धरान / परिसर्य, रोट्र्याक्ट क्लब अफ धरान घोपाको एक दीर्घकालीन परियोजनालाइ दक्षिण एशियाली रोटार्याक्ट अवार्डमा सर्वश्रेष्ठ प्रोजेक्टको रूपमा सम्मान गरिएको छ। उक्त पुरस्कारका लागि विभिन्न देशका रोट्रयाक्ट क्लबहरू गरि ६ सय परियोजना मनोनीत भएका थिए । परिसर्य ,स्वास्थ्य शिविरको एक श्रृंखला हो जुन पूर्वी नेपालको विभिन्न भागहरूमा रोट्र्याक्ट क्लब अफ धरान घोपाले आयोजना गर्दै आएको छ। यो क्लबको एक दीर्घकालीन परियोजना हो जसको उद्देश्य डाक्टरहरूको समूह, स्वास्थ्यकर्मीहरू, र स्वयंसेवकहरू सबैको ढोकामा पुर्याउनु हो। स्वास्थ्य सबैको लागि प्राथमिक हुन्छ तर हाम्रो जस्तो देशमा, प्रायः व्यक्तिसँग स्व
धरान/ धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ६ जना डिस्चार्ज भएका छन् ।५ वर्ष देखि ४२ वर्ष सम्मका मोरङका ४, सुनसरीका २ जना सहित जम्मा ६ जना आज डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । महिला २ जना र पुरुष ४ जना डिस्चार्ज भएका छन् । उनका अनुसार उनिहरु असार ८ गते प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचाररत थिए । प्रतिष्ठानमा हाल ४४ जना उपचाररत छन् भने १९१ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । विगत २४ घण्टामा १६ जना भर्ति भएका छन् ।
धरान । बैदेशिक रोजगारी बाट फर्किएर धरानको एन्फा क्वारेन्टाइन मा बसेका ३६ जनाको स्वाब परिक्षणका लागि संकलन गरिएको छ । धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टाइनमा रहेका ३१ जना र ३ जना चतरा स्थित होल्डिङ एरियामा सुरक्षामा खटिएका थिए भने २ जना बिरगन्ज बाट आएका हुन् । ती दुई मध्ये एक तेस्रो लिंगी हुन् भने ६ महिला र २९ जना पुरुष रहेका छन। उनीहरु स्वाबको नमुना दिएपछि होम क्वारेन्टाइनमा गएका छन् । उनीहरुको स्वाब वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा परीक्षणको लागि पठाइएको छ । एन्फामा कुल ५६ जना मानिसहरु विदेशबाट आएर क्वारेन्टाइनमा बसेका छन् । यसै बिच कोरोना सक्रमण पुष्टि भएका
इटहरी । यातायात व्यवसायीहरूको समस्या सरकारले सम्बोधन नगरेको भन्दै सार्वजनिक यातायात व्यवसायी महासंघका पदाधिकारीहरू सडकमा उत्रिएका छन । महासंघमा आवद्ध व्यवसायीहरुले बिहीबार इटहरीमा सरकारबिरूद्ध बिरोध र्याली समेत निकालेका छन । बिभिन्न् मागहरू राख्दै महासंघ प्रदेश १ ले बिहीबार इटहरीमा विरोध र्याली प्रदर्शन गरेको हो । सरकारले माग सुनवाइ नगरेकै कारण यातायात व्यवसायीहरुले आत्महत्या गनूपर्ने अवस्था आएको भन्दै उनीहरुले तत्काल माग सम्बोधन गर्नुपर्ने बताएका छन् । महासंघका पदाधिकारीहरूले इटहरीस्थित सिप्रदी ट्रेडिङको कार्यालय समेत घेराउ गरेका थीए । &nbs
धरान/ लक डाउन सुरु भए सगै अस्पतालहरुले कोरोना सँग सम्वन्धित विरामीको मात्र उपचारमा केन्द्रित भए पछि अन्य विरामीको उपचार सुरु गरेको हाम्रो हातेमालो फाउन्डेसनले १ हजार ८३ जनालाई सेवा दिएको छ । कोरोना वाहेका अन्य रोगका विरामीहरुलाई विरामीहरुलाई उपचार तथा परामर्स दिन चिकित्सकहरुको संस्था फाउन्डेसनले चैत्र ११ गते देखी नै हेल्पलाइन सेवा सुरु गरि उपचार सुरु गरेको थियो । फाउण्डेसनले हेल्पलाइन वाहेक १० जना विरामीलाई घरमै पुगेर सेवा दिएको छ भने सामाजिक सञ्जाल मार्फत १सय २० जना सेवा दिएको र विभिन्न स्थानमा रहेका विरामीहरुको उपचारका लागी स्वास्थ्य शिविर समेत गरेको अध्यक्ष इन्द्र लिम्बुले वताए । उप
तेह्रथुम । लिम्बुहरुको समाधी स्थल भत्काएको बिरोधमा फेदाप गाउपालिका को न्यायिक समितिको कार्यकक्षमा ताला लगाएका छन । केही दिन अघि तेह्रथुमको फेदाप पोक्लाबङमा रहेको लिम्बुहरुको समाधी स्थल भत्काइएको विरोधमा बिहिबार फेदाप गाउपालिकाको स्थानीय न्यायिक समितीमा सघर्स समितिले तालाबन्दी गरेको हो । संघर्ष समितिले दिएको निवेदन उपर कुनै कार्य सम्पादन समेत नगरी वेवास्ता गरेकोले न्यायीक समितिको कुनै अर्थ नरहेको ठहर गर्दै चरणबद्ध कार्यक्रमको घोषणा गरि संघर्ष समितिले तालाबन्दी गरेको हो । समाधी स्थल खनिएको विषयमा संघर्स समितिले आन्दोलन घोषण गर्दै पहिलो चरणमा स्थानीय न्यायीक समितिमा तालाबन्दी गरेको हो । समाधी
इटहरी । सुनसरीको इटहरी क्षेत्रमा सञ्चालित सामुदायिक बिद्यालयहरूको गुणस्तर बढाउन र नियमित अनुगमनका कार्यक्रमहरू अघि बढाउन उपमहानगरले नयाँ योजना ल्याएको छ । सामुदायिक बिद्यालयहरूमा सिसी क्यामेराजडान गरी उपमहानगरको कार्यालयबाटै निगरानी गर्ने गरी योजना ल्याइएको हो । बिद्यालयहरूले सञ्चालन गरिदै आएका स्मार्ट कक्षालाइ थप प्रभावकारी बनाइने , आइसिटि जडान तथा बिज्ञान प्रयोगशालाको स्थापना जस्ता कार्यक्रमहरूलाइ उपमहानगरले यो वर्ष बिशेष ध्यान दिने भएको छ । विद्यार्थीहरूलाई स्थानीय भाषा, साहित्य, संस्कृति, कला, भुगोल र अन्य महत्वपूर्ण ज्ञान र सिप सिकाई असल नागरिक बनाउने उदेश्यले नगरस्तरमा नै स्थानीय पाठ्यक
आज थप ४७३ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ । कोरोना संक्रमित मध्ये महिला १०९ र पुरुष ३६४ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले थप ४८२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । कुल संक्रमितमध्ये ३१ जनाको मृत्यु भएको छ। थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। म्यागदिको ४८ दिनको १ शिशुको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रेस व्रिफिङका क्रममा जानकारी दिए । पछिल्लो २४ घण्टामा थप
धरान । संघीय संसदको दुवै सदनको चालु अधिवेशन विहिबार देखि अन्त्य भएको छ । राष्ट्रपती कार्यालयले सुचना जारी गर्दै असार १८ गते विहिबार ५ बजे देखि दुवै सदनको वर्षे अधिवेशन अन्त्य भएको जनाएको छ । नेपाल सरकारको मन्त्रिपरिषदको सिफारिसमा अधिवेशन अन्त्य भएको जनाएको छ । अधिवेशनको अन्त्य संगै एमसिसिको विवाद पनि टरेको छ । यसलाई प्रधानमन्त्री केपी शर्मा ओलिको राजिनामाको माग संग पनि जोडिएको छ । पछिल्लो समय पार्टी भित्रै ओलिको राजिनामाको माग उठ्न थाले पछि अधिवेशनमा पनि राजिनाको प्रस्ताव दर्ता गर्ने देखिए पछि उनकै डिजाइनमा अधिवेशन अन्त्य गरिएको शंका गरिएको छ । स्थायी समिति र संसदीय दलमा कमजोर भएपछि ओली प्
धरान । वैदेशिक रोजगारीबाट फर्किएका सुनसरीका ३ जनामा थप कोरोना संक्रमित फेला परेको छ । विदेशबाट आएर इटहरीको क्वारेन्टाइनमा बसेका ३ जनामा कोरोना संक्रमण भेटिएको जनस्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । ईटहरीका तिन जना पुरुषमा संक्रमण देखिएको हो । उनीहरू कतार, साउदी र कुवेतबाट आएर क्वारेनटाइनमा बसेका थिए । उनीहरूको पिसिआर परीक्षण कोशी अस्पताल विराटनगरमा गरिएको थियो । यो सँगै सुनसरीमा कोरोना संक्रमित ९२ पुगेको छ ।