होटल ब्यबसाय संचालनमा अबरोध नगर्ने इटहरीका नयाँ डिएसपीको प्रतिबद्धता

  • असोज १, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । इलाका प्रहरी कार्यालय इटहरीमा आएका नयाँ डिएसपी अर्जुन केसीलाइ होटल ब्यवसायी संघ इटहरीले बुधबार स्वागत तथा सम्मान संगै अन्तर्कृया गरेको छ ।

कोरोना महामारी र समुदाय स्तरमा फैलिएको संक्रमणको जोखिमलाइ मध्य नजर गर्दै अबका दिनमा कसरी होटलहरू सञ्चालन गर्ने भन्ने बिषयमा अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले सुरक्षा सतरकता अपनाएर जोखिमलाइ पनि मध्यनजर गर्दै ब्यवसायहरू सञ्चालन गर्न पाउनुपर्ने धारणा राखे ।

इटहरीका होटल व्यवसायिहरूले पनि सबै ब्यापार ब्यवसायहरू सञ्चालन भइरहदा होटललाइ मात्रै बन्देज गर्दा आफुहरू प्रत्यक्ष मार्कामा परेकोले अब होटलहरू पनि सावधानी अपनाएर खोल्न पाउनुपर्ने माग गरेका छन् ।

कार्यक्रमका सभापति तथा होटल ब्यवसायी संघका अध्यक्ष जिवन पराजुलीले ६ महिना देखि होटल व्यवसायहरू बन्द रहदा अरबौको लगानी डुब्ने खतरा बढेकोले कोरोना महामारीको बिचमा सुरक्षा सतरकता अपनाएर असोज १ गतेबाट होटलहरू सञ्चालन गरिने उदघोष गरेका छन् । ब्यवसाय सञ्चालनको माग गर्दै बिगतमा होटल व्यवसायीहरूले सरकारलाइ ज्ञापन पत्र समेत बुझाएको छ।

सरकारको तर्फबाट होटल ब्यवसायीहरूलाइ कुनै राहतको प्याकेज नआएकोले बाध्य भएर ब्यवसाय नै सञ्चालनमा ल्याउनुको बिकल्प नरहेको संघका अध्यक्ष पराजुलिले बताए । कार्यक्रममा इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले मर्यादित र व्यवस्थित ढंगले व्यवसाय सञ्चालन गर्दा प्रहरी प्रसाशनले कुनैबाधा उत्पन्न नगराउने बताए ।

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सप्त​कोशीबाट १६८ केज ...

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved