करेन्ट लागेर धनकुटामा एक जनाको ज्यान गयो

  • असोज ९, २०७७
  • "सन्तोष रुचाल"
alt प्रतिकात्म तस्वीर :गुगल

धनकुटा / धनकुटाको चौबिसे गाउँपालिकामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
जिर्ण भएर मक्किएको विजुलीको पोल ढलेर लत्रिएको तारबाट करेन्ट लागेर चौबिसे गाउँपालिका–३ अँधेरीका ५६ वर्षीय भक्त बहादुर दर्जीको ज्यान गएको हो । चौबिसे गाउँपालिका–२ स्थित श्रीजंगा सामुदायिक वनमा विधुत लाईनको पोल ढलेर लत्रिएको तारबाट करेन्ट लाग्दा दर्जीको घटनास्थलमा नै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताए ।
जंगलमा सल्लाको दियालो काट्न गएका दर्जीलाई मक्किएको विजुलीको पोल ढलेर लत्रिएको तारमा छुदाँ उनलाई करेन्ट लागेको थियो । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय राजारानीबाट गएको प्रहरी टोलीले शवलाई जिल्ला अस्पताल धनकुटा ल्याएर अहिले पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाएको प्रहरीले बताएको छ ।

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सप्त​कोशीबाट १६८ केज ...

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved