सङ्क्रमणबारे बुझाउदै वराहक्षेत्रका जनप्रतिनिधि "पर्यटकीय क्षेत्रको सरसफाइ,ट्राफिक प्रहरी बिट र शौचालय"

  • कार्तिक १, २०७७
  • "हिमाल राई"
alt

वराहक्षेत्र / वराहक्षेत्र १ वडा कार्यालयले कोभिड सङ्क्रमणको विषम परिस्थितिमा सचेतनामुलक अभियान गरेको छ । सुनसरी प्रशासनले जारी गरेको निषेधाज्ञा कार्यान्वयन गराउने सन्दर्भमा जनप्रतिनिधिसहित स्थानीय प्रशासनले माइकिङ सहित जनचेतनामुलक कार्यक्रम गरेको हो ।
baraha 1
 
सचेतना मुलक कार्यक्रममा मास्क अनिवार्य लगाउने, सामाजिक दूरी कायम गर्ने, सवारी साधन प्रयोगमा स्वास्थ्य सुरक्षा अपनाउने, पसल व्यवसाय सन्चालन गर्दा सतर्कता अपनाउने, जिल्ला प्रशासनले जारी गरेको सुचनाको परिपालना गर्नेलगायतका विषयमा सर्वसाधारणलाई जानकारी गराएको वडाध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिए ।
सचेतनामुलक कार्यक्रममा जनप्रतिनिधिसँगै स्थानीय समाजसेवी, स्थानीय सुरक्षा निकायहरू सशस्त्र प्रहरी सुरक्षा बेस चतरा, इलाका प्रहरी कार्यालय चतरालगायतको उपस्थिति रहेको थियो ।
barah 2
 
 
पर्यटकीय क्षेत्रको सरसफाइ

वराहक्षेत्र १ स्थित पर्यटकीय क्षेत्र कोशीपुलको सरसफाइ गरिएको छ ।
अव्यवस्थित रुपमा स्थानीय व्यवसायीले प्रयोग गरिरहेको स्थानलाई वडाध्यक्ष सुरेश श्रेष्ठसहितको टोलीले खाली गराई सरसफाई गरिएको सहभागी समाजसेवी कृष्ण कट्टेलले जानकारी दिए ।
barah 4
 
कोशी पुल क्षेत्रमा होटल व्यवसायी लगायतले प्रयोगमा ल्याइरहेको सार्वजनिक क्षेत्रको सरसाफाइ गरिएको हो ।

ट्राफिक प्रहरी बिट र शौचालय

चतराघाटस्थित कोशीपुलमा दिनहु जसो पर्यटकको आवागमन बढ्दै गइरहेको सन्दर्भमा शान्तिसुरक्षा र प्रहरी जाच गर्ने उद्देश्यले प्रहरी बिट स्थापना गरिएको छ ।
barah5

वराहक्षेत्र नगरपालिकाले विनियोजन गरेको बजेटबाट प्रहरी बिट निर्माण गरिएको वडाध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिए ।
कोशीपुल क्षेत्रमा सार्वजनिक शौचालय निर्माणका लागि समेत नगरले ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । वडाध्यक्ष श्रेष्ठका अनुसार उपभोक्ता समिती गठन गरिसकिएको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved