समाचार

    Showing 9,231-9,240 of 10,053 items.
  • कोशी कोभिड अस्पतालभित्र फोहोरको दुर्गन्धले संक्रमितलाई सास्ती

    विराटनगर /  कोरोना संक्रमितको उपचार गर्न प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले व्यवस्थापन गरिरहेको कोशी कोभिड १९ उपचार केन्द्रको अवस्था टिठ लाग्दो देखिएको छ । विश्व स्वास्थ्य संगठनले संक्रमितको व्यक्तिगत र ‘आइसोलेटेड’ गरिने स्थलको व्यवस्थापनको विषयमा विशेष ख्याल गरिनु पर्ने मापदण्ड नै तोकेको छ । तर, विराटनगरमा अवस्थित कोशी कोभिड १९ उपचार केन्द्रमा भने फोहोरको डंगुर थुप्रदासमेत सरसफाईमा ध्यान नदिइने गरेको संक्रमितले नै गुनासो गरेका छन् । अस्पतालमा आईतबारसम्म १८ जना संक्रमित रहेकोमा सोमबार ६ महिला र १२ पुरुषसहित २० जना थप भएका छन् । कोशीमा उपचाररत एक जना संक्रमितका अनुसार

    • प्रकाशित मितिः साउन १३, २०७७
    • 802 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा आज २१ संक्रमित थपिए

    विराटनगर /  प्रदेश १ मा आज २१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १७, झापामा ३ र ओखलढुङ्गामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ११ पुरुष र ५ महिला, कटहरीमा १ महिला, झापाको झापा गाउँपालिकामा २ पुरुष र विर्तामोडमा १ पुरुष, ओखलढुङ्गाको सिद्धिचरणमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय ६६ पुगेको छ । प्रदेश १ मा आज ८ सय २३ जनाको पीसीआर परीक्षण गरिएको छ । १ सय ९९ महिला र ६ सय २४ को परीक्षण गर्दा ६ महिला र १५ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले

    • प्रकाशित मितिः साउन १३, २०७७
    • 732 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सर्दू खोला गाउं पस्दा स्थानीयको बेहाल

    धरान - वराहक्षेत्रको सीमामा रहेको सर्दू खोला गाउ पसेपछि स्थानीय त्रसित भएका छन् । गाउ जलमय भएको छ भने घरभित्रै खोला पस्दा आहाल बनेको छ । वराहक्षेत्र नगरपालिकाका वडा नं. ३ स्थित नडाहा, इक्राइलगायतका गाउमा सर्दू खोला पसेपछि गाउले घरभित्रको पानी फ्याक्दै गरेका देखिन्छन् । गएको केही दिनदेखिको निरन्तर वर्षापछि स्थानीय खहरे खोलामा पानीको सतह बढेको छ ।   सर्दू खोला नियन्त्रणमा सरोकारवाला संवेदनशील नहुदा वराहक्षेत्र ३ नडाहाका स्थानीयका घरघरमा खहरे पसेको वंशीधर खड्काले आरोप लगाए । उनी भन्छन्, दशकौं अघिदेखि हामीले सर्दू खोलाको वितण्डाका बारेमा जनप्रतिनिधि, राजनीतिक दल सबैसग हारगुहार गरेका छौं,

    • प्रकाशित मितिः साउन १३, २०७७
    • 2,397 पटक पढिएको
    • "हिमाल राई/ चतरा "
  • थप ३११ जनामा कोरोना संक्रमण पुष्टि, १२१ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ / आज थप  १३९  जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १९ हजार ६३ जना  पुगेको छ । नेपालमा हालसम्म ४८ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप १२१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १३ हजार ८ सय ७५ जना रहेका छन् । भोजपुर, पाँचथर, संखुवासभा, रसुवा, मनाङ, मुस्ताङ सहित ६ जिल्ला कोरोनामुक्त भएका छन्। 

    • प्रकाशित मितिः साउन १३, २०७७
    • 766 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आँखा जुधेकै भरमा लुटेरा नाइके पक्राउ

    इटहरी /  समुहमा लुटपाट गर्ने गिरोहका नाइके सहित ४ जनालाइ इलाका प्रहरी कार्यल इटहरीले पक्राउ गरेको छ । सुनसरीको धरान ८ सिद्धकालीका व्यवसायी ५७ वर्षीय डम्बर प्रसाद बास्तोलालाइ लुटपाट गरी फरार भएका मध्ये ३ जनालाइ प्रहरीले आइतबार तरहराबाट पक्राउ गरेको छ । कर्मचारीलाइ तलब दिन भनी इटहरीको हलगडा बाट बस चढेका बास्तोलालाइ तिन जनाको समुहले गत श्रावण १० गते बसभित्रै लुटपाट गरी फरार भएका थिए । व्यवसायी वास्तोलाको साथबाट ९७ हजार ६ सय रूपैया लुटेर फरार भएका मध्ये प्रहरीले काभ्रे जिल्लाको तिमाल गाउपालीका वार्ड नं २ धुवाकोट बस्ने २६ वर्षीय कमल तामाङलाइ सोही दिन इटहरीबाट पक्राउ गरेको थियो। बाँकी फरार लुट

    • प्रकाशित मितिः साउन १३, २०७७
    • 1,552 पटक पढिएको
    • "तेजबहादुर बन"
  • पत्रकारको नवीकरण तथा नयाँ सदस्यता शुल्क छुट गर्न प्रेस संगठनको माग

     सुनसरी /  लकडाउनको कारण सञ्चारक्षेत्र प्रभावित भएको कारण नेपाल पत्रकार महासंघको सदस्यता शुल्क छुट गर्न प्रेस संगठन नेपाल सुनसरीले माग गरेको छ । संगठनले मंगलबार प्रेस बिज्ञप्ति जारी गर्दै नयाँ सदस्यता शुल्क र पुरानोको नवीकरण शुल्क छुट गर्न माग गरेको हो । कोभिड १९ को महामारीका कारण सञ्चार क्षेत्र प्रभावित हुँदा पत्रकारहरुले तलब सुबिधा समेत नपाएको अवस्थामा महासंघ सदस्यता नवीकरण र नयाँ सदस्यता शुल्क छुट गर्न माग गरेको हो । विभिन्न सञ्चार क्षेत्रमा कार्यरत पत्रकारहरु आर्थिक संकटमा रहेको उल्लेख गर्दै निःशुल्क सदस्यताको सुरुवात सुनसरीबाट गर्न माग गरिएको छ । संयोजक श्रीशीसा राई र सहसंयोजक

    • प्रकाशित मितिः साउन १३, २०७७
    • 1,542 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • “बालबालिकाको डाक्टर साथी” पुस्तक बिमोचन

     धरान । बालबालिकामा लाग्ने रोगको निराकरणका लागि पाठ्यसामग्री मार्फत जनचेतना फैलाउन बालरोग विशेषज्ञ डा. अरुण कुमार सिंह द्वारा लिखित “बालबालिकाको डाक्टर साथी” पुस्तक बिमोचन गरिएको छ । पत्रकार देबेन्द्र कार्कीले सम्पादन गरेको पुस्तकको कार्यक्रमका प्रमुख अतिथी बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपती प्रा.डा.ज्ञानेन्द्र गिरि, भाषाबिद प्रा.डा. टङ्क न्यौपाने, प्रतिष्ठानका निर्देशक प्रा.डा. गौरीशंकर साह लगाएतले औपचारिक रुपमा बिमोचन गरेका थिए । पुस्तकमा बालबालिकामा लाग्ने रोगहरु बारे पुर्ण जानकारी दिएको छ । ग्रामीण क्षेत्रका स्वास्थ स्वयंसेबिकाहरुले पनि पढ्न र अरुलाइ बुझा

    • प्रकाशित मितिः साउन १३, २०७७
    • 1,244 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विकास निर्माणमा सक्रिय बन्दै जमुना बासी

    इलाम / इलामको सन्दकपुर गाँउपालिका ५ को जमुनामा अन्तर्राष्ट्रिय फुटबल रंगशालाको निर्माण कामको धमाधम भईरहेको छ । प्रदेश सरकारको १५ र सन्दकपुर गाउँपालिकाको २० लाख रुपैयाँ लागतमा गजाधर धनमाया रंगशालाको काम भईरहेका हो । केही समय अगाडी जमुनाका फुटबल खेलप्रेमी, बौद्धिक व्यक्तित्व र जनप्रतिनिधिको पहलमा जमुनामा चन्द्रपाल थेबे ढापपोखरीका नजिकै स्थानीय समाजसेवी तोयानाथ भट्टराई सँग १५ लाखमा १८ रोपनि जग्गा किनेको र बाँकि भट्टराईले निशुल्क जग्गा दान गरेपछि २५ पुगेको र रंगशाला बन्न आवश्यक अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप काम थालिएको गजाधर धनमाया रंगशाला उपभोक्ता समितिका अध्यक्ष उमेश गुरुङले बताए । जसमा अहिले

    • प्रकाशित मितिः साउन १३, २०७७
    • 794 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • कृषकलाई राहत वितरण

    धनकुटा / प्रदेश नम्बर १ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले धनकुटामा कोरोना भाइरसको कारण मारमा परेका किसानहरुलाई एक करोड ५३ लाख ७१ हजार ४ सय ५१ रुपैयाँ राहत वितरण गरेको छ । कोरोना भाइरसको कारणले सरकारले गरेको लकडाउनका कारण प्रभावित भएका धनकुटाका ८४ वटा कृषि फर्म तथा समुहमा आवद्ध किसानलाई राहत वितरण गरेको हो । प्रदेश सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि ज्ञान केन्द्र धनकुटा मार्फत तरकारी÷च्याउ अनुदान, हरियो चिया र कृषि ऋण ब्याज अनुदान कार्यक्रम शिर्षकमा सञ्चालित ३० वटा कृषि फर्म तथा समुहमा आवद्ध कृषकहरुलाई राहत रकम वितरण गरेको हो । त्यस्तै भेटेरीनरी अस्पताल त

    • प्रकाशित मितिः साउन १३, २०७७
    • 993 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • कोरोना परीक्षण गर्ने कोशी अस्पतालको पीसीआर मेसिन बिग्रियो

    विराटनगर /  कोशी अस्पतालमा कोरोना भाईरस परीक्षण गर्ने पीसीआर मेसिनमा खराबी आएको छ । संकलन गरिएको स्वाब परीक्षण गर्ने मेसिनमा खराबी आएपछि मर्मत गर्न कामठमाडौ पठाउन लागिएको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले केही मेसिनमा केही प्राविधिक समस्या आएको बताए । संघीय सरकारबाट एचआईभी परीक्षण गर्न उपलब्ध भएको मेसिन नै स्वाब परीक्षणमा प्रयोग गरिएको थियो । मेसिनले एक पटकमा ७२ वटासम्म स्वाबको परीक्षणको नतिजा दिन्थ्यो । प्रयोगशालमा दैनिक ७ जना प्राविधिक खदिंदा २५० वटासम्म स्वाबको नतिजा आउने गरेको दासले बताए । सोमबारबाट केही समस्या देखिएको थियो । कोशीको मेसिन काठम

    • प्रकाशित मितिः साउन १३, २०७७
    • 840 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved