धनकुटा / धनकुटाको विभिन्न स्थानहरुमा अविरल वर्षाका कारण घर भत्किदाँ ५७ लाख बराबरको क्षति भएको छ । निरन्तरको वर्षाका कारण आज विहान महालक्ष्मी नगरपालिका–५ रामबजारका विजय शाहको ढुंगा माटोले बनेको टिनको छानो भएको दुई तले घर भत्किदाँ ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताए । वर्षात्ले घर भत्किदाँ पूर्णरुपमा क्षति भएको छ । घर भित्र रहेको लत्ताकपडा, गरगहना, काठपात, अन्नपात पूर्णरुपमा नष्ट भएको प्रहरीले बताएको छ । तर चौपाया र मानवीय क्षति भने हुन पाएन । त्यस्तै आज विहान नै परेको वर्षात्ले धनकुटा नगरपालिका–५ विहिवारे हटिया नजिकका चानबहादुर लिम्
धरान । मोबाईल बैंकिङको एप्स मार्फत घरमै बसेर बैकबाट ऋण पाईने नबिल बैंकले योजना ल्याएको छ । नबिल बैंकको स्मार्टबैंक प्रयोगकर्ताले घरमै बसेर ऋण आवेदन गर्न र ऋण प्राप्त गर्न सक्ने भएका छन् । नबिल स्मार्टबैंकको विश्लेषणात्मक प्रबिधिको महत्वपूर्ण भूमिका रहेको यस सेवामार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत खातामा ऋण उपलब्ध गराइने व्यवस्था गरेको जनाएको छ । सुबिधा लिन नबिलको स्मार्टबैंक प्रयोगकर्ता हुनुपर्ने र यस प्रकारको ऋण छोटो अवधीका लागि उपलब्ध रहने भएको छ । डिजिटल बैंकिङ प्रणालीमा अब्बल रहेको नबिलले तलबी खाताबाहक ग्राहकहरुले आवश्यकता अनुसार एक लाख रु
धरान / धरान २० विष्णुपादुका आँपटारमा पहिरोबाट पिडितहरुलाई राहत वितरण गरेको छ । टिम नेपो र सिस्टरहुड नेपालको संयूक्त रुपमा पिडित ७ घर परिवारलाई राहत वितरण गरेको हो । राहतमा २०० केजी चामल, ७५ केजी दाल, ३५ केजी नुन्, ४० पाकेट तेल र १० केजी न्यूटेला प्रदान गरिएको थियो । उक्त राहत आवश्यकता अनुसार वितरण गर्ने गरी धरान उपमहानगरपालिका वार्ड नं. २० का वडाध्यक्ष मणिराम राईलाई जिम्मा लगाईएको हो । राहतका लागि आश्यक सामग्रीका लागि रोटरी क्लवमा आवद्ध काठमाण्डौं निवासी प्रधान परिवारले रु. ३० हजार प्रदान गरिएको आयोजक टिम नेपो सुनसरी का प्रतिनिधि प्रज्वल भण्डारीले बताए । छोराछोरी नभएका वृद्धबृद्धा भएका धरान
धनकुटा / धनकुटाको चौबिसे गाउँपालिकामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । जिर्ण भएर मक्किएको विजुलीको पोल ढलेर लत्रिएको तारबाट करेन्ट लागेर चौबिसे गाउँपालिका–३ अँधेरीका ५६ वर्षीय भक्त बहादुर दर्जीको ज्यान गएको हो । चौबिसे गाउँपालिका–२ स्थित श्रीजंगा सामुदायिक वनमा विधुत लाईनको पोल ढलेर लत्रिएको तारबाट करेन्ट लाग्दा दर्जीको घटनास्थलमा नै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताए । जंगलमा सल्लाको दियालो काट्न गएका दर्जीलाई मक्किएको विजुलीको पोल ढलेर लत्रिएको तारमा छुदाँ उनलाई करेन्ट लागेको थियो । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय राजारानीबाट
पथरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल महिला संघ, लेटाङले हिजो बिहीबार स्थानीय महिला अधिकारकर्मी र पार्टी कार्यकर्तामाझ सम्पन्न भेटघाट र बृहत्तर विषयगत छलफलपछि नगर कमिटी गठन गरेको छ । नेकपाले आफ्नो सुस्पष्ट राजनीतिक बैचारिक एकता सहितको संगठनात्मक एकता प्रक्रियालाई अघि बढाएसँगै पार्टीसम्बद्ध जनसंगठनको एकता प्रक्रिया पनि सघन ढंगले अघि बढेको छ । यो हिसावले हेर्दा– स्थानीय पालिका तहमा संगठन निर्माणको यो क्षण मोरङ जिल्लाकै पहिलो घटना हो, अनेमसंघ लेटाङले धेरैलाई उछिनेको छ र नेतृत्वमा रहनुभएका परिपक्व साथीहरूमाझ कमिटी गठन भएको छ– नगर पार्टी अध्यक्ष कृष्ण लम्सालले बताउनुभय
इलाम इलामको नयाँ पर्यटकिय गन्तव्य मानिएको महभीरको दिदी बहिनी झरनामा पर्यटकको आकर्षण बढ्दै गइरहेको छ । इलाम नगरपालिका– ३ पुवामझुवामा रहेको झरनामा विभिन्न स्थानका व्यक्तिहरुको आवागमन बढ्न थालेकाले यसको आकर्षण बढ्न थालेको हो । जिल्लाकै सदमुकामबाट करिब २० किलो मिटरको मेची राजमार्गको यात्रामा रक्सेको बाघखोर पुगिन्छ । बाघखोरबाट अढाई किलो मिटरको कच्ची सडकको यात्रा गरेपछि झरनाको छेवैमा पुग्न सकिन्छ । पुग्नलाई उत्ति गाह्रो नभए पनि प्रचार प्रसारको अभावमा यी दुई झरना ओझेलमा परेको थियो । जिल्ला बाहिरकाको त कुरै छोडौं जिल्ला भित्रका धेरैलाई समेत थाहै नभएकाले यस झरना आसपास कोही पनि भेटिदैन थिए
विराटनगर । विभिन्न टिकाटिप्पणी र आलोचनाबीच प्रदेश १ सरकारले प्रदेशसभा सचिवालयको लागि विनियोजन गरिदिएको बजेटबाट प्रदेशसभा भवनको अस्थायी संरचना निर्माण थालेको छ । सरकारले प्रदेशसभा सचिवालयलाई रु. ५ करोड विनियोजन गरेकोमा त्यही बजेटबाट ‘प्रिफेबको अस्थायी भवन’ निर्माण गर्न अढाई करोड रुपैयाँ खर्च गर्ने गरी काम शुरु भएको हो । ‘मितव्ययिता अपनाउने र आर्थिक अनुशासनको सवालमा कुनै सम्झौता नगर्ने’ भन्दै प्रदेश १ सरकारले नारा नै अघि सारेको छ । तर, प्रदेश राजधानी विराटनगरमा स्थायी रुपमा बन्नुपर्ने संरचना निर्माण भने अस्थायी तवरबाट शुरु भएको छ । प्रदेश सरकारले आफ्नो बजेटमा पहिलो पटक
विराटनगर, । प्रदेश १ मा आज १ सय १४ जना कोरोना संक्रमित थपिएका छन् । मोरगमा ८६, सुनसरीमा २१, झापामा ५, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार विराटनगरमा ७१ संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकामा ३६ महिला र ३५ पुरुष रहेका छन् । मोरंगको बुढीगंगामा २ महिला ४ पुरुष, सुन्दरहरैचामा २ महिला २ पुरुष, कटहरीमा २ पुरुष, पथरीशनिश्चरेमा १ महिला , सुनबर्षी र धनपालथानका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उता सुनसरीको धरानमा ४ महिला ९ पुरुष, दुहवीमा १ महिला ६ पुरुष, इटहरीमा १ पुरुष, झापाको विर्तामो
इटहरी / इटहरी उपमहानगरपालिकाले संस्थागत विद्यालयको शुल्क निर्धारण गर्न अनलाइन सर्वेक्षण गरिरहेको छ । एक हप्तासम्म चल्ने सर्वेमा अविभावकलाई अनलाइन सर्वे फम भर्न उपमहानगरले आग्रह गरेको छ । फर्ममा आफना छोराछोरी पढने विद्यालय,कक्षा र कति शूल्क तिर्न चाहनुहुन्छ भन्ने लगायत प्रश्न गरिएको छ । सस्थागत विद्यालयको शूल्क निर्धारण गर्न अनलाइन सर्भे मार्फत अविभावकको राय लिइएको उपमेयर तथा शूल्क निर्धारण समिति संयोजक लक्ष्मी गौतमले जानकारी दिइन। सरकारले सस्थागत विद्यालयको शूल्क निर्धारण गर्न स्थानीयतहलाई अधिकार दिएको छ । सर्वेमा आएका कुरा, अविभावक, शिक्षक,संस्थागत विद्यालय संचालक सवै सँग सल्ला
इलाम । कोरोना विरुद्धको सुरक्षाका लागि पुर्व प्रधानमन्त्री एवम इलाम क्षेत्र नं १ का संघीय सांसद झलनाथ खनाल पछिल्लो समय सक्रिय रुपमा लागेछन् । उनले आफनो जिल्लामा कोरोना विरुद्धको लडाइका लागि स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गर्दै आएका छन् । गत भदौको पहिलो साता आफ्नो निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहलाई ८ सय थान पिपिई र १ हजार ५ सय थान सेफ्टी गगल्स प्रदान गरेका थिए ।खनालले भरखरै इलाम अस्पतालका लागि २५ थान पिपिई र १ सय थान गगल्स वितरण गरेका छन् । विश्वभर फैलिएको कोरोना महामारीबाट स्थानीयलाई जोगिन सहज बनाउने उद्देश्यले वरिष्ठ नेता खनालले स्वास्थ्य सामाग्री वितरण गरेको उनका स्वकीय सचिव कृष्ण भ