आगलागी पिडितलाई क्षतिपुर्ती दिन इनरुवा उद्योग संघको आग्रह

  • असार २, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इनरुवा । गत आइतबार भएको आगलागीबाट पिडित बनेका सुनसरी स्थित इनरुवाका व्यापारीलाई क्षतिपुर्ती उपलब्ध गराउनु पर्ने माग गर्दै उद्योग वाणिज्य संघ इनरुवाले नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

सुनसरीले संघका पदाधिकारीहरु सहितको टोलिले इनरुवा नगरपालिकाका मेयर राजन मेहतालाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

सघंका अध्यक्ष विरेन्द्र कुमार साहले पिडित परिवारलाई क्षतिपुर्ती उपलब्ध गराउन आग्रह गर्दै नगरपालिकाले नयाँ बारुणयन्त्र खरिद गर्न र पुरानोको मर्मत सम्हार गर्न पनि माग राख्दै ध्यानाकर्षण बुझाएका हुन् ।

इनरुवा नगरपालिकाको दमकल विग्रिएर थन्केको लामो समय भएपनि अहिले सम्म मर्मत हुन नसक्दा ठुलो क्षतिको सामना गर्नुपरेको इनरुवाका व्यपारीहरुले गुनासो गरेका छन् ।

दमकल नहुँदा व्यापारीहरु सुरक्षित नहुने भएकाले नयाँ विकाश निर्माणको काम भन्दा अघि दमकल ल्याउन स्थानीय व्यापारीहरु बताउँछन् ।

मेयर राजन मेहताले नयाँ दमकल खरिद प्रक्रिया चाडै अघि बढाउने बताए ।

उनले प्रदेश र संघीय सरकारले दमकल दिने आश्वासन दिएकाले ढिलाई भएको बताए ।

गत आइतबार आगलागीबाट ४ वटा पसलहरु जलेर नष्ट हुँदा ५ करोड भन्दा बढीको क्षति भएको थियो ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved