धरान पर्साको वीरगन्जमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनाको रिपोर्ट पोजिटभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । संक्रमितहरु २ महिनादेखि ६६ वर्षसम्मका भएको र संक्रमण पुष्टि भएकाहरुमध्ये १० जना पुरुष र ७ जना महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए । नेपालमा देखिएका ९९ संक्रमितहरु मध्ये ७१ जना पुरुष र २८जना महिला छन् । संक्रमित ९९ मध्ये २२ जना उपचार पछि निको भएर अस्पतालबाट फर्किएका छन् । बुधबार बिहान मात्र कोर
धरान/ सरकारले लकडाउन १० दिन थप गरि जेठ ५ गते सम्म लम्ब्याउने निर्णय गरेको छ । मंगलबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकको सुझावका आधारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १० दिन लम्ब्याएको हो। सरकारले यसअघि थपेका लकडाउन बैशाख २५ बिहीबारबाट सकिँदै थियो । चैत ११ बाट सुरु भएको लकडाउन बिहीबार ४५ दिन पूरा हुँदैछ।
धरान /विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण स्थगित गरिएको २०७६ को एसईई परीक्षा नगराउन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले आग्रह गरेको छ । प्याब्सनले मंगलबार विज्ञप्ति जारी गर्दै कोभिड–१९ ले गर्दा परीक्षा सञ्चालन गर्ने अवस्था नभएको भन्दै माध्यमिक शिक्षा परीक्षा (एसई) को ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न आग्रह गरेको हो । प्याब्सन द्वारा जारी विज्ञप्तीमा, यस वर्षको परिक्षामा सामेल हुने विद्यार्थीहरूका लागी मात्रै लागु हुनेगरी विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था गर्न
नेपालगञ्जमा सोमबार थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको परीक्षणका क्रममा थप ७ जनामा कोरोना पोजेटिभ देखिएको हो। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नेपालगञ्ज ८का २२, ३० र ४० वर्षका पुरुष र ९, ३२, ३४ र ५५ वर्षका महिलामा कोरोना देखिएको हो। नेपालगञ्जमा शुक्रबार र आइतबार गरि जम्मा १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । यो सहित नेपालगञ्जमा मात्र संक्रमितको संख्या २३ पुगेको छ। यो सँगै नेपालमा संक्रमितको संख्या ८२ पुगेको छ ।
प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट आइतबारसम्म जम्मा ७ हजार ७ सय ७४ जनामा कोरोना भए नभएको पत्ता लगाउन नमूना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ ६ हजार १ सय २२ जनाको नमूना परीक्षण भएको छ । जसमा ६ हजार १ सय ६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पिसिआरबाट परीक्षण गरिएकामध्ये १ हजार ६ सय १३ जनामा कोरोना नभएको पुष्टि भएको छ । यो विधिबाट जम्मा एक हजार ६ सय ५२ जनाको नमूना परीक्षण गर्न ल्याबमा पठाइएको थियो । यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या सोमबा
धरान /नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । यसअघि आइतबार दिउँसोनै नेपालगञ्जमा ९ जनामा कोरोना संक्रमण भएको थियो । केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएको ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धरान । लकडाउनको सदुपयोग गर्दै धरान उपमहानगरपालिकाले रोकिएका योजनाका भौतिक पुर्वाधारका कामहरु सुचारु गरेको छ । धरान उपमहानगरपालिकाले धरान स्थित कोशीराजमार्ग अन्र्तगतको भोटेपुल क्षेत्रमा सडक बिस्तारको कामलाई सुचारु गरेको हो । कोरोना संक्रमणको रोकथामका लागि घोषणा गरेको लकडाउनका कारण बन्द रहेको धरान ८ स्थित बरगाछी देखि भोटेपुल सम्मको सडक बिस्तारको काम अघि बढेको छ । संघीय सरकारको भौतिक योजना तथा पुर्वाधार मन्त्रालय अन्र्तगतको सडक विभागले निर्माण शुरु गरेको केही दिनमै देशमा लकडाउनको घोषणा गरेको थियो । जिल्ला प्रशासनसँगको समन्वयमा सुरू गरिएको सडक खण्डका साथ–साथै धनकुटे रोडको खाल्डाहरू पुर्ने
धरान । गत वैशाख ३ गते धरान उपमहानगरपालिकाले दोस्रो चरणको राहतका लागि ३ करोड रुपैयाको माग गर्दै प्रदेश सरकारलाई प्रतिवेदन बुझाएको थियो, तर तेस्रो चरणको राहत वितरणको तयारी भइरहँदा पनि माग प्रति प्रदेश सरकारको सम्बोधन हुन सकेको छैन् । राहतको माग सहित प्रतिवेदन बुझाएको करिब ३ साता पुग्न लाग्दा पनि प्रदेश सरकारको सम्बोधन हुन नसकेको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले गुनासो गरे । उनले भने, ‘लिखित प्रतिवेदन पनि बुझाएको थियो, माग पनि बुझाएका थियौं, त्यसको सम्बोधन हुन सकेको छैन् ।’ त्यही पर्खेर बस्दा ढिलो हुँने भए पछि धरान उपमहानगरपालिकाले नै राहत वितरणको तयारी गरेको उनको भनाई छ । ध
धरान/आज एकै दिन नेपालमा १० जना कोराना संक्रमित भेटिएका छन् । बाँकेको नेपालगञ्जमा आइतबार ९ र वीरगञ्जमा १ जना गरी एकै दिन १० जनामा जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाकाअनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन्र संक्रमित ७ देखि ५८ वर्ष उमेरका छन् । यसअघि नेपालगञ्जमा एक जनामा संक्रमण देखिएको थियो । वीरगञ्ज महानगरपालिका– ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महा
विराटनगर । प्रदेश १ को उदयपुर, झापा र भोजपुर जिल्लामा ३१ जनामा कोरोना संक्रमण (कोभिड १९) देखियो । अहिले सबैको कोशी कोभिड अस्पताल विराटनगरमा उपचार भईहेको छ । यतिबेला सर्वसधारणको ध्यान संक्रमितको संख्यामा नै केन्द्रीत भएको पाइन्छ । तर, प्रदेशहरुमा खतराको सूचीमा रहेका मानिसको संख्या पनि उत्तिकै छ । १ नम्बर प्रदेशमा खतराको सूचीमा रहेका संभावित संक्रमितको संख्या दिनानु दिन बढ्दो क्रममा रहेको सरकारको तथ्यांकले नेै देखाएको छ । चिकित्सकीय निगरानीमा आईसोलेसनमा बस्ने र निश्चित नियम पालना गरेर सार्वजनिक क्वारेन्टाइनमा राखिएकाहरुको तथ्यांकको ग्राफ ओर्लनुको साटो उक्लदों अवस्थामा देखिन्छ । यो अवस्था प्रद