समाचार

    Showing 9,311-9,320 of 10,053 items.
  • कृषि अभियान्ता तथा लेखक जीवन प्रसाद राईको १९ औं कृति समृद्धिका आधार पुस्तक सार्वजनिक

    धनकुटा / देशको अवस्था र कृषिमा संम्भावना समेटेर कृषि अभियान्ता तथा लेखक जीवन प्रसाद राईको १९ औं कृति समृद्धिका आधार पुस्तक सार्वजनिक गरेका छन् । नेपालका ७७ जिल्लाका कुना कुनामा पुगेर कृषिबाट समृद्धि पस्कन सकिने विषयवस्तु राईको पुस्तकमा समेटिएको छ । पुस्तकमा ठाँउ अनुसारको उत्पादनलाई जोड दिएको छ । उक्त पुस्तक ७ वर्ष ९ महिना १९ दिन लगाई देश घुमेर तयार पारिएको कृषिसँग सम्बन्धित विषयवस्तु समेटिएको राईले बताए । २०६७ साल माघ महिनाबाट सुरु गरिएको यात्रा २०७५ सालमा ७७ जिल्लाका २ सय ६६ वटा नगरपालिका र ३ सय ७९ वटा गाँउपालिका पुगेर अन्त्य भएको राईले बताए । पुस्तकमा सात वटै प्रदेशको बारेमा कुन प्रदेश भन्दा

    • प्रकाशित मितिः साउन ७, २०७७
    • 1,610 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • त्रिवि अन्तर्गतका क्याम्पसहरु संचालन

    सुनसरी । सरकारले मंगलबार मध्यराती देखि लकडाउनको अन्त्य घोषणा गरे पछि आज बुधबारबाट त्रिभुवन विश्वविद्यालय मातहतका सबैक्याम्पसहरु संचालनमा ल्याउने निर्णय गरेको छ । नेपाल सरकारले जारी गरेको सुरक्षा निर्देशिकालाई कार्यान्वयन गर्दै क्याम्पस सञ्चालनमा ल्याउने निर्णय त्रिभुवन विश्वविद्यालयले गरेको हो । सरकारले लकडाउन अन्त्यको घोषणा गरे पछि विश्वविद्यालयले आफनो नियमित कार्यक्रमलाई सुचारु राख्ने निर्णय गरेको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले कोरोना भाइरसका कारण स्थगित परीक्षा भदौँ ७ गतेबाट सुचारु गर्ने निर्णय भएको त्रिविका रजिष्ट्रार प्रा. पेशल दाहालले जानकारी दिए । स्थगित परीक्षा दशै अ

    • प्रकाशित मितिः साउन ७, २०७७
    • 944 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एक सय बिस दिन पछि लकडाउनको अन्त्य, अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने 

    सुनसरी । कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि चैत्र ११ गते देखि सरकारले घोषणा गरेको लकडाउन हिजो मध्यराती देखि खुल्ला भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतर्कता अपनाउन मुलुकमा करिब ४ महिनाअघि देखि लगाइएको लकडाउन १ सय २० दिनपछि हटेको छ । लकडाउन खुले सँगै जनजिवन पनि सहज हुन थालेको छ । आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लक डाउन खुला गर्ने निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए । लक डाउन खुलेपनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने उनले बताए । सरकारले आजबाट लकडाउन खुला गरे पनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, टिउसन सेन्टर, सिनेमा हल, डान्सबार, सैल

    • प्रकाशित मितिः साउन ७, २०७७
    • 1,278 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संक्रमितको संख्या १७ हजार ९ सय ९४ , आज ६०९ जना डिस्चार्ज

    काठमाडौँ / मंगलबार थप १५० जनामा संक्रमण पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । नेपालमा संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ । कोरोना संक्रमणका कारण  मृतकको संख्या ४० पुगेको छ ।  पछिल्लो २४ घण्टामा थप ६०९  जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १२ हजार ४ सय ७७  जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    • प्रकाशित मितिः साउन ६, २०७७
    • 753 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेयर खनालद्वारा कोशी नदीको अवलोकन, सतर्कता अपनाउन निर्देशन( भिडियो सहित)

    वराहक्षेत्र / वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालले सप्तकोशी नदीको स्थलगत अनुगमन गरेका छन् । वराहक्षेत्र नगरपालिकाको ११ वटा वडा मध्ये वडा नं. ३, ४ र ५ बाहेक सबै वडा सप्तकोशी नदीको उच्च जोखिममा छन् । सोमबार सुनसरीका प्रहरी प्रमुख र प्रहरी अधिकृतहरुले समेत कोशी नदीको अवस्था बारे स्थलगत अवलोकन गरेका छन् । भारतीय जल संशाधन विभागका कर्मचारीहरु समेत अनुगमनका क्रममा उपस्थित रहेको नगरपालिका स्रोतले जनाएको छ । सोमबार बिहान ९ बजेसम्म सप्तकोशी नदीको वहाव ३ लाख ४४ हजार ९ सय ९० क्युसेक पुगेको कोशी ब्यारेजस्थित कन्ट्रोल रुमले जानकारी दिएको छ । वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालले

    • प्रकाशित मितिः साउन ६, २०७७
    • 2,620 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाममा क्वारेन्टाईनमा खटेका सेना जवानमा कोरोना संक्रमण

     इलाम/  इलाममा मंगलबार दुईजनामा कोरोना संक्रमण देखिएको छ । इलाम नगरपालिकाको क्वारेन्टाईनको सूरक्षाका लागी खटिएका नेपाली सेनाका जवान र सरसफाईमा कार्यरत कर्मचारी गरी दुईजनामा पोजेटिभ देखिएको नगर स्वास्थ्य शाखा प्रमुख रमन्ता पौडेलले बताईन । इलाम नगरपालिकाको क्वारेन्टाइनमा खटिएका ३३ र ३७ वर्षिय दुई जना पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यलय इलामका फोकल पर्सन विमल बरालले बताए । ४० जनाको पिसिआर परिक्षण गरिएकोमा दुईजनाको रिपोट पोजेटिभ आएको जनाइएको छ । यस अघि पनि नेपालि सेनाका ए जवानमा पोजेटिभ देखिएपछि यस क्वारेन्टाइनलाई सिल गरीएको थियो । उनीहरुको साउन २ गते स्वाब संकलन गरिएको

    • प्रकाशित मितिः साउन ६, २०७७
    • 873 पटक पढिएको
    • "भगिरथ भण्डारी"
  • तटबन्ध भत्काएर बक्राहा र कन्काई नदी बस्ती तिर पसे

    विराटनगर । लगातारको वर्षापछि उर्लिएको मोरङको बक्राहा र झापाको कन्काई नदीले बाँध भत्काएर बस्तीतिर पसेका छन् । बक्राहाले मोरङको सुनवर्षी नगरपालिकाको वरडगंमा १५ मिटर जति बाँध फुटाएर बाढी बस्तीतर्फ पसेको छ । त्यसबाट चार परिवार विस्थापित भएका छन् । डेढसय घर डुबानको जोखिममा छन् । बाढीको रेत कम भएसंगै बाँधलाई अस्थायी रुपमा बाँधेर खोलाको धार साविककै स्थानमा फर्काउने प्रयास हुने बक्राहा नदी नियन्त्रण कार्यालयका प्रमुख ई.भिलानन्द यादवले जानकारी दिए । भने,“सोमबार दिउँसोबाट नै बक्राहाले तटबन्धमा हान्न शुरु गरेको थियो । बाँसको पर्कुपाइन बाँध लगाएर तत्कालको लागि समस्या समाधान गर्ने हामीले योजना बनाए

    • प्रकाशित मितिः साउन ६, २०७७
    • 747 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बाढीमा फसेका २ ब्यक्तिको उद्धार

    इलाम /  इलामको माईखोलाको बाढीमा फसेका २ जनाको जिल्ला प्रहरी कार्यलय इलामले उद्धार गरेको छ । जिल्लाको माइजोगमाई गाँउपालिका–५ नामसालिङका ६६ बर्षिय लोक बहादुर नेम्वाङ र सोही ठाउँका ३० बर्षिय जोजो लिम्बु लाई बाढीमा फसेको अवस्थामा उद्धार गरिएको हो । सोमबार साँझमा नाम्सालिङ ५ मा अवस्थित माईखोला किनारामा खेतिपाती, गाईगोठ गरी फर्किने क्रममा एक्कासी माईखोलाको पानीको वहाव बढि बाढीले जमिन कटान गर्दा दुबै तिरको बीच जमिनमा उनीहरु रोकिएका थिए । दुबै पटि बाढी बग्न थालेपछि बिचको जमिनमा रहेका उनिहरुलाई जिल्ला प्रहरी कार्यलय इलामले राति उद्धार गरेको हो । प्रहरी कार्यालय इलामका इन्सपेक्टर नबिन राईको

    • प्रकाशित मितिः साउन ६, २०७७
    • 876 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • भदौ १ देखि आन्तरिक तथा अन्तराष्ट्रिय उडान खुल्ने

    सुनसरी । कोरोना संक्रमणको जोखिमका कारण बन्द रहेको आन्तरिक तथा अन्तराष्ट्रिय उडान शुरु हुने भएको छ । कोभिड १९ को संक्रमण पछि बन्द रहेको व्यवसायिक उडान शुरु गर्न पर्यटन मन्त्रालयले साउन २१ गते आन्तरिक र भदौ १ गते बाट अन्तराष्ट्रिय उडान गर्ने प्रस्ताव पेश गरेको थियो । मन्त्रीपरिषद बैठकले दुवै क्षेत्रको उडान भदौ १ गते देखि शुरु गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि आन्तरिक उडान खोल्ने गरी गृहकार्य गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । त्यस्तै मनित्रपरिषद् बैठकले अहिलेको लकडाउनलाई अझै खुकुलो बनाउने निर्णय पनि गरेको छ । पछिल्लो पटक थपिएको लक

    • प्रकाशित मितिः साउन ६, २०७७
    • 1,553 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सप्तकोशीको बहाव उच्च, ५० ढोका खुल्ला

    धरान /  पहाडी क्षेत्रमा निरन्तर वर्षा भए सँगै सप्तकोशी नदीको बहाव यस वर्षकै उच्च मापन गरिएको छ । बहाव बढे सँगै खतराको संकेत पनि पार गरेको छ । सप्तकोशीको बहाव बिहान ८ बजेको मापन अनुसार ३ लाख ४२ हजार ९ सय ७० मापन गरिएको छ । सप्तकोशीको बहाव क्षमता भन्दा दोब्बरले वृद्धि भए पनि अहिले ५० वटा ढोका खुल्ला गरिएको छ । कोशीमा डेढ लाख क्युसेक पानीको बहाव पुग्दा खतराको सुचक स्वरूप रातो बत्ती बाल्ने गरिन्छ । ब्यारेजका दुईवटै नहर बन्द गरिएको छ । पानीको बहाव थेग्न नसकेर नहर भत्किन सक्ने भएकाले नहर बन्द गरिएको हो । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सप्तकोशीमा बहाव बढ्दो क्रममा रहेको

    • प्रकाशित मितिः साउन ६, २०७७
    • 2,427 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved