समाचार

    Showing 9,631-9,640 of 10,057 items.
  • दुबईबाट १ सय ४८ जना नेपाल फर्किए

    काठमाडौं । कोभिड १९ का कारण दुवईको युएईमा समस्यामा परेका नेपालीहरु शुक्रबार बिहान नेपाल फर्किएका छन् । नेपाल एयरलाइन्सको २२९३ विमान मार्फत युएईबाट १ सय ४८ जना नेपाली स्वदेश फर्किएका हुन् । युएईको स्थानीय समय अनुसार शुक्रबार बिहान ४ बजे नेपाल एयरलाइन्स उडानबाट उनीहरु स्वदेश फर्किएका हुन । स्वदेश फर्कनेहरुमा अधिकांश महिला रहेको विमानमा एक नेपालीको शवसमेत रहेको दूतावासले जनाएको छ । दूतावासका अनुसार असार २ गते हुने भनिएको उडान स्थगित भएपछि सोही उडान तालिकामा रहेकाहरुलाई नै शुक्रबार नेपाल पठाइएको हो । स्वदेश फर्किएका मध्ये आबुधाबीबाट मात्रै ४२ जना छन् । युएईका विभिन्न राज्यमा रहेका नेपालीलाई सम

    • प्रकाशित मितिः असार ५, २०७७
    • 613 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा बन्न लागेको नाटक घरको शिलन्याश , ३ बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य

    धरान बिहिबार धरानमा नाटक घर शिलन्याश भएको छ । संघीय सासंद जयकुमार राईले धारन ८ स्थित सभागृह परिसरमा नाटक घरको शिलन्यास गरेका हुन् । लामो विावादका कारण अल्झीएको नाटकघरको काम पाँच बुदे सहमति पछि आज शिलन्यास भएको हो । स्थानीयबासीले खुला मैदानमा पार्कलगायत संरचना बनाउन माग गर्दै नाटक घरको विरोध गरेका थिए । स्थानीयको विरोध पछि चालु आर्थिक बर्षमा विनियोजन भएको संसदिय बिकास कोषको सांसदको कोषबाट रु ४० लाख बजेट फ्रिज हुने सम्भावना बढेपछि उपमहानगरको पहलमा स्थानीयसँग सहमति भएको थियो । विवाद सुल्झिएपछि नाटक घर शिलान्यास कार्यक्रम सम्पन्न भएको सचिव अरुण कुमार प्रधान बताए । अग्रज कलाकार निर्देशक प्रे

    • प्रकाशित मितिः असार ४, २०७७
    • 1,455 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीबाट झापाका १ जना कोरोना संक्रमित डिस्चार्ज

    धरान / धरानस्थित बिपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप १ जना संक्रमित डिस्चार्ज भएका छन् । प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका झापाका १ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनी झापाका २७ वर्षका पुरुष हुन् । प्रवक्ता सापकोटाका अनुसार प्रतिष्ठानबाट मात्रै ११५ जना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् भने ७२ जना संक्रमितहरु प्रतिष्ठानमै उपचाररत छन् ।

    • प्रकाशित मितिः असार ४, २०७७
    • 954 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गोरेलाई उपचार गर्न आर्थिक अभाव

    धरान । धरान उमहानगरपालिका वडा नम्बर ६ निवासी वर्ष २८ को विरामी भई थलिएका जगदीस राई(गोरे) लाई आर्थिक समस्याको बावजुद धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार शुरु गरिएको छ । असक्त एवम् दीर्घरोगी भएर घरैमा १० दिन भन्दा वढी थलिएका राईलाई धरानका समाजसेवी दिपक वनेपाली,प्रतिष्ठानका, मानसिक रोग विभागका विशेषज्ञ डा मधुर वस्नेत, प्रतिष्ठानकै न्यरो सर्जन विभाग प्रमुख डा आलोक दाहाल, धरान १८ का वडाध्यक्ष प्रवीन कुमार राई, अग्रज पत्रकार जनकक्रषि राई,पत्रकार देवन्द्र कार्की ,फोटो पत्रकार महासंघ सुनसरी अध्यक्ष एवम् नेकपा धरान नगर सदस्य विकास चाम्लिङ राई, नेपाल पत्रकार महासंघ सुनसरी सदस्य धिर

    • प्रकाशित मितिः असार ४, २०७७
    • 3,007 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७ हजार ८सय ४८ पुग्यो

    आज थप ६७१ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ७८४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप ६७१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । ८० जना महिला र ५ सय ९१ जना पुरुष रहेका छन् ।   उनका अनुसार कैलालीका गोदावरी नगरपालिकाका ४६ बर्षीय पुरुष र कैलाली लम्किचुवाकी ४३ बर्षीय एक महिलाको मृत्यु भएको हो । प्रवक्ता गौतमका अनुसार थप २ जना को कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १९ जना संक्रमित

    • प्रकाशित मितिः असार ४, २०७७
    • 822 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पथरीमा घरबहाल बेहाल बन्दै

     पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा लक डाउनको विषम परिस्थितिमा पनि घरभाडा छुट विषय कार्यान्वयनमा आएको छैन । लक डाउन लागू भएसँगै दैनिक आर्जन अभावमा घरभाडामा बस्नेका लागि राहतस्वरुप लक डाउन अवधिभरको घरभाडा नलिन नेपाल सरकारले निर्देशन गरेको थियो । यससम्बन्धी केही आन्तरिक व्यवस्था सहित प्रदेश सरकारले पनि यसलाई निरन्तरता दियो । स्थानीय सरकारको कार्यक्षेत्रभित्र आइपुग्दा यसलाई अनिवार्य कार्यान्वयनमा ल्याउन नगरले सरकारले तदारुकता दियो । तथापि, पथरीबजार क्षेत्रलगायत कतिपय क्षेत्रमा भने घर मालिकले घरभाडा लिन निकै ताकेता गरिआएका छन् । पथरी शनिश्चरे नपा वडा नं. १ शान्तिमार्गस्थित छवि घिमिरे

    • प्रकाशित मितिः असार ४, २०७७
    • 1,153 पटक पढिएको
    • "भूमिप्रसाद पाठक"
  • वराहक्षेत्र नगरपालिकाको क्वारेन्टाइनमा चोरी, भत्ता नपाएको भन्दै प्रहरीले ड्युटी गरेनन्

    सुनसरी / वराहक्षेत्र नगरपालिकाले स्थापना गरेको चक्रघट्टीस्थित क्वारेन्टाइनमा १४ दिन सम्म बसेकाहरुले बिझाइ गरेका छ्न । चक्रघट्टीस्थित क्वारेन्टाइनबाट ग्यास स्टोभ, तन्ना, दन्त मन्जन, थाललगायत दैनिक प्रयोगमा आउने सामग्री हराएको छ । क्वारेन्टाइनका इन्चार्ज स्वास्थ्यकर्मी अमृत भुजेलका अनुसार मधुवन्स्थित क्वारेन्टाइनमा समेत डिस्चार्ज भएकाहरुले जेब्रा झोलाभित्र सामग्री हालेको फेला पारिएको बताए । क्वारेन्टाइनमा राखिएको वाइफाइको राउटर र तारसमेत चुडेर लगेको इन्चार्ज भुजेलले जानकारी दिए । चक्रघट्टीस्थित क्वारेन्टाइनमा प्रहरीले कोरोना सङ्क्रमण हुने भन्दै चेक जाच नगरेको नगरपालिका स्रोतले जनाएको छ भने मध

    • प्रकाशित मितिः असार ४, २०७७
    • 2,742 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विहिबार पुर्वाञ्चल विश्व विद्यालयमा आईसोलेसनमा उपचाररत ४० जना डिस्चार्ज

    विहिबार प्रदेश नं १ बाट पुर्वाञ्चल विश्व विद्यालयमा आईसोलेसनमा उपचाररत ४० जना कोरोना संक्रमित ४० जना डिस्चार्ज भएका छन् । उनीहरु गत जेठ २२ गतेदेखि २६ गते सम्म भर्ना भएका हुन् । यो सँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २२४ पुगेको छ । प्रदेश १ मा संक्रमितको संख्या ४१६ रहेको छ । संक्रमित मध्ये २९ जना कोशी कोभिड अस्पताल विराटनगर, ८५ जना पूर्वाञ्चल विश्वविद्यालय गोठगाँउ र ७८ जना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत रहेका छन् । डिस्चार्ज हुनेहरुमा १५ देखि ४७ वर्षमा पुरुष रहेका छन् । डिस्चार्ज हुनेहरुमा सुनसरीका १६, झापाका ११ मोरंगका ९ र भोजपुरका ४ जना रहेका छन् ।

    • प्रकाशित मितिः असार ४, २०७७
    • 743 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रुकुम हत्याकाण्ड को बिरोध जनाउदै प्रदेश १ को टोलि घटनस्थलमा

     सुनसरी । पश्चिम रुकुम जिल्लाको चौरजहारी नगरपालिका वडा नं। ८ सोतीमा नवराज विकसहित ६ जना युवाहरुको योजनाबद्ध हत्या गर्नेगरी भएको नरसंहारका पींडितहरुको पक्षमा ऐकबद्धता जनाउन १ नं. प्रदेशका अग्रज दलित अधिकारकर्मीहरुको टोली घटनास्थलमा पुगेको छ । १ नं.प्रदेशका सबै १४ वटै जिल्लाहरुमा एक चरणको विरोध र खबरदारीको आन्दोलन सकाएर घटनास्थल पुगेको टोलीमा दलित अधिकारकर्मीहरु नवराज शंकर (इलाम), हुकुमसिंह नेपाली (झापा), उमेश विश्वकर्मा मोरङ्ग र हरि पोख्रेल दर्जी झापा रहेका छन् । घटनालाई ढाकछोप र तोडमोड गर्न अझैसम्म पनि हदैसम्मको षडयन्त्र भइरहेको टोलीका सदस्य नवराज शंकरले बताए । “एकातिर आन्दोलन थप

    • प्रकाशित मितिः असार ४, २०७७
    • 1,239 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • क्लियर टिभीमा ई कक्षा

    धरान । सरकारले चैत्र ११ गते देखि लकडाउन घोषणा गरे पनि अन्य सेवा सुविधा सहित विद्यालयहरु पनि पुर्ण रुपमा बन्द रहेका छन् । जसले गर्दा विद्यार्थीहरुको पठनपाठनमा असर पुर्याएको छ । पछिल्लो समय लकडाउनको मोडालिटी परिवर्तन भए पनि विद्यालयहरु भने अझै पुर्ण रुपमा बन्दनै रहेका छन् । त्यसैले सुविसुको क्लियर टिभीले ई कक्षा संचालन गरेको छ । लकडाउनका कारण पठनपाठनमा असर परे पछि क्लियर टिभीले ई कक्षा शुरु गरेको छ । सुविसुको क्लियर टिभीले स्कुल अब घरमै अभियान अन्र्तगत टिभी च्यानलमा ई कक्षा संचालन गरेको हो । लकडाउनका कारण विद्यालय बन्द हुँदा पठनपाठनमा असर पर्न थालेको भन्दै सुविसुले क्लियर टिभी मार्फत इ कक्ष

    • प्रकाशित मितिः असार ४, २०७७
    • 1,761 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved