उदयपुर/ कोरोना संक्रमण को हटस्पटको रुपमा चिनिएको उदयपुरमा फेरी ३ जना संक्रमित थपिएका छन् ।
जनस्वास्थ्य कार्यालय उदयपुरका अनुसार भारतबाट आएर बेलका नगरपालिकामा क्वारेन्टाइनमा बसेका १ जना पुरुष र १ जना महिला गरि २ र चौदण्डीगढि नगरपालिकाका १ जना स्थानीयमा गरि ३ जनामा संक्रमण पुष्टि भएको हो ।
भारतबाट आएर गाईघाटको मोतिगडा क्वारेन्टाइनमा रहेका ५४ जना रिपोर्ट आउन बाँकी रहेको छ ।
यो सगै उदयपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको छ ।