विराटनगर । विराटनगरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार राति कोरोना भाइरस संक्रमित एक पुरुषको मृत्यु भएको छ । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र र नोबेल अस्पतालमा उपचाररत दुई जना पुरुषको मृत्यु भएको हो । कोसीमा विराटनगर महानगरपालिका–१२ का ५५ वर्षीय पुरुषको शनिबार मृत्यु भएको अस्पतालले जनाएको छ । असोज १३ गते अस्पताल भर्ना भएका पुरुषको १८ दिनपछि मृत्यु भएको अस्पतालका संयोजक ज्ञानबहादुर बस्नेतले बताए । ती पुरुषलाई मधुमेहको समस्यासमेत रहेको अस्पतालले जनाएको छ । उता नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा अर्का एक पुरुषको आइतबार बिहान मृत्यु भएको छ । क्यान्सरको समस्याबा
इलाम / इलामको माई नगरपालिका १ का ४६ वषिर्य शिक्षक पुष्पलाल राईको हत्यारा पक्राउ परेका छन । पक्राउ पर्नेमा सोहि ठाउँका ४५ वर्षिय पदम बहादुर राईलाई पक्राउ गरेको जिल्ला प्रहरीकार्यलय इलामले जनाएको छ । प्रहरि कार्यलय इलामका प्रहरी नायव उपरिक्षक लालध्वज सुवेदीका अनुसार मृतक राई सोहि स्थानको पदम बहादुर राईको घर आगनमा मृत अवस्थामा रहेको भन्ने सुचना पाएपश्चात प्रहरिले अनुसन्धान थालेको थियो । ‘ घट्नास्थलको प्रकृती एंव अवस्था हेर्दा धारिलो हतियार द्बारा घाटीको पछाडीको भाग काटिएको देखिएकोले थप पारमभीक अनुसन्धानमा सहयोगको लागी तत्काल संघिय प्रहरी इकाइ कार्यालय धरान सुनसरीबाट घट्नास्थलमा &ldqu
इलाम / कोरोना भाइरसको संक्रमणबाट इलाममा एक बालिकाको मृत्यूू भएको छ । कोरोना भाइरसको संक्रमणबाट मृत्यू भएको इलामको यो पहिलो घटना हो । मृगौला सम्बन्धी विरामी भई नोवेल अस्पतालमा उपचारत सुर्योदय नगरपालिकाका वडा नं ८ की ८ वर्षीया बालिकाको चार दिनअघि कोरोना पुष्टि भएको थियो । अस्पतालबाट घर ल्याउँदै गरेको अवस्थामा राती साढे ११ बजे बालकको बाटोमै मृत्यू भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।बालिकाको नेफ्रोटिक सिन्ड्रोमको उपचार भईरहेको थियो । असोजको ६ गतेबाट उपचारको लागि विराट नर्सिङ होममा राखिएको ती बालिकामा ५ दिन अघि कोरोना संक्रमण देखिएको थियो । थप उपचारको लागि भेन्टिलेन्टर नपाएपछि उनलाई घर ल्याउने क्र
धनकुटा / धनकुटाको साँगुरीगढी गाँउपालिकाका बाढी पहिरो पीडित परिवारलाई खाध्यान्न सहित आर्थिक सहयोग राहत स्वरुप वितरण गरिएको छ । सो गाँउपालिकाको वडा नं. १, २ र ७ का ४१ घरपरिवारलाई खाध्यान्न सामग्री सहित आर्थिक सहयोग वितरण गरिएको हो । यूएनडिपीको आर्थिक सहयोग तथा पर्डेप नेपाल धनकुटा र साँगुरीगढी गाउँपालिकाको व्यवस्थापनमा वितरण गरिएको हो । प्रति पीडित परिवार ५०÷५० केजी चामाल, ४÷४ लिटर तेल, ३÷३ केजी नुन, ३÷३ केजी चिनी, ५÷५ केजी दाल र २÷२ हजार नगद आर्थिक सहयोग प्रदान गरिएको पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक मीनप्रसाद सुवेदीले बताए । यस वर्षको अविरल वर्
धरान । उदयपुरको भदौरेमा शनिबार राति दुर्घटना हुदा ५ जनाको घटना स्थलमै ज्यान गएको छ भने थप ३ जना घाइते भएका छन् । भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्करपियो शनिबार राति १२ बजेतिर दुर्घटना भएको हो । प्रहरीका अनुसार मृत्यु भएका ५ जना मध्ये ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्र्की हुन भने बाँकी ३ जनाको अहिले सम्म पहिचान खुलेको छैन् । दुर्घटनामा परि गम्भिर घाइते भएका तीन जनाको स्थानिय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ब्रेक फेल भएर स्करपिओ दुर्घटनामा परेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
धरान । अवैध रुपमा भारतीय बजारबाट चोरी पैठारी गरि ल्याइएका सुर्ती जन्य पदार्थ प्रहरीले पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिकाको वडा नम्बर ८ स्थित पुष्पलाल चौकको भित्रि सडकखण्डमा प्रहरीले चेकजाँच गर्ने क्रममा भन्सार छली गरि ल्याइएका सुर्ती जन्य पदार्थ पक्राउ गरेको हो । प्लाष्टिकको बोरामा प्याक गरि ल्याइएका ३ वटा बोरा ल्याइएका २ हजार ९ सय ४० प्याकेट खैनी बरामद गरेको हो । अवैध सुर्ति ल्याउने सुनसरी हरिनगर गाउँपालिका ९ बस्ने २३ वर्षिय अरबिन्द्र मेहतालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनले कुदाएको को ३ प ८३१८ नम्बरको मोटरसाइकलमा सुर्ति जन्य पदार्थ ल्याउदै गरेको अवश्थामा पक्
इटहरी । चाड पर्व नजिकिदै गर्दा इटहरी क्षेत्रमा चोरीका घटनाहरू बढन थालेका छन । केहि दिन अघि घरभित्र बाटै कार चोरी भएको थियो । पुनः अर्को चोरीको घटनामा संलग्न तिन जना र चोरीएको सामान खरिद गर्ने तिन जना गरी ६ जनालाइ प्रहरीले पक्राउ गरेको छ । चोरिका घटना बढेपनि इटहरीको सुरक्षा स्थितीलाइ मध्यनजर गर्दै अपराधिक गतिविधिहरूमा निगरानी बढाएपछि संलग्न ब्यक्तिहरू पक्राउ परेका हुन । गएको एक साताको अन्तरमा इटहरी भित्र ४ वटा चोरीका घटना भएका छन भने चार वटै घटना मध्ये तिनवटामा प्रहरीले सफलता पाएको छ । केहि दिन अघि इटहरी १२ खनारबाट बा ९ च ३४०३ नम्बरको सेतो रंगको टाइटानिक कार चोरी भएको थियो । चोरी भएको २४ घण्ट
विराटनगर/ कोरोना संक्रमणबाट प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । झापामा ३, मोरङ र सुनसरीमा १–१ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १२९ पुगेको छ । प्रदेश १ मा थप ४८१ जना कोरोना संक्रमण देखिएको छ । मोरंगमा १९५, सुनसरीमा १७०, झापामा ७२, संखुवासभामा १५, इलाममा ९, खोटाङमा ४, भोजपुरमा १ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १२४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५६ महिला र ६८ पुरुष रहेका छन् । मोरंगको सुन्दरहरैचा, उर्लाबारी र बुढीगंगामा १३–१३, बेलबारी र जहदामा ९– ९,
धनकुटा/ धनकुटाको सहिदभूमि गाउँपालिकामा नातिको कुटपिटबाट हजुरबुबाको मृत्यू भएको छ । सहिदभूमि गाउँपालिका–१ कोलबोटेका २७ बर्षीय अबिनास राईको कुटपिटबाट उनका ९० बर्षीय हजुरबुबा फत्तबहादुर राईको मृत्यू भएको हो । नातिको कुटपिटबाट गंम्भीर घाईते भएका फत्तबहादुरको उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ध्रुव श्रेष्ठले बताए । मादक पदार्थ सेवन गरेका अबिनासले गत सोमबार हजुरबुबामाथि कुटपिट गरेका थिए । नातिको कुटपिटबाट मृत्तकको अनुहार सहित शरिरका विभिन्न भागमा चोट लागेको छ । कुटपिटबाट घाईते बृद्धलाई उपचारको लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो
वराहक्षेत्र / वराहक्षेत्र १ वडा कार्यालयले कोभिड सङ्क्रमणको विषम परिस्थितिमा सचेतनामुलक अभियान गरेको छ । सुनसरी प्रशासनले जारी गरेको निषेधाज्ञा कार्यान्वयन गराउने सन्दर्भमा जनप्रतिनिधिसहित स्थानीय प्रशासनले माइकिङ सहित जनचेतनामुलक कार्यक्रम गरेको हो । सचेतना मुलक कार्यक्रममा मास्क अनिवार्य लगाउने, सामाजिक दूरी कायम गर्ने, सवारी साधन प्रयोगमा स्वास्थ्य सुरक्षा अपनाउने, पसल व्यवसाय सन्चालन गर्दा सतर्कता अपनाउने, जिल्ला प्रशासनले जारी गरेको सुचनाको परिपालना गर्नेलगायतका विषयमा सर्वसाधारणलाई जानकारी गराएको वडाध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिए । सचेतनामुलक कार्यक्रममा जनप्रतिनिधिसँग