काठमाडौं/ नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको गरिएको परीक्षणमा थप ३८० जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या ६ हजार ५ सय ९१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज थप ३८० जनामा संक्रमण देखिएको हो ।
आज थप ११७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सगै कुल डिस्चार्ज हुनेको संख्या १हजार १सय ५८ पुगेको छ ।
संक्रमण पुष्टि भएकाहरु मध्ये १९ जनाको मृत्यु भएको छ।
प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ।