विराटनगर / कोशी अस्पतालमा कोरोना भाईरस परीक्षण गर्ने पीसीआर मेसिनमा खराबी आएको छ । संकलन गरिएको स्वाब परीक्षण गर्ने मेसिनमा खराबी आएपछि मर्मत गर्न कामठमाडौ पठाउन लागिएको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले केही मेसिनमा केही प्राविधिक समस्या आएको बताए ।
संघीय सरकारबाट एचआईभी परीक्षण गर्न उपलब्ध भएको मेसिन नै स्वाब परीक्षणमा प्रयोग गरिएको थियो । मेसिनले एक पटकमा ७२ वटासम्म स्वाबको परीक्षणको नतिजा दिन्थ्यो । प्रयोगशालमा दैनिक ७ जना प्राविधिक खदिंदा २५० वटासम्म स्वाबको नतिजा आउने गरेको दासले बताए ।
सोमबारबाट केही समस्या देखिएको थियो । कोशीको मेसिन काठमाडौ मर्मत भएर नआउञ्जेल निजी सप्लायर्सबाट काम चलाउने गरी अर्को मेसिन ल्याउने तयारी थालिएको छ ।