आज थप ४७३ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको छ ।
यो सगै नेपालमा संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ ।
कोरोना संक्रमित मध्ये महिला १०९ र पुरुष ३६४ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले थप ४८२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
कुल संक्रमितमध्ये ३१ जनाको मृत्यु भएको छ।
थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।
म्यागदिको ४८ दिनको १ शिशुको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रेस व्रिफिङका क्रममा जानकारी दिए ।
पछिल्लो २४ घण्टामा थप ६६४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ५३२० जना रहेका छन् ।
नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हाल सम्म कोरोना संक्रमितको जम्मा संख्या १४ हजार ५ सय १९ पुगेको छ ।