“बालबालिकाको डाक्टर साथी” पुस्तक बिमोचन

  • साउन १३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 धरान । बालबालिकामा लाग्ने रोगको निराकरणका लागि पाठ्यसामग्री मार्फत जनचेतना फैलाउन बालरोग विशेषज्ञ डा. अरुण कुमार सिंह द्वारा लिखित “बालबालिकाको डाक्टर साथी” पुस्तक बिमोचन गरिएको छ । पत्रकार देबेन्द्र कार्कीले सम्पादन गरेको पुस्तकको कार्यक्रमका प्रमुख अतिथी बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपती प्रा.डा.ज्ञानेन्द्र गिरि, भाषाबिद प्रा.डा. टङ्क न्यौपाने, प्रतिष्ठानका निर्देशक प्रा.डा. गौरीशंकर साह लगाएतले औपचारिक रुपमा बिमोचन गरेका थिए । पुस्तकमा बालबालिकामा लाग्ने रोगहरु बारे पुर्ण जानकारी दिएको छ । ग्रामीण क्षेत्रका स्वास्थ स्वयंसेबिकाहरुले पनि पढ्न र अरुलाइ बुझाउन सकुन भन्ने उदेश्यले सरल भाषामा प्रस्तुत गरिएको लेखक सिंहले बताए ।

उनले भने,`जसले औषधि र डाक्टरको अनुहार देख्न नपाएर मृत्युवरण गर्न बाध्य छन्, तिनै दुर्गमवासिहरु प्रती समर्पित रहेको छ ।´ चिकित्सक सेवा नपुगे दुर्गम क्षेत्रका बालबलिकाहरु लाई रोग बारे जानकारी दिने, कुन बेला अस्पताल लाने, बालबालिकाहरुलाइ स्वास्थ्य सचेतना बारे विभिन्न रोगहरुको बिषयलाइ समेटिएको उनले बताए ।

पुस्तकमा नवजात शिशुको हेरबिचार देखि राष्ट्रिय खोप तालिका, बच्चाहरुको उचित ख्याल, विभिन्न रोगहरु को बिषयमा घरमै बसेर पनि गर्न सकिने उपचार विधि बारे जानकारी दिइएको छ । आमचोक सरोकार समाज सुनसरीले प्रकाशन गरेको पुस्तक बिक्री बाट आएको रकमले बिपिमा उपचारका लागि आउने दुर्गम क्षेत्रका गरिब परिवारका बालबालिकाहरुको उपचारमा खर्छ गरिने भएको छ । प्रकाशनको तर्फबाट ५० हजारको कोष बनाएर बिक्री पुस्तकबाट आएको रकम पनि कोषमा नै जम्मा गरि बिपन्न बालबालिकाको उपचारमा खर्छ गरिने पुस्तकका सम्पादक तथा आमचोक सरोकार समाज सुनसरिका सचिब समेत रहेका देबेन्द्र कार्की ले बताए । पुस्तक ग्रामीण क्षेत्र सम्म पुर्याउनु सबैको कर्तव्य रहेको कार्यक्रमका सहभागी हरुले जोड दिए । प्रतिष्ठानबाट प्रसुती सेवा लिएर जाने हरेक आमाहरुलाइ पुस्तक कोशेली को रुप बितरण गर्नु पर्ने उनिहरु को सुझाब छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved