धनकुटामा थप एक जनामा कोरोना संक्रमण पुष्टि

  • भदौ ३१, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा / धनकुटामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै धनकुटामा कोरोना संक्रमितको संख्या ४५ जना पुगेको छ ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परिक्षणमा धनकुटाकी एक महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुराँगाईले बताए । उनी केही दिन अघि मात्र विराटनगरस्थित कोशी अस्पतालबाट घर फर्किएकी थिईन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यसैबीच धनकुटामा संक्रमण देखिएका ४५ जना मध्ये ४० जना निको भएर घर फर्किएका छन् । ती मध्ये पाँच जना आज डिस्चार्ज भएको स्वास्थ्य कार्यालयका प्रमुख गुराँगाईले बताए । धनकुटाका कोरोना संक्रमित मध्ये ४० जना कोरोना मुक्त भएर डिस्चार्ज भएपनि ५ जना आइसोलेसनमा नै रहेका छन् ।

जसमध्ये दुई जना धनकुटा नगरपालिका–६ को औधोगिक ग्रामस्थित आइसोलेसनमा छन् । दुई जना मोरङको गोठगाउँ र एक जना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा रहेका छन् ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved