नेपाल  फोटो पत्रकार महासंघ द्वारा विपन्न परिवारलाई खाद्यन्न सहयोग

  • जेठ २५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

नेपाल पत्रकार महासंघ सुनसरीले लकडाउनका कारण समस्यामा परेका एक विपन्न परिवारलाई शनिवार राहत प्रदान गरेको छ । धरान ६ न. वाड पानबारी स्थित चन्द्रकला राईको परिवारलाई महासंघले राहत प्रदान गरेको हो । उनकै निवासमा गएर महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राई, सचिव शिसिर राई र नेपाल पत्रकार महासंघका प्रदेश १ पार्षद राणध्वज लोहारले राहत प्रदान गरेका हुन ।

राहत सामग्री स्वरुप २० केजि चामल, २ केजि चना, १ केजि मटर , १ केजि दाल, १ लिटर तेल, एक केजि नुन , विस्कुट र चकलेट प्रदान गरिएको थियो । कोरोना भाइरसको कारण लागु गरिएको लकडाउनको कारण दैनिक गुजारा गर्न समस्यामा परेकि राईकी श्रीमान दुई वर्ष अघि वितेका हुन । हाल उनको परिवारमा दुई छोरा, एक बुहारी र एक नाती रहेका छन ।

जेठो छोरा असत्त विरामी भएपनि आर्थिक अवस्था कमजोर भएकाले उपचारको लागी अस्पताल पुर्याउन सकेका छैनन । कान्छो छोरा दैनिक विधुत सम्बन्धि ज्यालादारीमा काम गर्ने भएपनि लकडाउनको कारण काममा जान नसकेको उनि बताउँछिन ।
चन्द्रकला राई आफै पनि अशत्त छिन । दुई वर्ष अघि मात्र नशा सम्बन्धि समस्या भएर देब्रे खुट्टाको घुँडा मुनि काटिएको छ ।

उनि नियमित औषधी सेवन गर्छिन । नेपाल पत्रकार महासंघका प्रदेश पार्शद रणध्वज लोहारको पहलमा उक्त खाधन्न प्रदान गरिएको हो ।

 

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved