नेपाल पत्रकार महासंघ सुनसरीले लकडाउनका कारण समस्यामा परेका एक विपन्न परिवारलाई शनिवार राहत प्रदान गरेको छ । धरान ६ न. वाड पानबारी स्थित चन्द्रकला राईको परिवारलाई महासंघले राहत प्रदान गरेको हो । उनकै निवासमा गएर महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राई, सचिव शिसिर राई र नेपाल पत्रकार महासंघका प्रदेश १ पार्षद राणध्वज लोहारले राहत प्रदान गरेका हुन ।
राहत सामग्री स्वरुप २० केजि चामल, २ केजि चना, १ केजि मटर , १ केजि दाल, १ लिटर तेल, एक केजि नुन , विस्कुट र चकलेट प्रदान गरिएको थियो । कोरोना भाइरसको कारण लागु गरिएको लकडाउनको कारण दैनिक गुजारा गर्न समस्यामा परेकि राईकी श्रीमान दुई वर्ष अघि वितेका हुन । हाल उनको परिवारमा दुई छोरा, एक बुहारी र एक नाती रहेका छन ।
जेठो छोरा असत्त विरामी भएपनि आर्थिक अवस्था कमजोर भएकाले उपचारको लागी अस्पताल पुर्याउन सकेका छैनन । कान्छो छोरा दैनिक विधुत सम्बन्धि ज्यालादारीमा काम गर्ने भएपनि लकडाउनको कारण काममा जान नसकेको उनि बताउँछिन ।
चन्द्रकला राई आफै पनि अशत्त छिन । दुई वर्ष अघि मात्र नशा सम्बन्धि समस्या भएर देब्रे खुट्टाको घुँडा मुनि काटिएको छ ।
उनि नियमित औषधी सेवन गर्छिन । नेपाल पत्रकार महासंघका प्रदेश पार्शद रणध्वज लोहारको पहलमा उक्त खाधन्न प्रदान गरिएको हो ।