धरान । नेपाल कम्युनिष्ट पार्टी नेकपा धरान उपमहानगर समितीले थप सदस्य मनोनयन गर्नुका साथै जिम्मेवारी बाँडफाड गरेको छ । मंगलबार धरान नगर अध्यक्ष नारायण सुवेदीको अध्यक्षतामा बसेको बैठकले सदस्य मनोनयन गर्नुका साथै जिम्मेवारी समेत बाँडफाड गरेको हो । नगर समितीको मनोनित सदस्यहरुमा जसरथ सुब्बा, जिवन भट्टराई, दश प्रतिशत मध्येबाट जिवन राई, विकाश चाम्लिङ, सारदा मगर, शिव धमला, राजकुमार राई, भुवन बस्नेत, अब्बास अन्सारी मिया रहेका छन् । समितीको सचिवालयमा जसरथ सुब्बा, दिना प्रसाद उपाध्याय, जीवन भट्टराईलाई मनोनयन गरेको छ । त्यसै गरि २० वटै वडाहरुमा इन्चार्ज र सहइन्चार्ज समेत तोकेको छ । कार्यविभाजनमा वडा नम्ब
काठमाडौं/ नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको गरिएको परीक्षणमा थप ३८० जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या ६ हजार ५ सय ९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज थप ३८० जनामा संक्रमण देखिएको हो । आज थप ११७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सगै कुल डिस्चार्ज हुनेको संख्या १हजार १सय ५८ पुगेको छ । संक्रमण पुष्टि भएकाहरु मध्ये १९ जनाको मृत्यु भएको छ। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ।
इटहरी । केहि दिन अघि भारतबाट इटहरी घर आएका एक पुरूषमा कोरोणा संक्रमण पुस्टी भएको छ । इटहरीस्थित जनता कलेजको क्वारेन्टाइनमा बसेका ५० बर्षिय पुरुषमा कोरोना पोजेटिभ भेटिएको इटहरी उपमहानगरकी उपमेयर लक्षमी गौतमले जानकारी दिनुभयो । क्वारेन्टाइनमा रहदा ज्वोरो र रूघाले सताएपछि उनलाइ उपचारको लागि बिराटनगरस्थित कोशी अञ्चल अस्पताल लगिएको थीयो । अस्पतालले कोरोना संक्रमणको आशंका सहित चेक जाच गर्दा पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि उक्त पुरूषलाइ कोरोना संक्रमणको पुस्टी भएको इटहरी उपमहानगरकि उपमेयर लक्षमी गौतमले बताउनुभयो । हाल उक्त पुरूषलाइ अस्पतालको आइसोलेसनमा राखेर नियमित उपचार भइरहेको उपमेयर गौतमले बता
इनरुवा । गत आइतबार भएको आगलागीबाट पिडित बनेका सुनसरी स्थित इनरुवाका व्यापारीलाई क्षतिपुर्ती उपलब्ध गराउनु पर्ने माग गर्दै उद्योग वाणिज्य संघ इनरुवाले नगरपालिकाको ध्यानाकर्षण गराएको छ । सुनसरीले संघका पदाधिकारीहरु सहितको टोलिले इनरुवा नगरपालिकाका मेयर राजन मेहतालाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । सघंका अध्यक्ष विरेन्द्र कुमार साहले पिडित परिवारलाई क्षतिपुर्ती उपलब्ध गराउन आग्रह गर्दै नगरपालिकाले नयाँ बारुणयन्त्र खरिद गर्न र पुरानोको मर्मत सम्हार गर्न पनि माग राख्दै ध्यानाकर्षण बुझाएका हुन् । इनरुवा नगरपालिकाको दमकल विग्रिएर थन्केको लामो समय भएपनि अहिले सम्म मर्मत हुन नसक्दा ठुलो क्षतिको सामना
सोमबार राति भारतको लद्दाखस्थित भारतिय र चिनियाँ सेनाबीच झडप भएको छ । झडपमा भारतिय सैनिकका एक कमाण्डर सहित तीन जनाको मृत्यु भएको छ। गल्वान भ्यालीमा भारतीय र चिनिया बीच बढेको तनावलाई नियन्त्रणमा लिने क्रममा झडप भएको हो । सोमबार राति भएको झडपमा भारतीय सेनाका एक कमाण्डिङ अफिसर र दुई सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । १९६७ मा सिक्किममा भारत र चीनका सैनिक आमनेसामने भएका बेला ८० भारतीय सैनिक मारिएका थिए भने चिनियाँ सैनिकमा पनि हताहती भएको थियो ।
सुनसरी । वर्षौ देखि बिग्रिएर थन्किएको सुनसरीको इनरुवा नगरपालिकाको दमकल नगरपालिकाले नै बनाउन नसकेको भन्दै स्थानीयले भिक्षादान गरेका छन् । इनरुवामा पटक पटक आगलागी हुँदा पनि दमकल मर्मत सम्भार गर्न नसकेको भन्दै मंगलबार स्थानीयले सडकमै भिक्षा मागेका थिए । भिक्षा वापत उठेको रकम नगरपालिकालाई दमकल मर्मतका लागि दिने भएका छन् । दुई दिन अघि इनरुवाको बिच बजारमै रहेको हनुमान बस्त्रालयबाट शुरु भएको आगलागीले करिब ५ करोड मुल्य बराबरको क्षति गरेको थियो । समयमै आगो नियन्त्रण हुन नसक्दा ४ वटा पसल जलेका थिए । इनरुवामै रहेको दमकल बिग्रीएको र छिमेकी नगरबाट दमकल ल्याएर आगो नियन्त्रण गर्न करिब ५ घण्टा भन्दा बढी सम
झापा । सिमा सुरक्षामा खटिएका शसस्त्र प्रहरी माथिको आक्रमण बढ्दै गएको छ । सिमा सुरक्षामा शसस्त्रले कडाइ गर्न थाले पछि भारतीय तस्करीको निशानामा शसस्त्र प्रहरी पर्न थालेका छन् । सोमबार राती झापा गाउँपालिका–१ लसुनामा भारतीय तस्करले सिमामा खटिएका शसस्त्र माथि आक्रमण गरेका छन् । भारतबाट आएको ४० जनाको समूहले सोमबार राति आक्रमण गरेको हो । यस अघि पनि अवैध सामान ल्याउन रोके पनि शसस्त्र प्रहरीले आक्रमण गरेका थिए । स्थानीयका अनुसार भारतीय तस्करले एक सशस्त्र प्रहरीलाई घिसार्दै भारतीय भुमितर्फ एक सय मिटरभित्र पुर्याइसकेका थिए । सशस्त्र प्रहरीले गुहार मागेपछि स्थानियले उद्दार गरेका थिए । सशस्त्र प
सुनसरी । क्यान्सर रोग पिडित सोलुखुम्बुका गाउँपालिका अध्यक्षको निधन भएको छ । पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको हो । आन्द्राको क्यान्सरबाट पीडित ३९ वर्षीय शेर्पाले काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराइरहेका थिए । निदान अस्पतालमा उपचारपछि स्वास्थ्य अवस्था सुधारोन्मुख नभएपछि चिकित्सकले उनलाई गाउँ फर्कन सल्लाह दिए । चिकित्सकको सल्लाह अनुसार गाउँ फर्कने तयारी गरिरहेकै बेला उनको निधन भएको हो ।
रंगेली/ मोरङको सुनवर्षी नगरपालिकामा थप २१ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै सुनवर्षीमा मात्रै संक्रमितहरुको संख्या २८ पुगेको छ । प्रादेशिक प्रयोगशाला बिराटनगरमा गरिएको १८८ जनाको परीक्षणमा आज थप २१ ज्ना संक्रमण पुष्टि भएको सुनवर्षी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख किशोर मण्डलले जानकारी दिएका छन् । उनिहरु सबै भारतको विभिन्न सहरबाट आएर नगरपालिकाले निमार्ण गरेको वडा नम्बर ८ स्थित क्वारेनटाईनमा बस्दै आएका थिए । संक्रमितहरुलाई उपचारका लागि काहा“ लाने भन्नेबारे निश्चित भइनसकेको स्वास्थ्य शाखा प्रमुख मण्डलले जानकारी दिएका छन् । उनले धरान स्थित विपी कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठान , क
धरान । राष्ट्रिय जनमुक्ति पार्टीले एमसिसि लगायत बढ्दै गरेको कोभिड १९ को चुनौतीलाई समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रिय जनमुक्ति पार्टीले नेपालको राष्ट्रिय हित र सार्वभौमसत्तालाई चुनौति दिने किसिमको शर्त एवं प्रावधान सहित आएको एमसिसि सार्वभौम संसदले अनुमोदन गर्न नहुने भन्दै सबै दलहरुलाई खबरदारी र ध्यानाकर्षण गराएको छ । केन्द्रिय अध्यक्ष केपी पालुङवाले विज्ञप्ती जारी गर्दै जेठ ३१ गते संघीय संसदले नेपालको लिम्पियाधुरा लिपुलेक कालापानी सहितको भुमि समेटेर नयाँ नक्सा सम्बन्धी प्रस्तावलाई पारित गरेकोमा स्वागत गरेका छन् । त्यसै विज्ञप्तीमा मुलुकमा ब