समाचार

    Showing 8,621-8,630 of 8,718 items.
  • दलित बालिकालाई बलात्कार गर्ने तीन पक्राउ

     एक दलित बालिकालाई यौन शोषण गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाएको छ । धनकुटा नगरपालिका–६ आत्माराकी एक बालिकालाई यौन शोषण गरेको आरोप लागेका चार जना मध्ये तीन जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ध्रुव श्रेष्ठले बताए । चार मध्ये एक जना फरार छन् । दलित बालिकालाई लामो समयदेखि धनकुटा नगरपालिका–६ का मदन अधिकारी, गौरी अत्री, धनकुटा सिरान बजारका देवेन्द्र श्रेष्ठ र कचिडेका भक्तबहादुर मगरले ललाई फकाई गरी यौन शोषण गर्दै आएका थिए । यौन शोषणबाट पीडित बालिकाको अस्वभाविक रुपमा पेट बढ्दै गएपछि परिवारले

    • प्रकाशित मितिः जेठ २, २०७७
    • 1,040 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानउपमहानगरपालिका वार्ड नंं १४ ले वडमा कार्यरत स्वस्थ्यककर्मी प्रहरी र सरसफाईकर्मीहरुलाई सम्मान् तथा प्रोत्साहन

    धरान उपमहानगर पालिका वार्ड नंं १४ ले वडमा कार्यरत स्वस्थ्यकमी, प्रहरी र सरसफाईकमीहरुलाई सम्मान् तथा प्रोत्साहत गरेको छ । शुक्रबार वडा कार्यालयमा आयोजित अनौपचारिक कार्यक्रममा उक्त सम्मान् तथा प्रोत्साहन गरिएको थियो । वडाको सरसफाईमा खटेका सरसफाईकमी, शान्ती सुरक्षमा खटिएका प्रहरी विटका प्रहरीहरु र स्वस्थ्यकमी तथा स्वस्थ्य स्वयमसेवीहरुलाई फुलमा र नगद समेतले सम्मान् गरिएको थियो । कोभिड १९ कोरोना संक्रमणको बेला चुनौतिका कार्यरतहरुको मनोवल उच्च बनाउन र प्रोत्साहन गर्न सम्मान् गरिएको १४ नं। वडाका वडाध्यक्ष कृष्ण प्रसाद भट्राईले बताए ।  धरानको धार्मिक पर्यटकीय क्षेत्रमा बनिरहेको रेडक्रस चैक दे

    • प्रकाशित मितिः जेठ २, २०७७
    • 1,018 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अब पर्सामा कोरोना संक्रमित अस्पताल बाट भागे प्रहरीले गोली चलाउन सक्ने

    वीरगञ्ज कोरोना संक्रमितहरु अस्पताल आसोलेशन कक्ष बाट भागेको घटना सार्वजनिक भए सगै प्रशासन थप सचेत बन्दै गएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा गठित संकट व्यवस्थापन समितिले अब उप्रान्त पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागे प्रहरीले गोली समेत चलाउन सक्ने निर्णय गरेको हो । संक्रमित व्यत्ती भाग्न नदिन र भाग्दा हुन सक्ने सम्भावित ठुलो क्षति कम गर्न सुरक्षा निकायले उच्च सतर्कता अपनाउने र भाग्न खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिन आवश्यकता अनुसार बल प्रयोग गर्ने र यसका लागि सुरक्षा निकायलाई गोली समेत चलाउन सक्ने अधिकारी प्रदान गर्ने निर्णय गरेको हो । ना

    • प्रकाशित मितिः जेठ २, २०७७
    • 1,338 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ९ जनामा कोरोना संक्रमण पुष्टि , नेपालमा संक्रमित संख्या २५८ पुग्यो

    काठमाडौं नेपालमा थप नौ जनामा कोरोना .भाइरसको संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमित संख्या २५८ पुगेको छ । मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार मकवानपुरमा ३७ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । यस्तै, बाँकेको नैनापुर १, ३ र ५ मा ८ जना पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको डा.अधिकारीले जानकारी दिएका छन् । राष्ट्रिजन जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणबाट उनीहरुमा कोरोना पुष्टि भएको हो ।  

    • प्रकाशित मितिः जेठ २, २०७७
    • 1,020 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

    उदयपुर बिहीबार हावाहुरी सहित परेको चट्याङ लागेर उदयपुरका एक जनाको ज्यान गएको छ । बिहीबार दिउँसो जङ्गलमा गाईवस्तु चराएर साँझपख घर फर्कने क्रममा घर नजिकैको खोलामा आउँदै गर्दा अचानक हावाहुरीसँगै परेको चट्याङका कारणकटारी नगरपालिका ३ राजावासका ६१ वर्षीय लिबाहदुर सुनुवारको घटनास्थलमै मृत्यु भएको इलका प्रहरी कार्यलय कटाहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २, २०७७
    • 1,510 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थ्प ३ जना कोरोना संक्रमण पुष्टि , संक्रमित संख्या २४९ पुग्यो

    धरान/नेपालमा थप तिन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमित संख्या २४९ पुगेको छ । स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं दहचोक का ७ वर्षीय पुरुष , धनुषाका १७ वर्षीय महिला र धादिङ्का ३० वर्षिय महिलामा संक्रमण पुष्टि भएको हो । साथै उनिहरुको स्वास्थ्य अबस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।      

    • प्रकाशित मितिः जेठ १, २०७७
    • 1,216 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत १ जना बिहीबार डिस्चार्ज

    कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत एक जनामा रिर्पोट नेगेटिभ आएपछि बिहीबार डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा भारतका २५ वर्षीय मोहम्वद अदुबकर सुल्तान रहेका छन् । सुल्तान डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १७ पुगेको छ । यसअघि १६ जना डिस्चार्ज भएका थिए । डिस्चार्ज भएका सुल्तानमा गत वैशाख ५ गते उदयपुरको भुल्केमा संक्रमण देखिएको थियो । उनलाई रानी मरकजको क्वारेन्टाईनमा राखीएको स्वास्थ्य कार्यालय मोरंगका प्रमुख तथा कोभिड अस्पताल व्यवस्थापन संयोजक ज्ञानबहादुर वस्नेतले जानकारी दिनुभयो । अस्पतालमा अव १८ जना उपचाररत रहेका छन् । उनीहरु सवैको स्वास्थ्य अवस्था सामान्य रहे

    • प्रकाशित मितिः जेठ १, २०७७
    • 888 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दश दिनमा दश हजारमा कोरोना परीक्षण गर्ने

     प्रदेश १ सरकारले कोरोना भाइरसका शंकास्पद १० हजार जनाको परीक्षण गर्ने तयारी थालेको छ । प्रदेशका सबै १४ वटा जिल्लाका १० हजार भन्दा धेरै मानिसका कोराना पपरीक्षण गर्न सामाजिक विकास मन्त्रालयले तयारी थालेको हो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल विराटनगर, जनस्वास्थ्य प्रयोगशालाका प्रतिनिधिबीच आज भएको छलफलमा सामाजिक विकास मन्त्री जीवन घिमिरे पहिलो चरणमा दश दिनभित्रमा १० हजार व्यक्तिको परीक्षण गर्न आवश्यक रहेको बताए । भने,‘‘छिमेकी भारतमा रेलसेवा शुरु भएको छ । हाम्रो प्रदेशमा दश हजार जति मानिस आउने देखिन्छ । सबैको परीक्षण नगरी हुँदैन ।’’ तीर्थ

    • प्रकाशित मितिः जेठ १, २०७७
    • 887 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिहीबारसम्म ल्याबमा गरिने (पिसीआर) विधिबाट गरिएका मध्ये २ हजार ४ सय ३५ जनामा रिर्पोट नेगेटिभ

    प्रदेश १ सरकारको पहलमा बिहीबारसम्म ल्याबमा गरिने (पिसीआर) विधिबाट गरिएका मध्ये २ हजार ४ सय ३५ जनामा रिर्पोट नेगेटिभ आएको छ । दू्रत परीक्षण विधिबाट जम्मा ८ हजार ९ सय ८ जनाको रिर्पोट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ । सरकारले परीक्षणलाई तीव्रता दिएको छ । धरान र विराटनगरका तीनवटा ल्याबमा पीसीआर विधिबाट परीक्षण गर्ने प्रबन्ध भएको छ । दू्रत परीक्षण (आरडीटी) र ल्याबमा गरिने परीक्षण (पिसिआर) दुबै विधिबाट कोरोना परीक्षण दायर र दरलाई तिव्रता दिइएको हो । यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या कूल ६ सय ४७ जना छ । आइ

    • प्रकाशित मितिः जेठ १, २०७७
    • 779 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • फिल्डमा खटिएका पत्रकारहरुको समस्या प्रति धरान उपमहानगरपालिकालाई ध्यानाकर्षणपत्र

    धरान । कोरोनाको संक्रमणको जोखिमका बिच पनि जिम्मेवारीपुर्वक फिल्डमा खटेर पत्रकारिता गरिरहेका श्रमजिवी पत्रकारहरुलाई लकडाउनको अवश्थामा आइपर्ने समस्या समाधान गर्ने तर्फ नेपाल पत्रकार महासंघ सुनसरीले धरान उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ । लकडाउन शुरु भए सँगै पत्रिकाहरु बन्द गर्दै अनलाईन मार्फत भए पनि पत्रकारहरुले जनतालाई सुसुचित गराउँदै आएका छन् । उनीहरुलाई आइपर्ने आर्थिक सँगै सुरक्षा र स्वास्थ्य उपचारका लागि स्थानीय तहको ध्यानाकर्षण गराएको हो । धरान नगर क्षेत्रमा कार्यक्षेत्र बनाएर काम गरिरहेका श्रमजिवी पत्रकार तथा सञ्चारगृहहरुमा आइपरेको समस्यालाई सम्बोधन गर्न महासंघका अध्यक्ष अमर खड्काले ध

    • प्रकाशित मितिः जेठ १, २०७७
    • 1,066 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved