तटबन्ध भत्काएर बक्राहा र कन्काई नदी बस्ती तिर पसे

  • साउन ६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt गुगलबाट साभार तश्वीर

विराटनगर । लगातारको वर्षापछि उर्लिएको मोरङको बक्राहा र झापाको कन्काई नदीले बाँध भत्काएर बस्तीतिर पसेका छन् ।

बक्राहाले मोरङको सुनवर्षी नगरपालिकाको वरडगंमा १५ मिटर जति बाँध फुटाएर बाढी बस्तीतर्फ पसेको छ । त्यसबाट चार परिवार विस्थापित भएका छन् ।

डेढसय घर डुबानको जोखिममा छन् । बाढीको रेत कम भएसंगै बाँधलाई अस्थायी रुपमा बाँधेर खोलाको धार साविककै स्थानमा फर्काउने प्रयास हुने बक्राहा नदी नियन्त्रण कार्यालयका प्रमुख ई.भिलानन्द यादवले जानकारी दिए । भने,“सोमबार दिउँसोबाट नै बक्राहाले तटबन्धमा हान्न शुरु गरेको थियो । बाँसको पर्कुपाइन बाँध लगाएर तत्कालको लागि समस्या समाधान गर्ने हामीले योजना बनाएका छौं ।”

लगातारको वर्षापछि उर्लिएको कन्काई नदीले ३ सय मिटर बाँध भत्काएर झापा गाउँपालिकातर्फ पसेको छ । जनताको तटबन्ध भत्काएपछि पसेको बाढीले दुई वटा बस्ती डुबानमा परेका छन् । झापा गाउँपालिकाको वडा नम्बर १ मिलनबस्तीका ८३ घर र २ को सडकबारीका २२ घर डुबानमा परेको गउाँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिएका छन् ।

कन्काईको डुबानबाट सोमबार विस्थापित भएका १०५ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो । बाढी पीडितलाई स्थानीय लक्ष्मी प्रावि र सेतुमारी प्राविमा राखिएको छ । “घरमा पसेकोबाढी घटेका कारण केही परिवार आज बिहान फर्किएका छन्,”गाउँपालिकाका अध्यक्ष जयनारायण साहले भने,“कटानबारे जिल्ला प्रशासन र माथिल्लो निकायमा समेत जानकारी गराएका छौं ।” मिलनबस्तीका २१ परिवारलाई गाउँपालिकाले नै व्यवस्थापन गरेर राखेको उनले बताए ।

कन्काईको धारले चार दिनदेखि बाँध कटान गरिरहेको थियो । बाढीले धानखेत समेत डुबाएको छ । बाढीका कारण सडकबारी, मिलनबस्ती,सालमारा, लसुनगञ्जलगायतका बस्तीका सयौं घरपरिवार डुबानमा पर्ने जोखिममा छन् । नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले कन्काईको कटानको जोखिम रहेको बताउँदै भने,“विगतको अनुभवले पनि हामीलाई त्यो क्षेत्रमा जोखिम अधिक भएको देखाएको छ । सर्वसाधारणमा सचेत रहन आवश्य छ ।”
अविरल वर्षाका कारण झापा, मोरङ र सुनसरीका खोलामा बाढीको बहाव बढेको छ । सप्तकोशीमा पानीको सतह बढेपछि प्रहरीले माईकिङ गरेर सतर्क रहन स्थानीयबासीमा आग्रह गरेको छ ।

वराहक्षेत्र मन्दिर प ...

वराहक्षेत्र/  सुनसरीको वराहक्षेत्र नगरपालिका& ...

झापाको मेचीनगरमा चिय ...

झापा/  झापाको मेचीनगर नगरपालिकाले चिया बगानसह ...

४ जीपीए ल्याएकी मिसु ...

धरान/ सुनसरीको इटहरी–५ स्थित मकालु इङ्लीस बो ...

सुनसरीमा ६ केजी गाँज ...

सुनसरी/सुनसरीको देवानगंज गाउँपालिका–३ यादव टोलस्थ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved