विराटनगरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

  • कार्तिक २, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । विराटनगरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार राति कोरोना भाइरस संक्रमित एक पुरुषको मृत्यु भएको छ । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र र नोबेल अस्पतालमा उपचाररत दुई जना पुरुषको मृत्यु भएको हो । कोसीमा विराटनगर महानगरपालिका–१२ का ५५ वर्षीय पुरुषको शनिबार मृत्यु भएको अस्पतालले जनाएको छ । असोज १३ गते अस्पताल भर्ना भएका पुरुषको १८ दिनपछि मृत्यु भएको अस्पतालका संयोजक ज्ञानबहादुर बस्नेतले बताए । ती पुरुषलाई मधुमेहको समस्यासमेत रहेको अस्पतालले जनाएको छ ।
उता नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा अर्का एक पुरुषको आइतबार बिहान मृत्यु भएको छ । क्यान्सरको समस्याबाट पीडित विराटनगर–७ का ८६ वर्षीय वृद्धको बिहान ९ बजेतिर मृत्यु भएको हो ।
उनलाई उपचारको लागि असोज २५ गते ष्ल भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । मृतकका परिवारका सदस्य समेत संक्रमणका कारण होम आईसोलेसनमा छन ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved