कोशी कोभिड अस्पतालभित्र फोहोरको दुर्गन्धले संक्रमितलाई सास्ती

  • साउन १३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर /  कोरोना संक्रमितको उपचार गर्न प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले व्यवस्थापन गरिरहेको कोशी कोभिड १९ उपचार केन्द्रको अवस्था टिठ लाग्दो देखिएको छ ।

विश्व स्वास्थ्य संगठनले संक्रमितको व्यक्तिगत र ‘आइसोलेटेड’ गरिने स्थलको व्यवस्थापनको विषयमा विशेष ख्याल गरिनु पर्ने मापदण्ड नै तोकेको छ । तर, विराटनगरमा अवस्थित कोशी कोभिड १९ उपचार केन्द्रमा भने फोहोरको डंगुर थुप्रदासमेत सरसफाईमा ध्यान नदिइने गरेको संक्रमितले नै गुनासो गरेका छन् । अस्पतालमा आईतबारसम्म १८ जना संक्रमित रहेकोमा सोमबार ६ महिला र १२ पुरुषसहित २० जना थप भएका छन् । कोशीमा उपचाररत एक जना संक्रमितका अनुसार अस्पताल भनिए पनि दुङदुङ्ती आउने गन्धले बसिनसक्नुको अवस्था छ ।

“अस्पताल भित्रको अवस्था हेर्दा फोहोरको कन्टेनर भित्र पसे जस्तो भएको छ,” उनले भने,“कोरोनासंगै अरु रोगले च्यापेर मरिएला भन्ने पिर भयो ।” संक्रमितले खाना खाएपछि बाँकी रहेको डिस्पोजेबल वस्तुको व्यवस्थापनमा अस्पतालले चासो नदिएको ती संक्रमितको भनाइ छ ।

अस्पतालको शौचालयमा भएको क्षेत्र पानीले भरिएको, सरसफाई नगरिंदा गन्धले शौच गर्न जानै नसकिने अवस्था रहेको र अस्पतालभित्रै बर्खाको पानीले डुबान नै हुने गरेको सुनाए । प्रदेश १ सरकारले अस्पताल व्यवस्थापनको लागि करोडौं बजेट खर्च गरिसकेको छ । लक्ष्यण नदेखिएका प्रदेशभरका संक्रमितलाई ल्याएर अस्पतालमा भर्ना गरिन्छ । संक्रमण ठिक भएपछि पीसीआर जाँच गरी नेगेटिभ आए डिस्चार्ज हुन्छन् । यो अस्पताल विराटनगरको रोडशेष चौक नजिकै नेशनल ट्रेडिङको पुरानो भवनमा संचालित छ । संक्रमित उपचार गर्ने यो कोशी लेभल २ अस्पताल हो ।

प्रमुख विपक्षी कांग्रेका प्रमुख सचेतक केदार कार्कीले संक्रमितले आफूहरुसंग पनि गुनासो गरेअनुसार अस्पताल व्यवस्थापनको विषयमा आफूहरुले बारम्बार प्रश्न उठाएको बताए । कार्कीले भने,“संक्रमितले उठाएको जायज मागको विषयमा न अस्पताल प्रशासनले सुनुवाई गरेको छ न सामाजिक विकास मन्त्रालयले नै । सरसफाईदेखि एउटा बिरामीलाई चाहिने आधारभुतस्तरको सुविधासमेत छैन तर चुस्त व्यवस्थापन भएको भन्दै प्रचार गर्न मन्त्रीज्यू नै थाक्नु भएको छैन ।” अस्पतालको व्यवस्थापन र कमजोरीबारे जानकारी लिन सामाजिक विकास समितिलाई बारम्बार आग्रह गर्दासमेत मन्त्रीकै प्रभावका कारण समितिका सभापतिले चासो नदिएको कार्कीले सुनाए ।

कोशी कोभिड अस्पताल र कोरोना शीर्षकमा भएको खर्चको विषयमा विपक्षी कांग्रेसले प्रदेशसभाको बैठक अवरुद्ध गर्दै हिसाबसमेत मागेको थियो । सदन अवरुद्ध भएपछि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सदन समक्ष खर्च विवरण पेश गरी जवाफ दिएका थिए । प्रदेश १ को बजेट अधिवेशन स्थगन भएकोले ‘तालुकदार संसदीय समितिले चासो दिनुपर्ने भएपनि सरकारकै पिछलग्गु भई समिति निष्कृय रहेको’ प्रमुख सचेतक कार्कीले बताए । भने,“म पनि सामाजिक विकास समितिको सदस्य हुँ तर अनुगमन गर्न दबाब दिंदा समेत चासो दिइएको छैन ।”

सामाजिक विकास मन्त्रालयको बजेट, खर्च र चुस्तताको विषयमा सदनमा सांसदले बारम्बार प्रश्न उठाएपछि बजेट अविधेशनको बैठकमा जवाफ दिदैं सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना अस्पतालको व्यवस्थापन उचित तवरले भएकोदेखि मन्त्रालयको हिसाब किताब पारदर्शी भएको दाबी गरेका थिए । उनले “राजनीतिक यात्रा निकै लामो भएको र नेतृत्वको योग्यता, क्षमता र कार्यकौशलबारे समयले नै निर्णय गर्ने” भन्दै सांसदलाई जवाफ दिएका थिए । यो विषयमा नेकपाका सांसदहरुले समेत जोडदार ढंगले सदनमा प्रश्न उठाए ।

सामाजिक विकास मन्त्रालयले लक्ष्यणविहीन संक्रमितको उपचारको लागि मोरङको गोठगाउँमा अवस्थित पूर्वाञ्चल विश्व विद्यालयको छात्राबासमा आईसोलेसन संचालन गरेको छ । सामाजिक समितिले चासो नदिएपछि केही हप्ताअघि संसदको सार्वजनिक लेखा समितिले गोठगाउँमा गई व्यवस्थाप, संक्रमितको अवस्था र सरकारले गरेको व्यवस्थापनबारे अनुगमन गरेको थियो । तर, प्रदेश सरकारले अस्पतालको सरसफाईदेखि व्यवस्थापन चुस्त बनाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुपर्ने भएपनि अवस्था भने सुधारोन्मुख नदेखिएको संक्रमितको गुनासो छ ।

सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार हालसम्म प्रदेश १ मा कोरोना संक्रमणको संख्या ९ सय ४५ पुगेको छ । प्रदेश १ बाट ७ सय ४७ जना डिस्चार्ज भईसकेका छन् । ४० हजार १८ जनाको पीसीआर परीक्षण भएको छ ।

 

कोशी सरकारको नीति तथ ...

विराटनगर । कोशीको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । ...

सांसद र डीएसपीको का ...

मोरङ/ मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पू ...

गहुँगोरो वर्ण, कालो ...

बराहक्षेत्र/२०८२ जेठ ४ — सुनसरीको बराहक्षेत्र नगर ...

जनताको सास्ती, सरकार ...

झापा/झापा जिल्लाको अर्जुनधारा नगरपालिका–५ स्थित ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved