इनरुवा । गत आइतबार भएको आगलागीबाट पिडित बनेका सुनसरी स्थित इनरुवाका व्यापारीलाई क्षतिपुर्ती उपलब्ध गराउनु पर्ने माग गर्दै उद्योग वाणिज्य संघ इनरुवाले नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।
सुनसरीले संघका पदाधिकारीहरु सहितको टोलिले इनरुवा नगरपालिकाका मेयर राजन मेहतालाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
सघंका अध्यक्ष विरेन्द्र कुमार साहले पिडित परिवारलाई क्षतिपुर्ती उपलब्ध गराउन आग्रह गर्दै नगरपालिकाले नयाँ बारुणयन्त्र खरिद गर्न र पुरानोको मर्मत सम्हार गर्न पनि माग राख्दै ध्यानाकर्षण बुझाएका हुन् ।
इनरुवा नगरपालिकाको दमकल विग्रिएर थन्केको लामो समय भएपनि अहिले सम्म मर्मत हुन नसक्दा ठुलो क्षतिको सामना गर्नुपरेको इनरुवाका व्यपारीहरुले गुनासो गरेका छन् ।
दमकल नहुँदा व्यापारीहरु सुरक्षित नहुने भएकाले नयाँ विकाश निर्माणको काम भन्दा अघि दमकल ल्याउन स्थानीय व्यापारीहरु बताउँछन् ।
मेयर राजन मेहताले नयाँ दमकल खरिद प्रक्रिया चाडै अघि बढाउने बताए ।
उनले प्रदेश र संघीय सरकारले दमकल दिने आश्वासन दिएकाले ढिलाई भएको बताए ।
गत आइतबार आगलागीबाट ४ वटा पसलहरु जलेर नष्ट हुँदा ५ करोड भन्दा बढीको क्षति भएको थियो ।