इलाम/ इलाममा मंगलबार दुईजनामा कोरोना संक्रमण देखिएको छ ।
इलाम नगरपालिकाको क्वारेन्टाईनको सूरक्षाका लागी खटिएका नेपाली सेनाका जवान र सरसफाईमा कार्यरत कर्मचारी गरी दुईजनामा पोजेटिभ देखिएको नगर स्वास्थ्य शाखा प्रमुख रमन्ता पौडेलले बताईन ।
इलाम नगरपालिकाको क्वारेन्टाइनमा खटिएका ३३ र ३७ वर्षिय दुई जना पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यलय इलामका फोकल पर्सन विमल बरालले बताए ।
४० जनाको पिसिआर परिक्षण गरिएकोमा दुईजनाको रिपोट पोजेटिभ आएको जनाइएको छ ।
यस अघि पनि नेपालि सेनाका ए जवानमा पोजेटिभ देखिएपछि यस क्वारेन्टाइनलाई सिल गरीएको थियो ।
उनीहरुको साउन २ गते स्वाब संकलन गरिएको थियो । २ जना थपिएसंगै संक्रमितको संख्या २६ पुगेको छ ।
संक्रमित मध्ये २२ जना पुरुष र ४ जना महिला रहेका छन । संक्रमित दुवै जनालाई मोरङको गोठगाउँस्थित आइसोलेसनमा लागिने भएको छ । इलाममा संक्रमित १२ जना निको भएर घर फर्किएका छन ।