनमा फितलो हुँदा अहिले पनि समुदाय माथिको विभेद कायमै रहेको बताउँदै उनले सचेतनाका लागि सञ्चारक्षेत्रको भुमिका महत्वपुर्ण रहने बताईन् । पिस मिडिया ग्रुप धरानको आयोजनामा राष्ट्रिय दलित पत्रकार संघ सुनसरीको संयोजनमा भएको दलित मुद्धामा खोज पत्रकारिता तालिमको उदघाटनमा बोल्दै संसद बराइलीले छुवाछुत देखि बाहेकका दलित सवालहरुमा खोजपत्रकारिता गर्नुपर्नेमा जोड दिईन् । उनले दलित समुदाय माथि हुने गरेको वि

    • प्रकाशित मितिः जेठ २५, २०७७
    • 1,974 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा लकडाउनको मोडालिटी परिवर्तन

    धरान । लकडाउनको मोडालिटी परिवर्तन गर्नुपर्ने माग बढ्दै गए पछि धरानले समय तालिका बनाएर बजार खोल्ने निर्णय गरेको छ । केही दिन अघि सुनसरी उद्योग वाणिज्य संघमा बसेको धरान उपमहानगरपालिका सहित व्यवसायीहरुको छलफलमा लकडाउनको विषयमा अध्ययन गर्न समिती गठन गरेको थियो । पुर्व मेयर मनोज कुमार मेन्याङबोको संयोजकत्वमा बनेको समितीले साँझ ६ बजे सम्म बजार खोल्न प्रस्ताव पेश गरे पनि धरानको सुरक्षा समितीको बैठकले दिउँसो २ बजे सम्म मात्र बजार खुल्ने निर्णय गरेको छ । शनिबार बिहान धरान उपमहानगरपालिकामा प्रमुख जिल्ला अधिकारी, वीपी प्रतिष्ठानका चिकित्सकहरु सहित प्रदेश तथा संघीय संसदहरु बिच भएको छलफलमा नगरपालिकालाई उ

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • 1,474 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दलित समुदायको मुद्धामा केन्द्रित खोजपत्रकारिता तालिम सम्पन्न

    धरान । दलित समुदायका मुद्धाहरुले अझै पनि संञ्चारक्षेत्रमा स्थान पाउन नसकेको भन्दै धरानमा दलित समुदायका पत्रकारहरुलाई १ दिने दलित मुद्धामा खोजपत्रकारिता तालिम प्रदान गरिएको छ । घटना विषेश समाचारहरुले मात्रै स्थान पाउँदै आएकाले दलित समुदायका आर्थिक, सामाजिक, राजनितिक, शैक्षिक मुद्धाहरुमा पनि कलम चलाउन सुनसरीका दलित समुदायका पत्रकार सहित गैह्रदलित पत्रकारहरुलाई मुद्धा केन्द्रित तालिम प्रदान गरिएको हो । पिस मिडिया ग्रुप धरानको आयोजनामा राष्ट्रिय दलित पत्रकार संघ सुनसरीको संयोजनमा प्रदेश नम्बर १ की प्रदेश सभा सदस्य उमिता बराइलीको निर्वाचन क्षेत्र विकाश कोषबाट विनियोजित बजेटबाट तालिमको आयोजना गरिएक

    • प्रकाशित मितिः जेठ २४, २०७७
    • 1,078 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved