इलाम / नगरको पर्यटकीय क्षेत्रको प्रबर्द्धन गर्न विश्व पर्यटन दिवसको अवसरमा इलाममा फोटो प्रतियोगिता हुने भएको छ । इलाम नगर पर्यटन समितिको मुख्य आयोजना तथा नेपाल फोटो पत्रकार महासंघ, इलाम शाखाको सह आयोजनामा असोज ११ गते दिवसको अवसरमा प्रतियोगिता हुने भएको हो । प्रतियोगितमा पहिलो, दोस्रो तथा तेस्रो हुने फोटोलाई क्रमशः दश हजार, छ हजार र चार हजार नगद प्रदान गरिने नगर पर्यटन समितिकी अध्यक्ष सुसिला सापकोटाले बताइन । प्रतियोगीहरुले सहभागिता जनाउनको लागि दुई वर्ष भित्र इलाम नगर क्षेत्रमा खिचिएको कम्तिमा पाँच वटा फोटो इमेल मार्फत उपलब्ध गराउनु पर्नेछ । उत्कृष्ट फोटोलाई पहिलो , दोस्रो र तेस्रो हुने
इटहरी । कोरोनाको त्रास संगै बिहीबार बिहानै देखि परेको अविरल वर्षाका कारण बिश्वकर्मा पुजा प्रभावित बनेको छ । केहि दिन यता पूर्वि तराइका पहाडी जिल्लाहरू लगायत प्रदेश एकका विभिन्न जिल्लाहरूमा निरन्तर भारी वर्षा भइरहेको छ । धार्मिक परम्परा अनुसार आज अशोज १ गते अर्थात आश्विन सङ्क्रान्तिका दिन कालीगढले विश्वकर्माको पूजाआजा गर्ने गर्छन । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गर्छन भने मन्दिरहरुमा भिड लाग्ने गरेको छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर पुजा गर्ने चलन छ। भारी वर्षाका कारण अघिल्लो बर्षहरु झै मन्दिरमा भिडभाड देखिन
इटहरी । इलाका प्रहरी कार्यालय इटहरीमा आएका नयाँ डिएसपी अर्जुन केसीलाइ होटल ब्यवसायी संघ इटहरीले बुधबार स्वागत तथा सम्मान संगै अन्तर्कृया गरेको छ । कोरोना महामारी र समुदाय स्तरमा फैलिएको संक्रमणको जोखिमलाइ मध्य नजर गर्दै अबका दिनमा कसरी होटलहरू सञ्चालन गर्ने भन्ने बिषयमा अन्तरक्रिया गरेको हो । कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले सुरक्षा सतरकता अपनाएर जोखिमलाइ पनि मध्यनजर गर्दै ब्यवसायहरू सञ्चालन गर्न पाउनुपर्ने धारणा राखे । इटहरीका होटल व्यवसायिहरूले पनि सबै ब्यापार ब्यवसायहरू सञ्चालन भइरहदा होटललाइ मात्रै बन्देज गर्दा आफुहरू प्रत्यक्ष मार्कामा परेकोले अब होटलहरू पनि स
धनकुटा / धनकुटा नगरपालिकाको वडा नं. ५ मा एक जना महिलामा आज कोरोना भाइरसको संक्रमण देखिएपछि सो वडाको केही क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र धनकुटाको आज सम्पन्न आकस्मिक बैठकले कोरोना भाइरसको संक्रमण अन्य क्षेत्रमा फैलिनबाट रोक्नको लागि सो क्षेत्रमा निषेधाज्ञा घोषणा गरिएको हो । बैठकले धनकुटा नगरपालिका–५ को गोकुण्डेश्वर बालमन्दिर माविदेखि पूर्व वडा नं. ६ को भिमसेन थान मन्दिर जाने सडकको पश्चिम जिल्ला प्रहरी कार्यालय रहेको वडा नं. ६ को सडक बाटोको उत्तर र वडा नं. ६ कै बौद्धिक विकास समाजको क्रियाघर रहेको खोल्सी देखि दक्षिण चार किल्ला भित्र आज राति वा भदौ
धनकुटा / धनकुटामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै धनकुटामा कोरोना संक्रमितको संख्या ४५ जना पुगेको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परिक्षणमा धनकुटाकी एक महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुराँगाईले बताए । उनी केही दिन अघि मात्र विराटनगरस्थित कोशी अस्पतालबाट घर फर्किएकी थिईन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यसैबीच धनकुटामा संक्रमण देखिएका ४५ जना मध्ये ४० जना निको भएर घर फर्किएका छन् । ती मध्ये पाँच जना आज डिस्चार्ज भएको स्वास्थ्य कार्यालयका प्रमुख गुराँगाईले बताए । धनकुटाका कोरोना संक्रमि
मोरङ । नेपाललाइ लोडसेडिङ मुक्त बनाएका कुलमान घिसिङ लाई पुनः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ती नगरेको भन्दै मोरङको बिराटचोकमा बिरोध प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले पुनः घिसिङ्लाइ प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ती गर्न माग गरेका छन् । घिसिङको योग्यता र क्षमता हुँदाहुँदै पनि प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता नदिइएको भन्दै सहभागीले सरकारको विरोध गरेका थिए । योग्य मानिसलाई निरन्तरता नदिएको भन्दै प्लेकार्डसहित सरकारको विरोध गरेका थिए । घिसिङको ४ वर्षे कार्यकाल पुरा भएपछि उनी प्राधिकरणबाट विदा भइसकेका छन् । उनलाई थप एक कार्यकाल प्राधिकरणका नियुक्त गर्नुपर्ने
सुनसरी । सुनसरीमा २४ घण्टामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भए संगै कुल १ हजार ३ सय १९ पुगेका छन । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार बिगत २४ घन्टामा धरानमा २७ जना, इटहरीमा २४ जना, भोक्राहामा २ जना, गढी गाउँपालिकामा ५ जना, कोशी गाउँपालिकामा ४ जनामा संक्रमण देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालयका कोभिड १९ का फोकल पर्सन सिर्जना लिङ्थेपका अनुसार अहिलेसम्म कोरोनाबाट ८ जनाको मृत्यु भएको छ भने ६ सय १० जना डिस्चार्ज भएका छन् ।
धरान । असोज १ गते बिहीबार बाट लामो दुरीका सार्वजिनक सवारी चल्ने भएका छन् । यतायात व्यवसायि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच भएको वर्ता अनुसा भोली बिहीबार बाट लामो दुरीका सार्वजनिक सवारी चल्ने भएको हो । सरकारले स्पष्ट स्वास्थ्य मापदण्ड र त्यसको कार्यविधि दिए भोलि विश्वर्का पुजाकै दिनबाट सेवा सञ्चालन गर्न यतायात व्यवसायीहरु तयार भएको बताएका छन् । मन्त्रालय र यतायात व्यवसायीहरु सग भएको छलफलमा स्वास्थ्य सतर्कतामा मापदण्डसहितको कार्यविधि साँझसम्म जारी गर्ने सहमति भएको छ ।बैठकमा सहभागि भौतिक पूर्वाधार तथा यतायात मन्त्री बसन्त कुमार नेम्वाङले सरकारले तोकेका मापदण्ड पालना गरेर
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर र रजिस्ट्रार सहित अन्य कर्मचारीको स्वाब परिक्षण नेगेटिभ आएको छ ।गत सोमबार प्रतिष्ठानका उपकुलपति डा।ज्ञानेन्द्र गिरीलाई कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेका अन्य पदाधिकारी र कर्मचारीहरुको स्वाब परीक्षण गरिएको थियो । उपकुलपतिको सम्पर्कमा आएका प्रतिष्ठानकै रेक्टर डा।गुरु खनाल, रजिष्ट्रार डा।मोहनचन्द्र रेग्मी, प्रवक्ता डा।निदेश सापकोटासहित कर्मचारी प्रशासनका उमेश कोइराला, दिव्यराज थापाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । सबैको रिपोर्ट नेगेटिभ आए पनि पदाधिकारीहरु केही दिन भेटघाट भने बन्द गर्ने भएका छन् । प्रतिष्ठानका पदा
धरान । सरकारले गत जेठ ७ जारी भएको लिम्पियाधुरा, कालापानि , लिपुलेक सहितको नेपालको नयाँ नक्सा राखि एक रुपैयाँ र दुई रुपैयाँको सिक्का निष्कासन गर्न राष्ट्र बैंकलाई स्वीकृति दिएको छसोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नक्सासहितको सिक्का निष्कासनको स्वीकृति दिने निर्णय गरेको हो । नेपाल सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सोमबार मन्त्रीपरिषदको निणर्य सार्वजनिक गर्दै नयाँ नक्सा राखेर सिक्का निष्कासन गर्नका केन्द्रीय बैंकलाई स्वीकृति प्रदान गरिएका बताएका छन् ।