झापा/ आन्तरिक पर्यटकको आकर्षण केन्द्र बन्दै गएको सुखानी सहिद स्मृति पार्कमा आर्थिक वर्ष २०७९/८० को तुलनामा पर्यटक आवागमन घटेको छ । पार्कको मुख्य आकर्षणका रूपमा रहेको वाटर ‘म्यूजिकल फाउण्टेन’ बाट रात्रिकालीन सेवा दिन नसकेपछि पर्यटक घटेका पार्कका सहायक व्यवस्थापक योगेन्द्र रिजालले बताए । उनका अनुसार आव २०७९/८० मा रात्रिकालीन फाउण्टेन सञ्चालन हुँदा दुई लाख २१ हजार आन्तरिक तथा बाह्य पर्यटक पार्कमा आएका थिए । उक्त वर्ष टिकट शुल्कबापत रु एक करोड १० लाख सङ्कलन गरेको उनले जानकारी दिए ।फाउण्टेनमा समस्या आएसँगै दिवा सेवा मात्र सञ्चालन गर्न थालेपछि गत आवमा एक लाख ८४ हजार मा
विराटनगर/ कोशी प्रदेशमा ग्रामथान गाउँपालिकामा आगामी मंसिर १६ गतेको उपचुनावका लागि ठूला दलहरूले उम्मेदवार टुंग्याएका छन् । उम्मेदवार टुंगिएसँगै यहाँ चुनावको सरगर्मी सुरू भएको छ ।एमालेले मंगलबारदेखि ग्रामथानमा प्रशिक्षण कार्यक्रम गर्दै चुनावी अभियान सुरू गरेको छ । प्रशिक्षण कार्यक्रममा महासचिव शंकर पोखरेल ग्रामथान आएका छन् । वुधबारबाट घरदैलो कार्यक्रम थाल्ने एमाले मोरङका इन्चार्ज जीवन घिमिरेले बताए । यहाँ एमालेले तुलसीराम विश्वासलाई उम्मेदवार बनाएको छ ।एमालेबाट अध्यक्षका प्रत्याशी भएका तुलसीरामसँग राजनीतिको छोटो अनुभव भए पनि उनी ग्रामथानका लागि परिचित युवा हुन । उनी अहिले पार्टी गाउ
धरान/ सुनसरीको धरान उप महानगरपालिका १७ खैरेनी स्थित सुप्रिम एग्रिकल्चर कृषि फर्मबाट लागुऔषध गाँजा सहित फर्मका संचालक मनिराज राईलाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २७ गते राती कृषि फर्ममा लागु औषध गाँजाको कारोबार भई रहेको छ भन्ने विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले फर्मको कोठामा १० वटा प्लास्टिकको बोरामा लुकाई छिपाई राखेको अवस्थामा ३०७ किलोग्राम गाँजा बरामद गरेको हो । फर्मबाट गाँजा बरामद भए संगै फर्म संचालक धरान-१३ का४४ बर्षीय मनिराज राई समेतलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।
काठमाडौँ । ज्यान मार्ने उद्योगमा दोषी ठहरिएपछि पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे राजीव गुरुङ डिल्लीबजार कारागार चलान भएका छन् । मंगलबार राजधानीको सानोभर्याङबाट पक्राउ परेका मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो । लगत्तै अदालतले उनलाई केन्द्रीय कारागार पठाएको हो । मनाङेको मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतले यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको थियो ।उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैस
विराटनगर/ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तालिममा सिकेको सीपलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभएको छ । सरकारीस्तर र निजीस्तरबाट थुप्रै जीवन उपयोगी तालिम सञ्चालन हुने गरेको बताउँदै मेयर कोइरालाले तर त्यसको उपलब्धि भने एकदमै न्यून हुने गरेको जिकिर गरे । नेपाल ट्रेड युनियन कांग्रेस र जिलाफको संयुक्त आयोजनामा भएको जीवन उपयोगी तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेस मोरङका उपसभापतिसमेत रहनुभएका कोइरालाले जीवन उपयोगी तालिमले स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘विराटनगर महानगरपालिकासहित सबै स्थानीय तह र अन्य संघसंस्थाले विभिन्न तालिम दिने
काठमाडौं । मानब तस्करको आरोप लागेर चार दिन अघि मात्रै कोशीका पूर्बमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परे लगतत्तै ज्यानमार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् । प्रहरीले मनाङेलाई आज काठमाडौंको सानो भर्याङबाट पक्राउ गरेको हो । मनाङेलाई कम्फर्ट हाउजिङमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एआईजी दीपक थापाले जानकारी दिएका छन् ।पक्राउ परेका मनाङेलाई फैसला कार्यान्वयनका लागि अदालत उपस्थित गराइने उनले बताए ।गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी
सिड्नी/ आगामी मंसिर ८ गते सिड्नीमा अष्ट्रेलियाकै सबैभन्दा ठूलो नेपाल महोत्सव हुने भएको छ। प्रत्येक २ वर्षमा आयोजना हुने महोत्सव यसपालि सिड्नीकै मुटु डार्लिङ हार्बरस्थित टुम्बालोङ पार्कमा हुँदैछ। नेपाली कला संस्कृति रितिरिवाज तथा नेपालको पर्यटकीयस्थलको प्रवर्द्धन गरी अष्ट्रेलियामा बस्ने नेपालीबीच सद्भाव एकता र भाइचार बढाउनका लागि महोत्सवको आयोजना गरिएको महोत्सव आयोजक समिति एनआरएनए एनएसडब्लु राज्य समितिका संयोजक विनोद कुँवरले जानकारी दिए।करिब पचास हजार दर्शकले अवलोकन गर्ने महोत्सवको तयारी ६ महिना अगाडिबाट तिब्र पारिएको थियो। नेपाल र नेपाली परम्परा, संस्कृति, भेषभुसा र खानालाई बाहिरी मुलुक
धरान । प्रत्येक वर्ष वराहक्षेत्र धाममा लाग्ने धार्मिक हरिबोधिनी एकादशी मेला यसवर्ष आज मङ्गलवार एकादशीको दिनबाट सुरु भई ३० गते शुक्रवार पूर्णिमाको दिनसम्म ४ दिन सम्म शुरु भएको छ । भारतका बिभिन्न क्षेत्र कुरुक्षेत्र तथा नेपालका मुक्ति क्षेत्र र वराहक्षेत्रलाई संसारको चारधामको रूपमा लिने भएकाले मेला भर्न भारत लगाएका देशबाट समेत तीर्थयात्री आउने गरेका छन् । यस वर्ष मेला भर्न भारत लगायतका देशहरूबाट चारदेखि पाँच लाख तिर्थालु आउने अनुमान गरिएको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।
गोविन्द वस्नेत धरान । चिकित्सकको विरामी प्रतिको व्यवहारप्रति व्यापक जनगुनासो आइरहेकोप्रति प्रधानमन्त्री एवम् बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले चिकित्सा क्षेत्रलाई सेवामुलक बनाउन दिक्षित विद्यार्थीहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री एवम् कुलपति ओलीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३ औ दीक्षान्त समारोहमा दिक्षित हुने विद्यार्थीहरुलाई दीक्षित गरिसकेपछि सो कुरा बताएका हुन् । उनले नेपालको चिकित्सा क्षेत्रमा धन कमाउने होडबाजी चलेकोप्रति इंगित गर्दै मुलुकमा शैक्षिक माफिया, स्वास्थ्य माफियाहरुले चलखेल गर्ने गरेकोले यस्ता कार्यलाई नेपाल सरकारले रो
ठुलो एकादशीहरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठुली एकादशी भन्ने पनि छ । यसको महिमाका कारण पनि यसलाई ठुलो एकादशी भनिएको हो । भगवान् विष्णु उठ्ने एकादशीजनविश्वास तथा धार्मिक परम्पराअनुसार आजको दिन भगवान् विष्णु उठ्नुहुन्छ भन्ने छ । हरिशयनी एकादशीबाट चीर निद्रामा सुत्नुभएका विष्णु भगवान् आज उठ्ने विश्वास भएकाले पनि आजको एकादशीलाई विशेष मानिन्छ । तुलसीको विवाहको दिनआजको दिन तुलसीको विवाहको दिन भनेर पनि चिनिन्छ । वैदिक सनातन हिन्दु धर्मशास्त्रमा आयुर्वेदमा पनि महत्त्वपूर्ण भूमिका भएको तुलसीको बिरुवाको धार्मिक, सांस्कृतिक र वैज